सामाजिक क्षेत्रमा काम गर्ने ११ जना एकल महिला सम्मानित

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/सामाजिक क्षेत्रमा काम गर्ने धनगढीका ११ जना एकल महिला सम्मानित भएका छन् । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लूएचआर) सुदूरपश्चिम प्रदेशले सम्मानित गरेको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेवी बिष्ट (माया) लगायत ११ जना एकल महिलालाई सम्मानित गरिएको थियो । एकल महिला हुँदा पाएको दुःख बिर्सेर पनि घर बाहिर निस्केर सामाजिक क्षेत्रमा काम गरेको भन्दै उनीहरुलाई सम्मानित गरिएको संस्थाकी सुदूरपश्चिम प्रदेश अध्यक्ष सुमन शर्माले बताइन् । उनले भनिन्,‘एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण अझै पनि बदलिसकेको छैन, त्यस्तो अवस्थामा पनि यी जुझारु महिलाले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै हामीले सम्मान गरेका हौँ ।’ कार्यक्रममा प्रदेश सभा सदस्य खेमादेवी बिष्ट (माया), पूर्व वडाध्यक्ष कमला शर्मा, धना कुमारी ओझा, लक्ष्मीदेवी चौधरी, सविता चौधरी, नारु खड्का, चोहिया चौधरी, रम्भा कुँवर, मन्दोधरी भण्डारी, राधिका जोशी र रतना भण्डारीलाई सम्मानित गरिएको थियो ।

. कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले गाउँघरमा अहिले पनि एकल महिलालाई हेर्ने दृष्टिकोण गलत भएको बताउँदै भने,‘एकल महिलालाई अहिले पनि गाउँघरमा हेयको दृष्टिले हेर्छन्, त्यसलाई चिर्न यो सम्मान कार्यक्रम पनि कोशे ढुंगा सावित भएको छ ।’

एकल महिलालाई गरिएको सम्मानले समाजमा अवुझ रहेकाहरुको चेत खुल्ने उनले बताए । यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेवी बिष्टले आफू पनि एकल महिला भएरै हिजोका दिनमा एकल महिलाको आवाजका लागि सडकबाट आवाज बुलन्द पारिरहेको स्मरण गर्दै भनिन्,‘हिजो एकल दिदीबहिनीहरुको न्यायका लागि सडकबाट आवाज उठाउँथे, आज तपाईहरुले दिएको मतका कारण सदनमा पुगेकी छु, अब सदनबाटै हाम्रा पीडालाई मल्हम लगाउन र न्याय दिलाउन प्रयास गर्नेछु ।’

कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष, वुद्धिबहादुर खड्का, वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझा, पूर्व वडाध्यक्ष कमला शर्मालगायतले मन्तव्य राखेको थिए । संस्थाकी सुदूरपश्चिम प्रदेश अध्यक्ष सुमन शर्माको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन संस्थाकी कैलाली अध्यक्ष भगवती हमालले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Genuine enjoyment awaits players exploring a world of chance with prestige casino and rewarding wins

Fonctionnement du Traffic Camera Game en ligne : principes et caractéristiques.

Jogo de Maquinas Caça-Riches LuckyHaul

Cosè Chicken Road 2: un gioco di casinò online con tema da scommesse?

Excellent opportunities await with casino classic bonuses and enhanced gameplay features

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हमास समूहको नियन्त्रमा रहेका विपिनको रिहाइका प्रयास परराष्ट्रमन्त्री: राणा

धनगढी/परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले  हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको धनगढीमा भएको एक कार्यक्रममा बताए। नेपाली कांग्रेस

अझै पढ्नुहोस्