प्रेस युनियनद्वारा १५ विभाग गठन, तोकियो विभागीय जिम्मेवारी

शेयेर गर्नुहोस


काठमाडौं /नेपाल प्रेस युनियनले १५ वटा विभाग गठन गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोकेका हुन् । प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन– २०७९) परिच्छेद ४, धारा २८ बमोजिम नेपाल प्रेस युनियनका १५ वटा विभिन्न विभागहरू गठन गरिएको हो ।


प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.ले अनुशासन विभागको जिम्मेवारी पाएका छन् । त्यसैगरी, उपाध्यक्षहरु नकुल अर्यालले प्रशिक्षण, भीष्मराज ओझाले समन्वय, दिपेन्द्र बान्तवाले प्रकाशन तथा प्रचार, सलोजा दाहालले महिला, जीवन भण्डारीले विधागत पत्रकारिता प्रवद्र्धन, माधव अर्यालले आचार संहिता कार्यान्वयन विभाग संयोजकको जिम्मेवारी पाएका छन् ।


त्यसैगरी, उपाध्यक्ष ऋषिकान्त पौडेललाई प्रेस स्वतन्त्रता अनुगमन, डा.मुरारी अधिकारीलाई कानुन, राजेन्द्र कार्कीलाई ट्रेड युनियन प्रवद्र्धन, अनिल कुमार कर्णलाई पत्रकारिता अनुसन्धान, डिल्लीराम खतिवडालाई श्रमजीवी पत्रकार हकहित संरक्षण, प्रेम चुनारालाई दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवद्र्धन विभाग संयोजकको जिम्मेवारी तोकिएको छ । त्यसैगरी, युनियनका महासचिव दिलीप पौडेल संगठन विभाग प्रमुख र कोषाध्यक्ष माधव धिताल आर्थिक विभाग संयोजकको जिम्मेवारी पाएका छन् ।


विभागका संयोजकहरूले युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास, संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै काम गर्ने विश्वास लिएको युनियनका अध्यक्ष लम्सालले बताए । विभागको विस्तार क्रमशः गर्दै लैजाने युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

लालबोझिमा रहेको पुरैना तालको रेखांकन कार्य सुरु

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने भएको छ। २०६४/०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले ताल पुरिएपछि यसको अस्तित्व सङ्कटमा परेको थियो।

अझै पढ्नुहोस्
राजनीति

विप्लव माओवादी कार्यकर्ता सामुदायिक वनबाट लाखौंको चन्दा असुल्दै

जमुना न्युरे,सुखड/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका सामुदायिक वनमा मनलाग्दी चन्दा असुलीमा लागेका छन् । सामुदायिक वनमा आफूले तोकेको रकम चन्दास्वरुप नदिएमा भौतिक

अझै पढ्नुहोस्
समाचार

सुधार गृहमा राखिएका एक युवककाे शंकास्पद मृत्यु

सुखड/कैलालीमा सुधार गृहमा राखिएका एक युवककाे शंकास्पद मृत्यु भएकाे छ । जिल्लाकाे घाेडाघाेडी नगरपालिका-४ भालुफाटाकाे नयाँ बाटाे पुर्नस्थापना सुधार केन्द्रमा साेही ठाउँ २ का २५

अझै पढ्नुहोस्
खेलकुद

फुटबल प्रतियोगिता हुने

धनगढी, २५ पुस / धनगढीमा श्री कलेज कप फुटबल प्रतियोगितामा हुने भएको छ। लिटिल फ्लावर स्पोर्टस क्लब धनगढी र श्री कलेज अफ म्यानेजमेन्ट काठमाडौँ आलोक

अझै पढ्नुहोस्