टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्छु :- मन्त्री आले

शेयेर गर्नुहोस

टीकापुर/संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्ने बताउनु भएको छ ।
शुक्रबार टीकापुरमा विमानस्थलको स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले साे कुरा बताउनु भएको हाे ।

मन्त्री आलेले चालू आर्थिक वर्षमा विमान स्थलको लागि दुई करोड बजेट विनियोजन भैसकेको बताउँदै टीकापुरमा विमानस्थल सञ्चालनमा ल्याएरै छोड्ने बताउनु हुदै विमानस्थलको अध्ययन समितिले यसको सर्वे गरेर गैसकेको अवस्था छ ।

अध्ययन समितिको प्रतिवेदनको आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य दुई क्षेत्र त्यसको विकल्पमा सर्वे भएको क्षेत्रमा नयाँ विमानस्थलको लागि संरचना तयार गर्ने भन्ने कुरा प्रतिवेदन आइसके पछि थाहा हुने बताउनुभयो । चालू आर्थिक वर्षमै विमानस्थल निर्माणको काम सुरु हुन्छ भन्दै उहाँले त्यसलाई बहुवर्षिय आयोजनाको रुपमा राखेर काम गर्न सकिने बताउदै उहाँले विमानस्थल सँग पर्यटन क्षेत्र जोडिएकोले पनि टीकापुरमा विमानस्थल अपरिहार्य रहेको बताउनुभयो ।

मन्त्री आलेले टीकापुर पर्यटकीय दृष्टिकोणले पनि निकै लोकप्रिय छ । यहाँ धेरै सम्भावनाहरु छन् । ती सम्भावनाहरु सँग हवाई माध्यमको पहुँचका लागि हामी प्रतिबद्ध छु भन्नुभयो । आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नतिका लागि एक अर्ब बजेट विनियोजन भएको बताउँदै प्रत्येक जिल्लामा कम्तिमा एउटा हवाई मैदानको निर्माणको लागि आफुले पहल गरेको बताउनुभयाे ।

संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेलाइ टीकापुर उद्योग वाणिज्य संघले ज्ञापन पत्र समेत बुझाएको थियाे ।

ताजा खबर

La Strada degli Animali di Caccia: Ritorno con la Storia dei Volatili

La Strada dellAquila 2: Destinazione Fortuna

LuckyRed Casino Game Variations and Winning Strategies Explained

Spelen bij Grande Vegas Casino voor Pure Genoegzaamheid

Der Hahn geht über die Straße von Chicken Road

Royal Spins Casino Slot Machine Entertainment Options

सम्बन्धितखवर

छुटाउनु भयो कि !