बडीकेदार धाममा तीन दिन मेला लाग्ने

शेयेर गर्नुहोस


डोटि/सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल बडीकेदार धाममा आज,भोली र पर्सि (मङ्सिर ८,९ र १० गते) मेला लाग्ने भएको छ ।

डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सङ्गम स्थलको रूपमा रहेको बडीकेदार धाममा मङ्सिर ८ र ९ गते मेला लाग्नुका साथै १० गते पूजन कार्य हुने बडीकेदार क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिले जनाएको छ । बडीकेदार ठुलाकेदारको नामले पनि चिनिँदै आएको छ । धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको बडीकेदारधामको दर्शन गरेमा मनोकामना पुरा हुने भन्दै हजारौँको सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् ।

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्व बोकेको बडीकेदार क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकाले संयुक्त रूपमा काम गरिहरेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । उनले भने यो एउटा महत्त्वपूर्ण शक्ति पीठ हो यसको विकास प्रवर्धन प्रचार प्रसार गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

बडिकेदार धाममा तीन चार दिन अगाडी देखि नै विभिन्न आस्थाले श्रद्धालु भक्तजनहरू आई कथा लगाउने, विवाह, व्रतबन्ध तथा मुन्डन गर्ने जस्ता शुभ कार्यहरू समेत गर्ने गर्दछन् । समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईका थारु समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य सहभागिता रहने गर्दछ ।

किंवदन्तीअनुसार परापूर्व कालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडीकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लाना गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन । त्यही बेलाबाट कार्तिक चतुर्दशीका बेला बडीकेदार धाममा पूजाआजा हुने गरेको स्थानीय बताउँछन् ।

बडीकेदार धाममा जान कैलालीको सहजपुर बाट डोटीको बिपी नगर, खँड्यौली बजार हुँदै अत्तरकाडा सम्म सवारी साधन मार्फत पुग्न सकिन्छ । पार्किङ स्थलबाट करिब सवा १ घण्टाको पैदल यात्रामा बडीकेदार धाममा पुग्न सकिन्छ । डोटीको बडिकेदार गाउँपालिकाले मङ्सिर १० गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले प्रसिद्ध बडिकेदार धाममा लाग्ने मेलाको अवसरमा गाउँपालिकाले एक सूचना जारी गर्दै एक दिन सार्वजनिक बिदा दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा

धनगढी/धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा भएको छ । जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने सुदुरपश्चिम प्रदेश स्तिरिय मेलाको तयारी पुरा भएको

अझै पढ्नुहोस्
समाचार

वन डढेलो नियन्त्रण तथा ब्यबस्थापन जनचेतना सप्ताह सुरु

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा १० पहलमानपुरमा “डढेलोबाट बनलाइ जोगाऔवन जङ्गलमा डढेलो लाग्न नदिऔ “सम्पुर्ण उपभोक्ता मिलि तुरुन्तै निभाऔ भन्ने मुल नाराका साथ

अझै पढ्नुहोस्
समाचार

कोरोनाले थलिएको र्‍याफि्टङ ब्यबसाय लयमा फर्किदै चिसापानी

जमुना न्युरे/कर्णाली र्‍याफि्टङ एन्ड एडभेन्चर प्रालीले कैलालिको कर्णालीमा र्‍याफि्टङ संचालन गरेको १० बर्ष भैसकेको छ ।सुरुवाती दिनमा कर्णाली नदिमा संचालन गरेको र्‍याफि्टङ हाल कर्णाली संगै

अझै पढ्नुहोस्
समाचार

महिला संघकी अध्यक्ष भट्टद्धारा दृष्टि फाउण्डेसनलाई सहयोग

धनगढी/नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टले दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी छिन् । उनले आफ्ना नाति नित्यान्त भट्टको ब्रतबन्धको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी हुन्

अझै पढ्नुहोस्