जमुना न्युरे,धनगढी/कैलालीमा पर्यटन प्रबद्र्धन तथा सुचना केन्द्रको भवन निर्माण गर्ने भनेर बिनियोजित बजेटमा चर्च बनाइएको छ ।

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यन्वयन कार्यक्रम धनगढीले आर्थिक बर्ष २०७९÷८० मा पर्यटन प्रबद्र्धन तथा सूचना केन्द्रको नाममा १० लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

निर्माण समितिले पर्यटन इकाइको मापदण्ड अनुसार घर निमार्ण गरेको भन्दै १० लाख भुक्तानी समेत लिसकेको श्रोतको दाबी छ ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन ईकाइ कार्यन्वयन कार्यक्रम धनगढीका निमित प्रमुख डबलबहादुर बोहराले शुक्रबार स्थलगत अनुगमन गर्न चिसापानी पुग्दा पर्यटन प्रबद्र्धन तथा सूचना केन्द्रको भवन नभई चर्चको भवन बनेको देखेको बताए ।
‘प्रदेशका ९ वटै जिल्ला हेर्नुपर्ने हुन्छ । अन्य जिल्लाको अनुगमनमा व्यस्त हुँदा चिसापानी पुग्न सकिएन’ निमित्त प्रमुख डबलबहादुर बोहराले भने, ‘शुक्रबार अनुगमनका क्रममा पुग्दा त्यस्तो भेटिएको हो । आईतबार सो भवन निर्माण समितिलाई स्पष्टिकरणका लागि पत्र लेख्छु ।’
भवन निर्माणका लागि स्थानीय भिमबहादुर दर्लामीको सयोजकत्वामा उपभोक्ता समिती निर्माण गरिएको थियो ।
बिनियोजित रकमले भवन निर्माणका लागि पर्यटन इकाईका योजना शाखा र प्राविधिक शाखाले भवनको लागत स्टेमेन्ट तयार गरि नापजाँच गरेको थियो ।
निर्माण समितिका अध्यक्ष भिमबहादुर दर्लामीले सूचना केन्द्र निर्माणका लागि पर्यटन इकाईको रकम अपुग भएकाले स्थानीयले आर्थिक संकलन गरेर चर्च बनाएको पठाए । अध्यक्ष दर्लामीले चर्च पनि सामुदायिक भवन भएको जिकिर गरे ।
जिल्लाकै पर्यटकिय स्थानको रुपमा रहेको चिसापानीमा पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका छन् । कर्णाली नदीमा रहेको कर्णाली पुल, कर्णाली नदीको तिरमा रहेको जिपलाईनका साथै नदीमा ¥याफ्टिङ्गका लागि पर्यटकहरु पुग्ने गर्दछन् ।
कर्णाली नदीमा भारतको कतर्नीया घाट हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै चुरेसम्म वन्यजन्तुहरु ओहोरदोहोर गर्ने गरेको पाइन्छ ।
यहाँ आउने पर्यटकहरु वन्यजन्तु हेर्न, अनुसन्धान गर्न त कोही कर्णाली नदीमा ¥यापिm्टङ्ग गर्न, पुल हेर्न आउने पर्यटकहरुलाई कर्णाली नदीसम्म पुगेका पर्यटकहरुले अन्य पर्यटकीय स्थलसम्म पुग्न सहज होस् भनेर कर्णाली पर्यटन तथा सूचना केन्द्र चिसापानीमा स्थापना गर्न सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यन्वयन कार्यक्रम धनगढीले वजेट बिनियोज गरेको थियो ।