नागरिक उन्मुक्ति पार्टीले आधिकारिकता पाएको जानकारी गर्न पत्रकार सम्मेलन

शेयेर गर्नुहोस

अप्सरा बुढा,
टीकापुर/ नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयाेगमा दल दर्ता भएको जानकारी गर्न टीकापुरमा पत्रकार सम्मेलन गरेको छ ।
पत्रकार सम्मेलनमा नयाँ दल नागरिक उन्मुक्ति पार्टीले संघियता, समाजवाद, देशभक्ति लाेकतन्त्रलाइ मुल सिद्धान्तलाई अंगिकार गर्दै पहिचान र भुगाेलकाे मुद्दा लिएर अगाडि बढ्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा टीकापुर ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारुले साे कुरा बताउनुभयो । केन्द्रीय सदस्य डगाैरा थारुले नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयाेगमा १८१ दर्ता नम्बर सहित प्रमाण पत्र प्राप्त गरि सकेकाे बताउनुभयो । उहाँले भाैगाेलिक साँस्कृतिक पहिचान सहितकाे संघियतालाइ मुल सिद्धान्त बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले जनजाति, दलित तथा पिछडिएका समुदायको हकहित र पहिचानको मुद्दालाई आत्मसात गरि आगामी चुनावमा जनता माझ जाने बताउनुभयो ।

पत्रकारहरुकाे जिज्ञासालाई सम्बाेधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रबक्ता दामोदर पण्डितले एमसीसी सम्झौताका बारेमा पार्टीले स्पष्ट धारणा नबनाएकाे भए पनि देश र जनताकाे अहितमा हुने कुनै पनि सन्धी सम्झौता स्कार्य नहुने बताउनुभयो । प्रवक्ता पण्डितले आगामी स्थानीय निकायकाे चुनावमा कुनै पार्टी संग समन्वय र सहकार्य नहुने बताउनुभयो । पण्डितले स्थानीय चुनावमा लड्न नागरिक उन्मुक्ति पार्टी एक्लै सच्छम रहेकोले पनि कुनै दल संग कुनै किसिमको सहमति र सहकार्य नगर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य पण्डितले नागरिक उन्मुक्ति पार्टी पहिचानबादीकाे पार्टी भएकोले सम्पूर्ण जनजाति दलित तथा पिछडा वर्गका समुदायलाई गाेलबन्द भइ संगठित हुन अपिल गर्नुभयाे । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरु दामोदर पण्डित, रामलाल डगाैरा थारु, रमेश वि.क., लालविर चाैधरी र वलविर चाेैधरीकाे सहभागीता रहेको थियाे ।
पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो

मंसिर ६, २०८१ ,काठमाडौं/स्वास्थ्य प्रवर्द्धनको प्रथम अन्तरराष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भ पारी पहिलो पटक स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको

अझै पढ्नुहोस्
समाचार

नेपाल लाईफ इन्स्योरेन्स क.ली अभिकर्ता क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न ।

दिपक संगम विश्वकर्मा,टीकापुर/ नेपाल लाईफ इन्स्योरेन्स क.ली अभिकर्ता क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम टीकापुरमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रमको आयोजना नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि.टीकापुर

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीद्धारा ६ देखि १० गते सम्म नेपाल बन्दको घोषणा

टीकापुर/नागरिक उन्मुक्ति पार्टीले आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति

अझै पढ्नुहोस्
राजनीति

स्थानीय निर्वाचनमा मतगणना स्थलमा सीसीटीभी जडान गरिने

टीकापुर/निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणना स्थलमा सीसीटीभी जडान गर्ने भएको छ । विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना स्थलको

अझै पढ्नुहोस्