नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने

शेयेर गर्नुहोस

धनगढी/नागरिक उन्मुक्ति कैलाली को टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशनको आयोजना गर्ने भएको छ। उक्त पार्टीले पुस २६, २७ र २८ गते गर्ने प्रथम अधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ कैलाली आउने जनाइएको छ।

प्रधानमन्त्री प्रचण्डसँगै पार्टीका शीर्ष नेतहरू पनि टीकापुर आउनुहुने कार्यक्रम रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीले जानकारी दिए। यस्तै भारतीय जनता पार्टीका प्रतिनिधिहरू पनि टीकापुर आउने छन्। चौधरीले भने, ‘प्रमुख अतिथि प्रधानमन्त्री हुनुहुन्छ। माधव नेपाल, बाबुराम भटराई, सिके राउत र उपेन्द्र यादवले आउने बताउनु भएको छ। केपी ओलीलाई निम्तो दिएका छौँ। फेरि भेट गर्छु। शेरबहादुर देउवाले सन्देश पठाउने कुरा भएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री ज्यू आउनु हुन्छ।’धनगढीमा बुधवार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीको प्रथम अधिवेशनमा आठ हजार प्रतिनिधि टीकापुर आउने बताए। चौधरीका अनुसार नागरिक उन्मुक्ति पार्टीले २४६ निर्वाचनबाट र २५५ जनालाई मनोनीत गर्ने छ। तीन दिनसम्म टीकापुरमा सञ्चालन हुने अधिवेशनमा सहभागिहरूले स्थानीय खानाका परिकारहरू खान पाउने उनले बताए।

टीकापुर घटनाको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी ५२ जिल्लामा विस्तार भएको छ। रेशमलाल चौधरीले कारागारबाटै नागरिक उन्मुक्ति पार्टीको स्थापना गरेका थिए। पार्टीको केन्द्रीय कार्यालय कैलालीको टीकापुरमा रहेको छ। पार्टीकी अध्यक्षसमेत रहेकी रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ अहिले संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन्। रञ्जिता फेरि पार्टीको अध्यक्षमा दोहोरीने वा नयाँ अध्यक्ष निर्वाचित गरिने विषयमा रेशमलालले कुनै प्रतिक्रिया भने दिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

भजनि नगरपालिकाका स्वास्थ्यकर्मी कर्मचारी धर्नामा

जमुना न्युरे ,भजनी/ कैलाली स्थित भजनि नगरपालिका प्रवेशद्वारमा ४० कर्मचारी धर्नामा बसेका छन् ।नगरपालिकाका स्वास्थ्य शाखा र ९ वडाका स्वास्थ्य संस्थाका कर्मचारी तलबभत्ता नपाएपछि आइतबारदेखि

अझै पढ्नुहोस्
Highlights

सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानियले गरे सडक अवरुद्ध

जमुना न्युरे,सुखड /कैलालीको घोडाघोडी नगरपालिका वडा न ४ स्थित सिम्थरी माघि सडक अवरुद्ध भएको छ । वडा न ४ स्थित माघि,गैडाखेडा र रामपुरका स्थानियले कालोपत्रे

अझै पढ्नुहोस्
समाचार

निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

धनगढी/धनगढी स्थित निसर्ग अस्पताल एण्ड रिसर्च अस्पतालका अध्यक्ष तिर्थराज पन्त सम्मानित भएका छन् । नेपाली कांग्रेस कैलालीको दोस्रो सम्मेलनमा स्वास्थ्य क्षेत्रमा योगदान पुराएको भन्दै अध्यक्ष

अझै पढ्नुहोस्
समाचार

प्रदेश निजामती सेवा ऎन २०७९ को पहिलो संशोधन कार्यन्वयन नगराउन माग सहित ज्ञापन पत्र

धनगढी/कर्मचारी समायोजन ऐन २०७५ बमोजिम यस सुदूरपश्चिम प्रदेशमा समायोजन भई यस प्रदेशमा कार्यरत सहायक चौथो तहका विभिन्न सेवा समूहमा तथा जनरल फरेष्ट्री समूह श्रेणी विहिन

अझै पढ्नुहोस्