नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम–रन्जिता पक्षबीच हात हालाहाल

शेयेर गर्नुहोस

टीकापुर/ नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच सोमबार बैठक स्थलमै हात हालाहाल भएको छ । अनामनगर स्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।


नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ । तर रेशम चाैधरी पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको अवस्था आएको सस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारूले बताउनुभयाे ।


‘संस्थापकहरूको बैठक बसिरहेका थियौं । २१ जना मात्रै होइन, महाधिवेशनबाट निर्वाचित सबैलाई समेटेर लैजानुपर्छ भन्‍ने बहस भइरहँदा हात हालाहालको स्थिति आयो’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार रेशम चौधरी पक्षका नेताहरुलाई समेटेर लैजान खोज्दा रञ्जिता पक्षका नेताहरुले नमानेका कारण विवाद भएको हो । नेता थारुले भन्नुभयाे, ‘यसरी त पार्टी कसरी चल्छ ?’
 सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा रेशम चाैधरी पक्षका संसद सहभागी छन् भने  रन्जिता पक्षका संसद त्यसको विपक्षमा रहदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

An Introduction to Online Slots

Free Port No Download: The Ultimate Guide to Playing Online

Het Spel van Toevalligheid bij HighSpin

SpinLynx – Der Slot mit Magischen Münzen und Vielfachen Auszahlungen

Aktuelle Angebote ermöglichen einen einfachen Zugang zum verde casino no deposit bonus für neue Nutzer

Aktuelle Strategien und lukrative Angebote inklusive bizzo casino für leidenschaftliche Zocker

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० भेनु पाटर्नर ओम प्यालेस

धनगढी, जेठ ३२‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को भेनु पाटर्नर धनगढीको ओम प्यालेस भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले असार ७ गते आयोजना

अझै पढ्नुहोस्