नेपालमा कति छन् अखबार र अनलाइन ?

शेयेर गर्नुहोस


मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ ।
प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७÷७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या ७४४ रहेको उल्लेख छ ।
प्रतिवेदनमा अर्धसाप्ताहिक ३९, साप्ताहिक दुई हजार ९५६, पाक्षिक ४७६, मासिक दुई हजार ३४७, द्वैमासिक ३८४, त्रैमासिक ६५०, चौमासिक ३९, अर्धवार्षिक ८७ र वार्षिकरुपमा प्रकाशित हुने अखबारको सङ्ख्या ९३ रहेको उल्लेख छ । काउन्सिलका अनुसार, आर्थिक वर्ष २०७७÷७८ सम्ममा दैनिक ७०५, अर्धसाप्ताहिक ३०, साप्ताहिक दुई हजार ८५९, पाक्षिक ३९९, मासिक ५९२, द्वैमासिक ६०, त्रैमासिक १०४ र वार्षिकलगायत अन्य ४० पत्रपत्रिका प्रकाशन भएको अभिलेख छ । प्रादेशिकरुपमा पत्रपत्रिका दर्ता स्थितिको अध्ययनबाट बागमती प्रदेश नै पहिलो स्थानमा देखिएको छ ।

उक्त प्रदेशमा दुई हजार ६५७ पत्रपत्रिका दर्ता भएको पाइएको छ । काउन्सिलका अनुसार, मुगु र मनाङ जिल्लामा भने अझैसम्म कुनै पनि पत्रिका प्रकाशन भई दर्ता भएका छैनन् । सबैभन्दा बढी पत्रपत्रिका प्रकाशन भई दर्ता भएको जिल्ला काठमाडौं हो । आर्थिक वर्ष २०७७÷७८ सम्ममा काठमाडौं जिल्लामा दुई हजार अखबार दर्ता छन् । काठमाडौं पछि पत्रपत्रिका दोस्रो धेरै दर्ता भएको जिल्ला पर्सा हो । दर्ता भएका अखबारमध्ये कम मात्र प्रकाशित भएका र प्रकाशित मध्ये पनि सबै नियमित नभएको प्रतिवेदनमा उल्लेख छ । कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा जारी भएपछि विविध कारणले पनि अखबार प्रकाशनलाई खुच्याएको तथ्याङ्कले देखाएको छ । उक्त आर्थिक वर्षसम्म देशभर दुई हजार ७६० अनलाइन काउन्सिलमा सूचीकरण भएका विवरणमा उल्लेख छ । पछिल्लो एक आर्थिक वर्षमा मात्रै पनि ६२२ अनलाइन सञ्चार माध्यम सूचीकरण भएका छन् । काउन्सिल पत्रकारितालाई मर्यादित, जवाफदेही र प्रतिष्ठाको पेसा बनाउन पत्रकार आचारसंहिता जारी गर्दै कार्यान्वयनका लागि पहल र नियमन गर्ने संस्था हो । काउन्सिलले स्वस्थ्य पत्रकारिताको विकास गर्दै यस क्षेत्रलाई उच्च मर्यादामा राख्ने मूलभूत उद्देश्य राखेर काम गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम स्पोट्र्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

धनगढी । चैत ७ गते हुने ‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । कैलालीको धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित

अझै पढ्नुहोस्
समाचार

घण्टा घर सञ्चालनको तयारी हुँदै, एक हप्ता भित्र ठेक्का प्रकृयामा जान्छ: नगर प्रमुख थारु

टीकापुर / टीकापुर नगरपालिकाले वडा नं. १ मा बनेको घण्टा घर सञ्चालनको तयारी थालेएको छ । नगरपालिकाले ठेक्का प्रकृयाबाट घण्टा घर संचालनकाे तयारी गरेकाे हाे

अझै पढ्नुहोस्
समाचार

कैलाली काँग्रेसद्वारा भुकम्प पिडितलाई १ लाख सहयोग

धनगढी, हालै जाजरकोटमा केन्द्र विन्दु बनाएर गएको भुकम्प प्रभावित क्षेत्रको पुननिर्माणार्थका लागि नेपाल नेपाली काँग्रेस कैलालीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

अझै पढ्नुहोस्
समाचार

आर्थिक विकासका लागि प्रदेश र स्थानीय तहबिच समन्वय आवश्यकः मन्त्री चौधरी

धनगढी/सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले धनगढी भएको एक कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै भने समग्र आर्थिक विकासका लागि

अझै पढ्नुहोस्