नागरिक उन्मुक्ति पार्टीद्धारा ६ देखि १० गते सम्म नेपाल बन्दको घोषणा

शेयेर गर्नुहोस

टीकापुर/नागरिक उन्मुक्ति पार्टीले आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा सार्वजनिक गरेको हो ।

रेशम चौधरीको मुद्दालाई राजनीतिक मुद्दा नबनाएर जन्मकैदको फैसला सदर भएको भन्दै पार्टीले आन्दोलनको घोषणा गरेको हो । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ३ ,४, ५ गते देश व्यापी रुपमा राँके जुलुसगर्ने भनिएको छ । लाल आयोग सार्वजनिक गर्नुपर्ने मागगर्दै आन्दोलनको तयारी गरिएको पार्टीका नेता दामोदर पंण्डितले बताउनुभयाे ।

पत्रकार सम्मेलनमा लक्ष्मण थारुले थारु समुदायको आन्दोलनलाई हिसात्मक जत्थाको रुपमा व्याख्या गरिएको आरोप लगाउनुभयाे । राजनीतिकरण आन्दोलनलाई राजनीतिकरण तरिकाले संवोधन गर्नुपथ्यो उनले भन्नुभयाे। फेरिपनि अदालतको निर्णयलाई स्वीकार गछौं । तर हाम्रो चित्त दुखाई छ । थुर्पै आन्दोलनका शिर्ष नेताहरु सत्तामा छन् तर थारुलाई भित्तामै धकेल्नेगरी अझै द्धन्द्धमा धकेल्नेरी षडयन्त्र गरिएको छ नेता थारुले थपे, यो दुर्भाग्यपूर्ण छ । रेशम चौधरीलाई फसाउने नियतले गरेको क्रियाकलाप प्रति हामी सहमत छैनौं ।

पार्टीले सरकारलाई तीन दिनको अल्टिमेट दिएको छ । तीन दिन भित्र लाल आयोगको प्रतिवेदन, संसदिय समितिको प्रतिवेदन सार्वजनिक नभए हामी आन्दोलनमा जाने पार्टीका नेताहरुले बताएका छन् । कसैले हाम्रो माग संवोधन भएन भने सरकारलाई दिएको समर्थनबारे सोच्न बाध्य हुनेछौं पत्रकार सम्मेलनमा नेता लक्ष्मण थारुले भन्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिक पोष्ट डिजिटल पत्रिकाको प्रकाशन शुरु

काठमाडौ/नेपाल ट्रेड युनियन काँग्रेस प्रचार विभागले श्रमिक पोष्ट नामक डिजिटल पत्रिकाको प्रकाशन शुरु गरेको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र

अझै पढ्नुहोस्
समाचार

बाल दिवसकाे अवसरमा भजनीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

भजनी/ भजनी नगरपालिकाको महिला बाल बालिका तथा समाज कल्याण उपशाखा भजनीको आयोजनामा ” बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ ५८

अझै पढ्नुहोस्
Highlights

डिभिजन वन कार्यालय कैलाली द्वारा दाउरा वितरण

जमुना न्युरे,धनगढी / कैलालको धनगढीका उपमहानगर पालिका , गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकाका चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्यालय कैलालीले , धनगढीले लगायतका

अझै पढ्नुहोस्
राजनीति

काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन वैशाख १९ गते हुने

जमुना न्युरे,धनगढी/नेपाली काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन आगामी वैशाख १९ गते हुने भएको छ । नेपाली काग्रेंस कैलालीको पार्टी कार्यालय विपी स्मृति भवन

अझै पढ्नुहोस्