प्रधानमन्त्री वालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरे

शेयेर गर्नुहोस

प्रधानमन्त्री वालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदसंग प्रधानमन्त्री शाहले छलफल गरेका हुन् ।

छलफलमा सांसदहरुले सुदूरपश्चिमका समस्या र स्थानीय मागबारे बालेनलाई जानकारी गराएका थिए । कैलाली– २ का प्रतिनिधिसभा सदस्य केपी खनालका अनुसार गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनबारे अधिकांश सांसदले कुरा उठाएका थिए ।

खनालले भने, ‘आज सबै मान्यज्यूबाट गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि आवाज उठ्यो । त्यो आवाज छिट्टै पूरा हुने आशा लिएका छौं ।’

सुदूरपश्चिमका सात पहाडी जिल्लालाई धनगढी विमानस्थलसंग जोड्ने विषयमा पनि छलफल भएको खनालले बताए । सेती लोकमार्गको निर्माणबारे पनि प्रधानमन्त्रीसंग छलफल भएको खनालले बताए ।

छलफलमा रास्वपाबाट निर्वाचित कोमल ज्ञवाली, केपी खनाल, जगतप्रसाद जोशी, खेमराज कोइराला, आनन्द चन्द, जनकसिंह धामी, ज्ञानेन्द्र महता, डा. तारा जोशी, हरिमोहन भण्डारी सहभागी थिए । यस्तै, कांग्रेसका सांसद जनकराज गिरी, भरतबहादुर खड्का, एमालेका ऐन महर, यज्ञ बोगटी लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fatpiraten – En Spilleautomat med Mange Muligheder

Spielbank Rheinland-Pfalz – Glücksspiele in rheinland-pfälzischer Tradition

Entusiasmanti piattaforme e migliori casino non aams per unesperienza di gioco coinvolgente

Inoubliables soirées et casino en ligne france pour des moments de pur divertissement passionnant

Spielbank Mönchengladbach – Glücksspiele im Herzen der Region

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर ५ कैलाली द्वारा रक्तदान, ३२ जनाले गरे रक्तदान,सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित

नेपाली राजनितीका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०१ औ जन्म जयन्तिको अबसरमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ द्वारा पार्टी कार्यालयमा रक्तदान कार्यक्रम

अझै पढ्नुहोस्