नेपाल रेडक्रस नारायणपुर उप शाखाकाे सभापतिमा काेइराला निर्विरोध चयन

शेयेर गर्नुहोस


टीकापुर/नेपाल रेडक्रस साेसाइटी नारायणपुर उप शाखाकाे २९ ओै अधिवेशनबाट सभापतिमा धनसरी कुमारी काेइराला निर्विरोध चयन हुनुभएको छ ।


त्यस्तै उप सभापतिमा भारती देवि वि.क., सचिवमा पुर्ण बहादुर नायक र काेषाध्यक्षमा श्रीपाल चाैधरी चयन हुनुभएको छ । त्यसैगरी उप सचिवमा लायकराम चाैधरी, उप काेषाध्यक्षमा मदन कुमार साउँद चयन हुनुभएको छ भने सदस्यमा शान्ता बाेहरा, नृप बहादुर कडायत, शैलेस श्रेष्ठ, लव कुमार बैध र रवि राेक्का निर्विरोध चयान भएका हुन ।


नेपाल रेडक्रस साेसाइटी नारायणपुर उप शाखाका सभापति टाेप बहादुर के.सी.काे अध्यक्षतामा भएको अधिवेशनमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलिराम चाेैधरी, वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने, वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला, नेपाल रेडक्रस साेसाइटी कैलाली जिल्ला सभापति बाशुदेव विनाडी र साविक नारायणपुर गाविसका अध्यक्ष फकिरसिंह कडायत विशिष्ट अथिति रहनु भएको थियाे ।
नारायणपुर उप शाखाका उप सभापति धनसरी काेइरालाकाे स्वागत मन्तव्य संगै सुरु भएको अधिवेशनमा प्रगति प्रतिवेदन सचिव पुर्ण नायकले प्रस्तुत गर्नुभएको थियो । भने लेखापरीक्षणकाे आर्थिक प्रतिवेदन काेषाध्यक्ष मनिराम ढुंगानाले प्रस्तुत गर्नुभएको थियाे ।


अधिवेशनमा निर्वाचन समितिका संयाेजक भिम बहादुर महर, समाजसेवी नरेश्वर धमला, शिक्षक विक्रम धामी , समाजसेवी पल बहादुर बस्नेत र जिल्ला सदस्य रंग तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाले ४० लाख बढी नाफा कमाउन सफल

टीकापुर/लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्था नारायणपुरले आ.व. २०७८/०७९ मा ४० लाख ७६ हजार ९४४ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।टीकापुर ६ स्थित लक्ष्मी नारायण

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीकाे राजापुरमा नगर स्तरीय भेला सम्पन्न

राजापुर/ बर्दिया जिल्लाको राजापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको नगर स्तरीय भेला सम्पन्न भएको छ । शनिबार बर्दिया जिल्लाकाे राजापुर नगरपालिका वडा नं. ४ मा नागरिक

अझै पढ्नुहोस्
समाचार

सिमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई खानेपानीकाे समस्या

टीकापुर / कैलालीको दक्षिणी भेगमा पनि खाने पानीको समस्या छ भन्दा अनाैठाे लाग्न सक्छ । तर साच्चिकै कैलालीको सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई खाने पानीकाे समस्या

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

सरस्वती पूजामा सामुदायिक विद्यालयका विद्यार्थीलाई झोलासेट

जमुना न्युरे, धनगढी/धनगढी उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर ‘झोलासेट’ वितरण गरिएको छ । धनगढी उपमहानगरपालिका वडा

अझै पढ्नुहोस्