पुर्नबासमा विज्ञान तथा प्रबिधिका बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे/ पुर्नबास नगरपालिकाको आयोजना तथा ओसन पब्लिकेशन प्रा.लि.काठमाण्डौंको सह आयोजनामा बिज्ञान तथा प्रबिधिका बिषयमा एक दिने अभिमुखिकरण तालीम सम्पन्न भएको छ । अहिलेको शिक्षा बिज्ञान तथा प्रबिधि मैत्री बनाउन अति आवश्यक भएको भन्दै पुर्नबास नगर भित्रका बिज्ञान बिषयका झण्डै ८० जना शिक्षकलाई अभिमुखिकरण तालिम दिईएको हो ।


ओसन पब्लिकेशनले देशब्यापी रुपमा बिज्ञान तथा प्रबिधिका बिषयमा अभिमुखिकरण तालिम दिईरहेको अवस्थामा हाम्रो अनुरोधलाई स्विकार्दै तालिमको आयोजना गर्न सहज गरिदिनु भएकोमा धन्यवाद दिदै ,शिक्षकहरुले बढी भन्दा बढी ज्ञान बटुलेर विद्यार्थीलाई युग सुहाउँदो शिक्षा प्रदान गर्नुपर्ने अहिलेको आवश्यकता भएको कार्यक्रमका प्रमुख अतिथि पुर्नबास नगर प्रमुख तोयप्रसाद शर्माले बताउनु भयो । बिज्ञान बिषयका शिक्षकहरुले पाठ्यक्रममा भएको कुरा ग्रहण गरेर बस्तुगत बिषयलाई कक्षा कोठामा लागू गर्न आग्रह गर्दै भन्नू भयो सिकाई व्यबहार ल्याए मात्रै तालिमको सार्थकता हुने वहाँले बताउनु भयो ।


अहिले विद्यार्थीहरु बिज्ञान र प्रबिधिमा पोक्त बनाउन अति आवश्यक भएको भन्दै , नेपाल सरकारले तयार पारेको पाठ्यक्रमलाई पुर्ण रुपमा लागू हुने गरि सबै ठाउँमा यसको कार्यन्वयनमा ध्यान दिन अति आवश्यक भएकाले आफुले पहिलो चरणमा ७ वटा प्रदेशको १५ वटा ठाउँमा अभिमुखिकरण तालिम सञ्चालनको सहजीकरण गर्दैआउनु भएका बिज्ञान बिषयका लेखक अध्येता एवं प्रशिक्षक डा. गणेश बोहराले बताउनु भयो ।


पुर्नबास नगरपालिका शिक्षा शाखा प्रमुख शिबराज भट्टको सभापतित्वमा भएको कार्यक्रम नगरप्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रमको विशिष्ट अतिथिमा प्याब्सन पुर्नबासका अध्यक्ष बालकृष्ण ढकाल, प्रशिक्षक बिज्ञान बिषयका अध्येता एवं लेखक डा.गणेश बोहरा रहनु भएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका प्राबिधिक सहायक भक्तबहादुर रोकायले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जेसिज सप्ताह सुुरुः पहिलो दिन विरुवा वितरण

धनगढी । धनगढी जेसिजको आयोजनामा आजदेखि जेसिज सप्ताह सुरु भएको छ । समुदायसँग जेसिज नाराका साथ जेसिज सप्ताह सुरु भएको हो । सप्ताहको पहिलो दिन

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा बरघर/ भलमन्सा सम्मेलन सम्पन्न, बरघर प्रथाले कानुनि मान्यता पाउने

टीकापुर/ कैलाली टीकापुर नगरपालिकामा बरघर/भलमन्सा सम्मेलन सम्पन्न भएको छ । शनिवार एक भव्य कार्यक्रमका बिच टीकापुरमा वरघर सम्मेलन भएको हाे । प्रमुख अथिति रावलले वरघर/भलमन्सा

अझै पढ्नुहोस्
समाचार

नेपाल किसान महासंघ कैलालीको तदर्थ समितिमा सदस्य मनोनित

धनगढी, कार्तिक २÷नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ कैलालीको तदर्श जिल्ला कार्य समितिको पहिलो चरणमा सदस्य मनोनयन गरिएको छ । नेपाल किसान महासंघको विधान

अझै पढ्नुहोस्
समाचार

सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको अध्यक्षमा जोशी

धनगढी, २७ माघ / सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको कमिटी चयन भएको छ। कमिटीको अध्यक्षमा पत्रकार पुष्पराज जोशी निर्वाचित हुनुभएको छ। धनगढी १६ मा रहेको

अझै पढ्नुहोस्