पत्रकार एंव साहित्यकार उपाध्यायको आमा म आउँदैछु कविता संग्रह सार्वजनिक

शेयेर गर्नुहोस

धनगढी/पत्रकार एंव साहित्यकार दिर्घराज उपाध्यायको आमा म आउँदैछु कविता संग्रह सार्वजनिक भएको छ । मंगलबार धनगढीमा एक कार्यक्रमका बीच कवि डा.नवराज लम्साल,प्राध्यापक डा.हेमराज पन्त,साहित्यकार श्रेष्ठ प्रिया पत्थर ,सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक र ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश प्रसाद जोशीले संयुक्त रुपमा उक्त कृर्ती सार्वजनिक गरेका हुन ।

विमाचन कार्यक्रममा बोल्दै कवि डा.नवराज लम्सालले धनगढीमा हुर्किएर पनि देश विदेश नियाल्न सक्ने कलममा तागत भएको व्यक्ती दिर्घराज उपाध्यय रहेको बताएका छन । कवि लम्सालले धनगढीमा सामान्य अवस्थाबाट पत्रकारिता सुरु गरेका उपाध्यायले आफूलाई परिष्कृत गर्दै बृहत्तर पहिचान बनाएकोमा धगढीबासीले गर्व गर्नुपर्ने बताएका छन । त्यस्तै प्राध्यापक तथा समालोचक सिताराम भटट्ले यहि समाजमा घटित घटनाक्रमहरुलाई कवितामा उतारेको बताए ।

उनले राजनिती गर्नेहरुले समाजका लागि भन्दा आफू र परिवारकाको स्वार्थका लागि काम गरिरहेकोले त्यो आक्रोश एउटा कविमनले कविता मार्फत चित्रण गरकोे बताएका छन । विमोचन कार्यक्रममा प्राध्यापक डा.हेमराज पन्त ,साहित्यकार श्रेष्ठ प्रिया पत्थर र सञ्चारक्रमी टिकाराम यात्रीले शुमकामना व्यक्त गरेका थिए । विमोचन समारोहमा धनगढीको विभिन्न क्षेत्रका दिग्गज व्यक्तीहरुको उपस्थिति रहेको थियो ।

लामो समयदेखि पत्रकारतिमा पेशामा आबद्ध रहेका उपाध्याय संगसँगै साहित्य लेखनमा पनि सकृय छन । गजल लेखनबाट साहित्यमा प्रवेश गरेका उनी पछिल्लो समय कवितामा पनि कलम चलाइ रहेका छन । उपाध्यायको द्वन्द पत्रकारिताको एक दशक नामक कृर्ती केही महिना अगाडी मात्रै सार्वजनिक गरिएको थियो । यो उनको चौथो कृती हो ।

ऐश्वर्य प्रकाशनले प्रकाशन गरेको यस कविता संग्रहमा जम्मा ३० ओटा कविता संग्रहित छन । कविता संग्रहको मुल्य रु.२५० कायम गरिएको छ । ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश प्रसाद जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको पत्रकार टेकराज अवस्थीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

संस्कृति जोगिए मात्रै पहिचान जोगिने : काँग्रेस केन्द्रीय सदस्य डा. जीवन राना

जमुना न्युरे/नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. जीवन रानाले संस्कृति जोगिए मात्रै पहिचान जोगिने बताएकी छन् । नेपाल राना थारु युवा समाजले बुधवार काठमाण्डौमा आयोजना गरेको

अझै पढ्नुहोस्
समाचार

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० भेनु पाटर्नर ओम प्यालेस

धनगढी, जेठ ३२‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को भेनु पाटर्नर धनगढीको ओम प्यालेस भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले असार ७ गते आयोजना

अझै पढ्नुहोस्
फोटो फिचर

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालकाे बिदाइ

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माेहन प्रसाद आर्याल ज्युकाे एक कार्यक्रमका विच बिदाइ गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्याल जिकाे पाेखरा मुख्य मन्त्री तथा

अझै पढ्नुहोस्
समाचार

बेलौरीमा भेटियो दुर्लभ ‘सेतो करेत सर्प’

जमुना न्यूरे,धनगढी/ कञ्चनपुर बेलौरीमा दुर्लभ ‘सेतो करेत सर्प’ फेला परेको छ । कंचनपुरको बेलौरी नगरपालिका को वडा न ७ मा भेटिएको दुर्लभ प्रजातिको सेतो करेत

अझै पढ्नुहोस्