नेपाली कांग्रेस क्षेत्र नम्बर ५ कैलाली द्वारा रक्तदान, ३२ जनाले गरे रक्तदान,सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित

शेयेर गर्नुहोस

नेपाली राजनितीका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०१ औ जन्म जयन्तिको अबसरमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ द्वारा पार्टी कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

धनगढीमा रगतको अभावका कारण बिरामीलाई रगत पाउनै सकस भैरहेको जानकारी पाएपछि नेपाली राजनितीका शिखर पुरुष कोइरालाको जन्मजयन्ती को अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५का सभापति भिम पडालले बताए ।

रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक प्रदिप पाठकले बताए । उनले २९ जना पुरुष र ३ जना महिलाले रक्तदान गरेका बताउदै यसले रगत चाहिने बिरामीका लागि थोरै भएपनी सहयोग पुग्ने बताए ।

सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित
रक्तदान कार्यक्रममा सुदुरपश्चिम मै सबैभन्दा धेरै १०५ पटक रक्तदान गरेका स्वयंसेवी रक्तदाता एबम पत्रकार दीपक उपाध्यायलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले सर्वाधिक रक्तदाता उपाध्यायलाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हरियाली समुदायिक वन उपभोक्ता समूहको सार्वजनिक सुनुवाइ सम्पन्न

खेमराज पाण्डेय-भजनी/ हरियाली पार्वती सामुदायिक वन उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभा सार्वजनिक सुनवाई तथा लेखा परीक्षण सम्पन्न भएको छ। कैलालीको जोशीपुर गाउँपालिका ३ भित्तरियामा

अझै पढ्नुहोस्
समाचार

स्वास्थ्यकर्मीको आन्दोलनमा संघसंगठनको साथ

जमुना न्युरे ,धनगढी  /धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् । तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् ।

अझै पढ्नुहोस्
समाचार

घोडाघोडीको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला हुने

 कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ । “भाषा,धर्म,संस्कृति तथा पर्यटन

अझै पढ्नुहोस्
खेलकुद

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ७ गते, मुख्य प्रायोजकमा सुदुरपश्चिमाञ्चल एकेडेमी

धनगढी/‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ असार ७ गते आयोजना हुने भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने पाँचौ संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’

अझै पढ्नुहोस्