फागुन १९ गते देखी गौरीगङ्गामा गोल्ड कप सुरु हुने

शेयेर गर्नुहोस

जमुना न्युरे,चौमला/कैलालीको गौरीगङ्गामा फागुन १९ गते देखी गौरीगङ्गा गोल्ड कप सुरु हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै गौरीगङ्गा ११ स्पोर्टस क्लबले प्रतियोगिताको तयारी सुरु गरेको जनाएको छ । 

फागुन १९ गते देखी २८ गते सम्म हुने प्रतियोगिताको विजेताले ६ लाख सहित ट्रफि, मेडल पाउने छन् । त्यस्तै उपविजेताले ३ लाख ट्रफि, मेडल पाउने आयोजक गौरीगङ्गा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

उत्कृष्ट खेलाडीले ५० हजार ,प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई १५\१५ हजार पाउने र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले ५ हजार पाउने अध्यक्ष कलेलले जानकारी दिए । 

उनले चौथो संस्करणको खेलको तयारी सुरु भएको जानकारी दिए । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता गौरीगङ्गाको लिक्मा खेलमैदानमा आयोजना हुने छ ।

 पत्रकार सम्मेलनमा अध्यक्ष कलेलले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेको बताएका थिए। गौरीगङ्गा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले खेलकुदको विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टिकापुरमा एकैदिन ७४ जना एमाले प्रवेश

टीकापुर ८ कालीमाटीमा सनिश्चवार एकै गाउँका ७४ जनाले एमाले प्रवेश गरेकाछ्न ।टीकापुर ८ वडा कमिटीको आयोजनामा सम्पन्न भएको प्रवेश कार्यक्रममा कालीमाटी गाउँका ७४ जनाले एमाले

अझै पढ्नुहोस्
समाचार

दुई दिने मानव अधिकार, लैङ्गिक हिंसा र जलवायु परिवर्तन तालिम सुरु

धनगढी/धनगढीमा मानव अधिकार, लैङ्गिक हिंसा र जलवायु परिवर्तन सम्बन्धी काम गर्ने पत्रकारहरुलाइ दुई दिने तालिम आज देखि सुरु भएको छ । तालीममा सहजीकरण गर्दै पत्रकार

अझै पढ्नुहोस्
समाचार

एक दिने अन्तरक्रिया कार्यक्रम सप्पन्न

जमुना न्युरे,धनगढी /धनगढीमा हिंसा प्रभावित महिलाहरुको न्यायमा पहुँच र कानुन कार्यान्वयनको अवस्था र चुनौति तथा समाधानकालागी न्यायिक निकायसंग अन्र्तक्रिया धनगढीमा हिंसा प्रभावित महिलाहरुको न्यायमा पहुँच

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

भजनीमा स्वास्थ्यकर्मीहरूकाे दबाबमुलक कार्यक्रम

जमुना न्युरे,भजनी  /भजनी नगरपालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् । तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् ।

अझै पढ्नुहोस्