पौवाका १७ शाखाबाट निशुल्क स्वादउत्सव आयोजना

शेयेर गर्नुहोस


धनगढी/होटल पौवाको नर्वौ वार्षिकोत्सवको अबसरमा चैत २५ देखि २९ गतेसम्म पौवाका १७ शाखाबाट निशुल्क स्वादउत्सव आयोजना हुने भएको छ । आज होटल पौवा धनगढी शाखामा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको हो ।

सोे अबसरमा नेपाली स्वाद र संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति पनि हुने हौटल पौवाका धनगढी शाखाका महाप्रबन्धक महेश सिंहले जानकारी दिए ।

यो उत्सव मार्फत पौवाले नेपाली स्वाद,संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्यि तथा अन्तराष्ट्रिय स्तर सम्म चिनाउने लक्ष्य लिएको उनले बताए ।

त्यस्तै पौवाका सेफहरुबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढी भन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि रहेको उनको भनाई छ । नेपालीहरुको विभिन्न चाडपर्वलाई बिशेष बनाउँदै आएको पौवाले यसै बर्षबाट नेपालीहरुको नयाँ बर्षलाइ स्वागत गर्ने बिशेष कार्यक्रम हुन गईरहेको जनाएको छ ।

चैत्र ३१ गते साँझ आयोजना हुने कार्यक्रममा थारु संस्कृतिमा आधारित साँगितीक कार्यक्रमबाट कार्यक्रमको थालनी गर्ने छौ भने सोही दिन राष्ट्यि तथा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने महाप्रबन्धक सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पासोमा पर्दैछन चितुवा र बाघ

ईन्द्रा कुमारी केसी,घोडाघोडी /एक साता पहिले कैलालीको जानकी गाउँपालिका ९ स्थित अमरावती सामुदायिक वन भित्र पाटे बाघ मृत अवस्थामा भेटियो । मृत अवस्थामा फेला परेको

अझै पढ्नुहोस्
समाचार

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमागोदावरी आर्यघाटमा सरसफाई

धनगढी/कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा रहेको गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ । शनिबार नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा

अझै पढ्नुहोस्
समाचार

होटल जेउनासको उद्घाटन (फोटोफिचर)

विनय कश्मी,काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं.११ स्थित बागबजार,सुन्धारामा होटल जेउनासको उद्घाटन भएको छ । काठमाडौं महानगरपालिका वडा नं.११ का वडा अध्यक्ष हिरालाल तन्डुकारले होटलको

अझै पढ्नुहोस्
समाचार

अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले स्थायी पदपूर्तिको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए

धनगढी/अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले स्थायी पदपूर्तिको व्यवस्था गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार मुख्य

अझै पढ्नुहोस्