निकुञ्जमा एक हात्ती मृत फेला

शेयेर गर्नुहोस

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती मृत फेला परेको हो । शुक्रबार दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जंगलमा हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी मनोज ऐरले दिउँसो मृत फेला परेको हात्ती बच्चा जन्माउन नसकेर मरेको बताए ।

‘हामीले हात्ती मृत फेला परेको स्थानको बस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ, ‘उनले भने, ‘निकुञ्ज, पशु चिकित्सक सहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ ।’ गत १२ असोजमा उत्त हात्ती मृत फेला परेको स्थानदेखि झण्डै ४÷५किलोमिटर पुर्व हात्तीको बथानले लालझाडी गाँउपालिका ४डागाँ जाईका ५० बर्षिया रामदत्त रानाको मृत्यु भएको थियो ।

हात्तीको आक्र्रमणबाट मानिसको मृत्यु भएको सातामै हात्ती पनि मृत फेला परेको छ । रानामाथि आक्र्रमण गर्ने हात्ती कतै त्यही वा सोही समुहको हो की भनेर स्थानीयले अडकलबाजी गरिरहेका छन । हात्तीले मानिसमाथि आक्र्रमण गरेर मानिस मात्रै नभई हात्तीले समेत मानिसका कृयाकलापले ज्यान गुमाएका छन ।

१० बर्षको अवधिमा कञ्चनपुरमा चार हात्तीले ज्यान गुमाएका छन । ९ भदौँ ०७४ सालमा पुनर्वास नगरपालिका १० बाईसेविचुवामा एक हात्तीले मानिसले राखेर विद्युतिय धरापमा परेर ज्यान गुमायो । त्यसपछि पुनर्वास २ अमरैया उखुबारीमा हात्ती मृत फेला परे ।

३२ साउन ०८०मा सरकारी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती शुक्लाफाँटा नगरपालिका ७ कालापानी वातावरण सामुदायिक वनको सेफ्टी ट्याङकीमा परेर एक हात्तीले ज्यान गुमाएका छन । १८ असोज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाउ जंगलमा गर्भवती हात्तीले ज्यान गुमाएको छ । मानव बन्यजन्तुविचको द्वन्द्व र वनकै कार्यालयमा बन्यजन्तुमैत्री सरचना एव कमजोर संरचना निर्माणले हात्तीले ज्यान गुमाएको सरक्षणकर्मीले अथ्र्याएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

राष्ट्रिय माध्यमिक विद्यालय सुखडको २ बिघा जमिन व्यापारी तथा ठुलाबडाको कब्जामा 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको २ बिघा जमिन विगत २२ वर्ष देखी व्यापारी तथा ठुलाबडा भनाउदाहरुको कब्जामा रहेको तथ्य फेला परेको

अझै पढ्नुहोस्
समाचार

चौमालामा खुल्ला तिज नृत्य प्रतियोगिता हुने : संयोजक हेमन्त बाजे।

जमुना न्युरे, / गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमाला बजारमा तिज विशेष खुल्ला महिला नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। गौरीगंगा नगरपालिका

अझै पढ्नुहोस्
राजनीति

काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन वैशाख १९ गते हुने

जमुना न्युरे,धनगढी/नेपाली काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन आगामी वैशाख १९ गते हुने भएको छ । नेपाली काग्रेंस कैलालीको पार्टी कार्यालय विपी स्मृति भवन

अझै पढ्नुहोस्
समाचार

दुई दिने बन्यजन्तु उद्वार तथा नियन्त्रण सम्बन्धि तालिम सुरु

लम्किचुहा नगरपालिका वडा न १ मा बन्यजन्तु उद्वार तथा नियन्त्रण सम्बन्धि उपकरण तथा क्षमता बिकास तालीम आज सुरु भएको छ । पछिल्लो समयमा बढ्दै गएको

अझै पढ्नुहोस्