प्रदेश अध्यक्षमाथि नाउपाकी अध्यक्ष रञ्जिताले चलाइन् कारबाही

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/नागरिक उन्मुक्ति पार्टीका बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ पार्टीबाट निस्कासित भएका छन् ।

नाउपाका संस्थापक नेता रेशमलाल चौधरी निकट मानिने तामाङ र गुरुङलाई अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले पार्टीबाट निस्कासन गरेकी हुन् । अध्यक्ष रञ्जिताले विज्ञप्ति जारी गर्दै तामाङलाई निस्कासन गरिएको जानकारी दिइन् ।

सोमबार काठमाडौँको अनामनगरमा बसेको नाउपा केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेतामाथि कुटपिट भएको थियो। सो कुटपिटमा तामाङको संलग्नता रहेको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई पार्टीबाट निस्कासन गरिएको बताएकी छन् ।

हाल नाउपामा चौधरी र उनकी पत्नीसमेत रहेकी रञ्जिताबीच विवाद बढेका कारण पार्टी पुटको संघारमा पुगेको छ ।

श्रेष्ठले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चैत १९ गते पार्टीका संस्थापक केन्द्रीय सदस्यहरुको बैठक चलिरहेको अवस्थामा तपाई (दीपबहादुर योञ्जन तामाङ) समेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरु रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरि कुटपिटसमेत गरेको हुँदा पार्टीको विधान अनुसार तपाईलाई आजकै मितिदेखि लागू हुनेगरी पार्टीबाट पदमुक्त गरि निस्कासन गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

चुनावमा कुनै दल संग गठबन्धन नहुने : प्रवक्ता पण्डित

माेहित श्रीपाइली,टीकापुर / आगामी चुनावमा नागरिक उन्मुक्ति पार्टि र अन्य दल बिच चुनावी गठबन्धन नहुने पार्टी प्रवक्ता दामोदर पण्डितले बताउनु भएको छ । पार्टी प्रवक्ता

अझै पढ्नुहोस्

सत्ती कर्णाली साप्ताहिक अव अनलाईनबाट पनि

आदरणीय पाठकवृद † ‘सुदूरपश्चिमको आवाज’ सत्ती कर्णाली साप्ताहिक बाह् वर्षअघि वर्तमान परिस्थिति र वर्षौदेखि हरेक सुविधाबाट बञ्चित भएको साविक नारायणपुर र धनंिसपुर क्षेत्रमा भएका गतिविधि

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकामा भुमिहिनलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण कार्य सुरु

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाले भुमिहिनलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण कार्य सुर गरेको छ ।टीकापुर नगरपालिकाले वडा नं. ६ बाट भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र

अझै पढ्नुहोस्
Highlights

कैलालीमा बाढीले जनजीवन कष्टकर बन्दै

धनगढी/कैलालीको नदीमा पानीको बहाव नघटेपछि डुबान प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ । हिजो आएको बाढी घट्न नपाउँदै गए राति थप वर्षा भएपछि डुबान

अझै पढ्नुहोस्