पौराणिक कला संस्कृति संरक्षणका लागि लवाङ्गी पुजा

शेयेर गर्नुहोस

धनगढी, ११ मंसीर । कैलालीको गौरीगंगा नगरपालिका–१०, सुन्दरपुरमा छैठौं लवाङ्गी पुजा तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ ।


‘भाषा, कला संस्कृति हमार पहिचान, थारु वैदिक गुरुवा प्रशिक्षण केन्द्र संगे थारु संग्राहलय बनैना हमार अभियान’ भन्ने मूल नारा सहित यहि मंसीर १६ र १७ गते कार्यक्रम हुने भएको हो । थारु गुरुवा बैदावा सेवा समिति, भलमन्सा समिति, देउथान व्यवस्थापन समिति गौरीगंगाको आयोजना कार्यक्रम हुने जनाइएको छ ।


पौराणिक कला, संस्कृति, भेषभुषा, भलमन्सा, गुरुवा बैदवा सोह्रिनीयाहरुको संरक्षण तथा थारु देउथानको प्रचार प्रसार र धार्मिक पर्यटन प्रवर्धनका लागि कार्यक्रम आयोजना गर्न गइरहेको थारु गुरुवा बैदावा सेवा समितिका सचिव धनीराम चौधरीले बताए ।


२०७५ सालमा स्थापना भएको देउथानको प्रचारप्रसार र धार्मिक पर्यटक प्रवर्धन गर्ने उद्देश्य सहित सामुहिक देउथान स्थापना गरि प्रत्येक वर्ष लवाङ्गी पुजा र सांस्कृतिक कार्यक्रम हुँदै आएको छ । यसका साथै थारु वैदिक गुरुवा तालिम केन्द्र र संग्रहालयका लागि भवन निर्माण पनि भइरहेको जनाइएको छ ।
वडा नम्बर १० को कार्यालयले वैदिक गुरुवा तालिम केन्द्र निर्माणका लागि आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ मा रु. पाँच÷पाँच लाख र २०७९÷०८० मा रु. सात लाख आर्थिक सहयोग गरेको छ । जुन निर्माणाधिन भवन अहिले लेन्टरसम्म निर्माण कार्य भएको सचिव चौधरीले जानकारी दिए ।
सचिव चौधरीका अनुसार तालिम केन्द्र निर्माण भएपछि थारु वैदिक गुरुवा तालिम केन्द्र, थारु सग्रहालय, योग अभ्यास केन्द्र, थारु वैदिक अध्ययन केन्द्रको रुपमा विकास गर्ने बताए ।
सांस्कृतिक संयोजक दिनेश दहितका अनुसार उक्त दुई दिने कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि हुने बताए । उनले सांस्कृतिक कार्यक्रम, ढाक बजाउने र गुरुवा नाच, रातभरि देवताको फुलवार बाचन, पुजापाठ गर्ने बताए ।
देउथानमा गाउँका ३५० किसान र १५० गुरुवा वैदावा आवद्ध रहेका छन् । उनीहरु प्रत्येकले रु. सयका दरले आर्थिक संकलन गरि कार्यक्रम गर्दै आएका छन् । साथै सरकारी तथा गैरसकारी संघसंस्था तथा विभिन्न व्यक्तित्वहरुको पनि सहयोग रहेको छ ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Proč je stoprocentní lokalizace herní nápovědy do češtiny klíčem k úspěchu?

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

स्थानीय सरकार

टीकापुर नगरपालिकाद्वारा वडा नं. ४ बाट अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न शुरु

टीकापुर/कैलालीको टीकापुर नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खालि गर्न सुरु गरेको छ । टीकापुर नगरपालिकाले वडा नम्बर ४ बाट अतिक्रमित सार्वजनिक जग्गा खालि गर्न सुरु गरेको

अझै पढ्नुहोस्