न्यून बजेटमा हरेक बर्ष जस्तै घोडाघोडीमा मिचाहा प्रजाती बेस्ररम हटाउँदै

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/घोडाघोडी ताल क्षेत्रमा मिचाहा प्रजाति ‘बेसरम’ हटाउन सुरु गरिएको छ। विश्व रामसार सूचीमा सूचीकृत ‘वर्ड सेन्चुरी’ का रूपमा अन्तरराष्ट्रिय पहिचान बनाएको कैलालीको यो महत्त्वपूर्ण सिमसार क्षेत्र पछिल्ला वर्षमा मिचाहा प्रजाती बेसरमले तालको माथिल्लो भेग पुरै ढाकियको छ ।

विशेष गरी तालको उत्तर र पूर्वी भू-भागमा यो मिचाहा वनस्पति तीव्र रूपमा फैलिँदै गएकाले जलचर, चराचुरुंगी र समग्र सिमसार प्रणालीमै नकारात्मक असर पर्दै गएको छ। डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ वन अधिकृत दीपेन्द्र केसीका अनुसार हाल घोडाघोडी ताल क्षेत्रको करिब पाँच हेक्टर क्षेत्रफल बेसरमले ढाकिसकेको छ, जसमा करिब दुई हेक्टर क्षेत्र अत्यन्त बाक्लो रूपमा प्रभावित रहेको छ।

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत बेसरम हटाउने कार्य अघि बढाइएको हो। यसका लागि करिब एक लाख र घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मन्चको २० हजार बजेट विनियोजन गरिएको छ। सीमित बजेट र जनशक्तिका कारण यस वर्ष करिब शून्य दशमलव पाँच हेक्टर क्षेत्रबाट मात्र बेसरम हटाउने लक्ष्य राखिएको वरिष्ठ वन अधिकृत केसीले बताए ।

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चसँगको समन्वयमा आजदेखि बेसरम हटाउन सुरु गरिएको छ। मञ्चका व्यवस्थापक दिल बहादुर धामिका अनुसार बेसरमको विस्तार प्रत्येक वर्ष बढ्दै गइरहेको छ र यसले सिमसारको प्राकृतिक संरचना तथा जैविक विविधतामा गम्भीर असर पारिरहेको छ। ‘अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि नियन्त्रणको प्रयास सुरु गरिएको हो, तर यसको फैलावट रोक्न दीर्घकालीन रणनीति आवश्यक रहेको बताए ।

विगतका प्रयासहरू हेर्दा आर्थिक वर्ष २०८०/८१ मा तीन लाख बजेटमार्फत करिब २ दशमलव ५ हेक्टर क्षेत्र सफा गरिएको थियो भने त्यस अघिल्लो वर्ष पाँच लाख विनियोजन गरी तीन हेक्टर क्षेत्रबाट बेसरम हटाइएको थियो। हरेक वर्ष झारेक्रम जारी रहेकाले समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन। यश बर्षको बजेट निकै न्यून रहेको छ ।

चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीका अनुसार बेसरम जस्ता मिचाहा प्रजातिले स्थानीय वनस्पति तथा जलचर प्रणालीलाई विस्थापित गर्दै जाने भएकाले यसको नियन्त्रणका लागि नियमित व्यवस्थापन, पर्याप्त बजेट र समुदायको सक्रिय सहभागिता अपरिहार्य छ। घोडाघोडी जस्तो अन्तरराष्ट्रिय महत्त्वको सिमसार क्षेत्रको संरक्षणका लागि दीर्घकालीन योजना र निरन्तर निगरानी आवश्यक रहेको बताए ।

यसरी घोडाघोडी ताललाइ विभिन्न शिर्षकमा आर्य आर्जनको लागि भन्दै घोडाघोडी नगरपालिकाले नगरपालिका स्थानीय सरकार सन्चालन ऎन २०७४ को परिच्छेद ३ को दफा ११को उपदफा घ अनुसार घोडाघोडी मन्दिर क्षेत्रमा आन्तरिक कर संकलनका लागि गत भदौ १४ मा १४ लाख ८५ हजारमा ठेक्का लगायको छ तर ताल मिचाहा प्रजाती बेसरम हटाउन तथा ताल सरक्षणका लागि आर्थिक बर्ष २०७९/२०८० यता बजेट छुट्यायको छैन ।

ताजा खबर

WinPlace Mobile Performance-Tipps

Winbeast Pre-Match vs Live Betting

Recognizing the Period of an ESA Letter

PayPal az Energy Casinónál: Előnyök, Hátrányok és Alternatívák

Stake GamCare et BeGambleAware Ressources

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हामीलाई सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ : राष्ट्रपति

पाँंचथर / राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको

अझै पढ्नुहोस्