नेपाल विद्यार्थी संघ द्वारा घोडाघोडी मन्दिर परिसर र हेलिप्याड क्षेत्रमा सरसफाइ

शेयेर गर्नुहोस

सुखड । कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर परिसर र सुखडमा रहेको हेलिप्याड क्षेत्रमा सरसफाइ गरिएको छ ।  नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीको आयोजनामा सरसफाइ गरिएको हो । मन्दिर भित्र रहेको फोहोर सङ्कलन तथा सरसफाइ गर्नुको साथै मन्दिर वरपरको फोहोरलाई सङ्कलन गरी सरसफाइ गरेको थियो । त्यसका साथै हेलिप्याड क्षेत्रमा भएका झारहरू उखेल्ने, फोहोर टिप्ने काम समितिले गरेका छ ।

घुम्न आउने पर्यटकलाई ताल तथा मन्दिर क्षेत्रको राम्रो म्यासेज सन्देश भनेर आफूहरूले सरसफाइ सुरु गरेको नगर संयोजक दीपेश बोहराले बताए । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सधैँ हातेमालो गरेर अगाडी बढ्ने उनले बताएका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिरमा सरसफाइ लाई निरन्तरता दिने बोहराले जानकारी दिए ।

नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीको आयोजनामा भएको सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल विद्यार्थी सङ्घमा आबद्ध युवाहरू, नेपाल तरुण दल, नेपाली काँग्रेस बाट निर्वाचित वडा अध्यक्षहरू र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) नेपाली काँग्रेस सम्बद्ध विद्यार्थी सङ्गठन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

तीन महिना पुग्दा पनि फिल्डमा गयन टोलि

जमुना न्युरे,सुखड १८ फागुन/अतिक्रमित पुरैना ताल नाप नक्साङ्गकनका लागि टोली खटाएको तिन महिना पनि टोली खटिएको छैन । कैलालीको भजनी नगरपालिका वडा नं ७ लालबोझीमा

अझै पढ्नुहोस्
समाचार

सिमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई खानेपानीकाे समस्या

टीकापुर / कैलालीको दक्षिणी भेगमा पनि खाने पानीको समस्या छ भन्दा अनाैठाे लाग्न सक्छ । तर साच्चिकै कैलालीको सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई खाने पानीकाे समस्या

अझै पढ्नुहोस्
समाचार

डुडेझारी औद्योगिक क्षेत्र संघीय वन मन्त्री शाहिले अवलोकन गरे

सुखड /डुडेझारीलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने योजना सरकारले विगत लामो समयदेखि नीति तथा कार्यक्रममा समेटे पनि बजेटको अभावका कारण काम अघि बढ्न सकेको थिएन।

अझै पढ्नुहोस्
राजनीति

कैलालीमा पाँच दल गठबन्धन गरेर स्थानीय निर्वाचनमा जाने सहमति

टीकापुर/स्थानीय निर्वाचनमा कैलालीका पाँच दल गठबन्धन गरेर जाने भएका छन् । बुधबार कांग्रेस पार्टी कार्यालय कैलाली बसेको ५ दलको बैठकले गठनन्ध प्रति पुर्ण प्रतिवद्ध रहने

अझै पढ्नुहोस्