प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका कांग्रेशले सोच्नु पर्ने : नेता साउँद

शेयेर गर्नुहोस

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति दुई दलबीचको सहमतिविपरित रहेको बताएका छन् ।


कांग्रेस बर्दियाले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक रहेको बताए ।


‘हामीले गठबन्धन गर्दा नै संविधानमा केही–कमजोरी देखिएका छन् । यसलाई संशोधन गर्ने बुँदा राखिएको छ र प्रतिबद्धता व्यक्त गरेका छौँ,’ साउदले भने, ‘तर, यही सहमतिमा प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले नै ०८७ मा संशोधन गर्ने जुन अभिव्यक्ति दिनुभएको छ, यो सरकार गठनका लागि भएको सहमति विपरित छ । यसले गठबन्धनको औचित्य र सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक छ ।’
नेता साउदले सरकारलाई जनताका समस्या समाधानका लागि केन्द्रित हुन पनि आग्रह गरे । जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्नेमा उनको जोड थियो ।


‘अहिले कांग्रेस पनि सामेल भएको सरकारले जनताका समस्या समाधानका लागि केन्द्रित हुनुपर्नेमा आग्रह गर्न चाहन्छु । अहिले पनि भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको छैन,’ साउदले भने, ‘जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्दछ । विकास बजेटको पनि सन्तुलित वितरण र सदुपयोग हुन सकेको छैन ।’


कांग्रेसको कार्यदिशा जनताका अपेक्षा र देशका समस्या समाधान गर्ने भए पनि त्यस्तो हुन नसकेको साउदको भनाइ थियो । ‘पार्टीको एकल सरकार बनाउन सकेका छैनौँ । गठबन्धनको संस्कृतिले पार्टीलाई काँध हाल्ने कुरा मात्रै भएको छ,’ उनले भने, ‘हाम्रो पार्टीको कार्यदिशा भनेको जनताका अपेक्षा र देशका समस्या समाधान गर्ने हो । तर, अहिले त्यस्तो हुन सकेको छैन ।’

कांग्रेस केन्द्रीय सदस्य साउदले पार्टीको १५ औँ महाधिवेशन २०८४ को निर्वाचन अगाडि नै हुनुपर्ने बताए । ‘पार्टीको महाधिवेशन २०८४ को निर्वाचन अगाडि हुन्छ र हुनुपर्छ,’ उनले भने, ‘पार्टीको विधानले नै तय गरेको विषयमा अन्योल हुनुपर्ने विषय छैन ।’


१४ औँ महाधिवेशनले पार्टीलाई नयाँ दिशामा अघि बढाउने र गुटगत राजनीति अन्त्य गर्ने सन्देशसहितको नतिजा दिए पनि अहिले हेर्दा पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरुबाट नै गुटबन्दी चलिरहेको भन्दै साउदले सुधार गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेकपा एमालेसँग सत्ता सहकार्य भए पनि कांग्रेसको प्रतिस्पर्धा पनि एमालेसँग नै हो भन्ने बिर्सन नहुने बताइन् । उनले समयमै १५ औँ महाधिवेशन हुनुपर्नेमा जोड दिँदै महाधिवेशनका लागि सदस्यता नवीकरण प्रक्रियालाई समयमै सम्पन्न गर्नुपर्ने बताइन् ।


सुशासनको जगमा मात्रै समृद्धिको यात्रा तय हुने भन्दै नेतृ संग्रौलाले कांग्रेस सबै भ्रष्टाचारका फाइल खोल्ने कुरामा प्रष्ट रहेको जिकिर गरिन् । केन्द्रीय सदस्य अब्दुल सतारले सुझाव समेट्न र पार्टीको गुटगत राजनीति अन्त्य गर्न आफूहरू अहिले जिल्ला यात्रामा रहेको जानकारी दिए ।
यस्तै केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले पार्टीको आन्तरिक जीवनमा सुधार आवश्यक रहेकोमा जोड दिए । अर्का केन्द्रीय सदस्य चम्पा खड्काले आफूहरू पार्टीका कार्यकर्ताका कुराहरू सुन्न जिल्ला आएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

अर्जुन ट्रफीको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीमा

धनगढी, क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन

अझै पढ्नुहोस्
समाचार

धनगढीको शिवपुरी धाममा हवनात्मक रुद्रयाग, पुराण अनुष्ठान हुने

धनगढी/धनगढीको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा यो वर्ष हवनात्मक रुद्रयाग, शनि संकटा तथा पद्म पुराण अनुष्ठान गरिने भएको छ । धाम व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

नवदुर्गा आधारभुत विद्यालयकाे सामाजिक परिक्षण सम्पन्न

टीकापुर/टीकापुर -१ स्थित नवदुर्गा आधारभुत विद्यालयकाे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । बुधबार व्यवसायक्षेत्र स्थित विद्यालयले आर्थिक वर्ष २०७७/०७८ काे सामाजिक परिक्षण

अझै पढ्नुहोस्
समाचार

कैलालीमा ६ लाख २० हजार २५ बिरुवा उत्पादन

जमुना न्युरे,कैलाली जिल्लामा रहेका सब डिभिजन बन कार्यलयहरुले आथिक बर्ष २०७९/२०८० मा कैलाली जिल्ला विभिन्न ठाउँमा ६लाख २० हजार २५ बिरुवा उत्पादन गरिएको छ ।

अझै पढ्नुहोस्