प्रेस स्वतन्त्रतामा हस्तक्षेप भए प्रेस युनियनले सशक्त प्रतिरोध गर्ने

शेयेर गर्नुहोस


काठमाडौं, जेठ १३ । नेपाल प्रेस युनियनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेपविरुद्ध सशक्त प्रतिरोध गर्ने घोषणा गरेको छ ।

युनियनको ३५औं स्थापना दिवस तथा विधानसभाबाट जारी नौबुँदे घोषणापत्रमार्फत लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।


युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा काठमाडौंमा सम्पन्न विधानसभामा देशभरका शाखा तथा प्रदेश समितिका प्रतिनिधिको सहभागिता रहेको थियो । सभाले लोकतन्त्र, बहुलवाद, मानवअधिकार, संविधानवाद तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


सभाले पत्रकारमाथि हुने आक्रमण, धम्की, गिरफ्तारी, डिजिटल ह्यारेसमेन्ट तथा श्रम शोषणविरुद्ध सशक्त आवाज उठाउने निर्णय पनि गरेको छ । श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा स्वास्थ्य र दुर्घटना बीमाको सुनिश्चितताका लागि दबाबमूलक अभियान सञ्चालन गरिने युनियनले जनाएको छ ।


त्यस्तै, व्यावसायिक, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको प्रवद्र्धन गर्दै फेक न्युज, दुष्प्रचार र भ्रामक सामग्री नियन्त्रणमा विशेष पहल गरिने उल्लेख गरिएको छ । डिजिटल पत्रकारिता, मोबाइल पत्रकारिता, डेटा पत्रकारिता तथा कृत्रिम बुद्धिमत्ता (एआई) को जिम्मेवार प्रयोगलाई संस्थागत गर्न पत्रकारलाई तालिम प्रदान गर्ने निर्णय पनि सभाले गरेको छ ।


युनियनले निजी सञ्चारमाध्यमलाई कमजोर बनाउने उद्देश्यले सरकारी विज्ञापन रोक्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । सञ्चारमाध्यमको आर्थिक स्थायित्व, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक सञ्चार संरचनाको संरक्षणका लागि आन्दोलन, संवाद र कानुनी पहल अगाडि बढाइने घोषणापत्रमा उल्लेख छ ।


यसैगरी स्थानीय तथा साना लगानीका सञ्चारमाध्यमलाई कर छुट, सहुलियत ऋण, प्रविधि सहयोग तथा लोककल्याणकारी विज्ञापनमा प्राथमिकता दिन राज्यसँग माग गरिएको छ । विधान संशोधनमार्फत नेपाल प्रेस युनियनलाई अझ सशक्त, समावेशी र समयानुकूल संगठनका रूपमा विकास गर्ने निर्णयसमेत सभाले गरेको छ ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

भूकम्पहरूले भत्काएका संरचना पुर्ननिर्माण चुनौतिपूर्ण

बहुप्रकोपीय विपदको सामना गर्दै आएको देश नेपालमा पछिल्लो समयमा गएका भूकम्पहरूले भत्काइका संरचना पुर्ननिर्माण गर्नु निकै नै चुनौतिपूर्ण हुँदै आएको यस क्षेत्रका विज्ञहरूले बताएका छन्

अझै पढ्नुहोस्
पर्यटन

थारु परम्परागत शैलिका माटोको लिपपोत, खरले छाएको चिटिक्क “होमस्टे बसेरा”

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा न -३ स्थित बसेरा होमस्टेमा पाहुनालाइ स्वागत गर्न थारु पहिरनमा सजियर महिलाले डेलुवामा फुलमाला र पुरुषको काधमा हलो

अझै पढ्नुहोस्
Highlights

विकास सबै नगरवासिको चाहना होइन र ?

टीकापुर नगरपालिका वडा नं. १ भानुचाेक स्थित सार्वजनिक स्थलमा जिर्ण अवस्थामा ( सडककाे सतह भन्दा गहिरो अवस्थामा रहेकाे , मर्मत गरेर बनाउन नसकिने ) शाैचालय

अझै पढ्नुहोस्