प्रजिअ मार्फत सहकारी मन्त्रिलाई सिएमसी कैलालीको ५ बुँदे ज्ञापनपत्र

शेयेर गर्नुहोस

टीकापुर/कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीले सहकारी संघ संस्थाहरुको संरक्षण र सम्बर्धन तथा सहकारीका विद्यमान समस्या यथाशिघ्र समाधानका लागि ५ बुँदे ध्यानाकर्षण सहित भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रिलाई ज्ञापन पत्र बुझाएको छ ।

सहकारी अभियानको तर्फबाट हालको तरलताको विषम अवस्था तथा वित्तिय बजारको बिद्यमान अवस्थालाई मध्यनजर गर्दै सन्दर्भ व्याजदर पुनरावलोकनको लागि पटक पटक लिखित तथा मौखिक जानकारी गराइएको भएपनि सम्बन्धित निकायबाट उक्त विषयमा कुनैपनि सुनुवाई नभई समग्र सहकारी अभियानमा असर परेको भन्दै देशभरका सहकारी सम्बद्ध विभिन्न संघ संस्थाहरुले दबाव दिइरहेको अवस्थामा कैलालीबाट जिल्लाभरका सहकारी संघ संस्थाका व्यावस्थापकहरुको संस्था कोअपरेटिभ म्यानेजर्स क्लबले समेत प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत् माननिय मन्त्रिलाई ज्ञापन पत्र पठाएको क्लबका अध्यक्ष छबिलाल जैशीले बताउनुभयो ।

क्लबका अध्यक्ष छबिलाल जैशी, महासचिव रुद्र प्रसाद खनाल, कार्यसमिती सदस्य टीकाराम जोशी लगायत धनगढीमा उपलब्ध पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी थापालाई उहाँकै कार्यकक्षमा भेटी ज्ञापन पत्र बुझाउनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी थापाले सहकारीकर्मीहरुले दिएको ज्ञापनपत्र तत्कालै मन्त्रालयमा पठाउने प्रतिवद्धता समेत जनाउनुभएको क्लबका महासचिव खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Opportunità uniche dal gioco online a vincite incredibili con spinrollz casino per tutti gli amanti del rischio

Attraktive Bonusangebote und spinline casino für ein umfassendes Spielerlebnis online genießen

Szansa na wygraną z spinline casino i przepisem na skuteczną rozrywkę online

Aktuelle Angebote und Tipps rund um spin dinero casino für erfahrene Spieler entdecken

Essential insights concerning kinbet platform features and functionality

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

घोडाघोडी ताल मिचाहा प्रजातिले पुरिँदै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल पछिल्लो समयमा मिचाहा प्रजाती बेस्रमले ताल ढाकिएको छ । कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड

अझै पढ्नुहोस्