नागरिक उन्मुक्ति पार्टी कैलालीमा गठबन्धन र अन्य ठुला दललाई चुनाैती दिदै

शेयेर गर्नुहोस

टीकापुर/दर्ता भएको केही महिनामै स्थानीय तह निर्वाचनबाट जनताबाट अनुमोदित भएको नागरिक उन्मुक्ति पार्टीप्रति पुराना राजनीतिक दल त्रसित भएका छन् ।

खासगरी कैलाली जिल्लामा स्थानीय तह निर्वाचन मार्फत यो पार्टीले आफ्नो प्रभाव जमाएको छ ।
टीकापुर घटनामा मुछिएका माननीय सांसद रेशम लाल चौधरीको नेतृत्वमा गठित दलले कैलालीलाई आफ्नो पकड क्षेत्र बनाएको छ ।

स्थानीय तह निर्वाचनमा कैलाली जिल्लामा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमालेलगायत ठूला दललाई पराजित गर्दै आफ्नो प्रभाव देखाइसकेको छ ।

सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेसँगै ठुला दलहरु सुदूरपश्चिम प्रदेशकै राजधानी समेत रहेको कैलालीमा नागरिक उन्मुक्ति पार्टीको चुनौती सामना गर्न आन्तरिक तयारी गरिरहेका छन् । सोही क्रममा प्रमुख दलहरुले आफ्ना जातीय मोर्चालाई सक्रिय बनाउन थालेका छन् ।

थारु बाहुल्य कैलाली जिल्लामा माओवादी केन्द्रले थारु मुक्ति मोर्चालाई अगाडि सारेको छ । मोर्चाको हालै कञ्चनपुर जिल्लाको सिंहपुरमा आयोजित सुदूरपश्चिम प्रदेश सम्मेलनमा पनि कैलाली जिल्ला मा नागरिक उन्मुक्ति पार्टी मुख्य चुनौती बन्न सक्ने स्वीकार गरिएको छ ।

नेपाली काँग्रेस निकट थारु नेताहरु चुनावको मुख मा आएर टीकापुर घटनामा मुछिएकाहरुको मुद्दा फिर्ता तथा रेशम चौधरीको रिहाइ नगरिए आफूहरु को राजनीतिक करियर नै समाप्त हुने भन्दै प्रधान मन्त्री शेरबहादुर देउवालाई दबाब दिँदै आए का छन् ।
गत ४ साउन यता कैलाली क्षेत्र नम्बर ३का उम्मेदवार आकांक्षी रामजनम चौधरीको नेतृत्वमा थारू नेताहरू पटक–पटक बालुवाटार पुगेका छन् ।

नागरिक उन्मुक्ति पार्टी कैलालीले जिल्लाका १३ स्थानीय तहमध्ये ४ पालिका प्रमुख जित्दै ठूलो दल को रुपमा स्थापित भएको छ । सो पार्टीले संघ र प्रदेशसभा निर्वाचनका लागि कैलाली, कन्चनपुर,बर्दिया र अन्य जिल्लामा आफ्नो सम्पूर्ण शक्ति परिचालन गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीले पनि कैलालीको १, २, ३ मा पार्टीको प्रभाव अन्य दलको तुलनामा निकै राम्रो रहेको दाबी गर्नुभयाे। बर्दिया जिल्लाको क्षेत्र नं. १ र २ मा पनि निर्वाचनको तयारी पूरा भएको उनको भनाइ छ । थारु बाहुल्य जिल्ला मात्रै नभइ पहाडी जिल्लामा पनि संगठन विस्तार अगाडि बढाइएको केन्द्रीय सदस्य चौधरीले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Flash Kasinot – Spela och vinn på nätet utan omsvep!

Gratis Spelen in Het Grande Vegas Casino

Jogo de Aposta Responsável no FamBet Casino

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

सम्बन्धितखवर

छुटाउनु भयो कि !