धनुषाको मिथिला बिहारी नगरपालिका १२औँ नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव ०८१ सम्पन्न

शेयेर गर्नुहोस

धनगढि/धनुषाको मिथिला बिहारी नगरपालिका–२ र ३ मा १२औँ नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव ०८१ सम्पन्न भएको छ । २५ र २६ माघ दुई दिन आयोजित उत्सवमा विभिन्न कार्यक्रम गरिएकाे थियो । 

निःशुल्क प्रवेश रहेको उक्त उत्सवमा चरा अवलोकन, मिथिलाका विभिन्न वाद्यययन्त्र प्रस्तुतिकरण, परम्परागत नृत्य (जटजटिन, झिझिया), परम्परागत मैथिली पर्व (सामाचकेवा), परम्परागत खेल (कुस्ती, गुच्चा, तिती, कबड्डी, गिटिगिटी), वन तथा वन्यजन्तुसम्बन्धी स्थानीय गीत, सन्देशमुलक नाटकसँगै हुचिल र लाटोकोसेरो, पुतलीलगायत वन्यजन्तुबारे जानकारी दिने स्टल र म्युजियम समेत राखिएको थियो । 

लाटोकोसेरो तथा हुचिलसँगै विभिन्न वन्यजन्तु तथा तराचुरुङ्गीको संरक्षण र सम्वद्र्धन जागरुकता जगाउन गरिएको उत्वसमा हजारांैले सहभागीता जनाएका थिए ।
खासगरी बालबालिका बढी आकर्षित भएको सो उत्सवले वन्यजन्तुको चोरी निकासी तथा तस्करी नियन्त्रण र पर्यावरण सन्तुलित राख्न आवश्यतासम्बन्धी जानकारी गराइएको थियो । 

सन् २०१२ देखि नेपालमा यो उत्सव मनाउन थालिएको हो । मिथिला वाइल्ड लाइफ ट्रष्ट र प्रकृतिका साथीहरूको आयोजनामा मनाइएको सो उत्सवमा ठुला स्तनधारी वन्यजन्तुकै हाराहारीमा सिकार तथा अवैध व्यापार हुन थालेको लाटोकोसेरो तथा हुचिलको संरक्षणमा उत्सवमा जोड दिइएको मिथिला वाइल्ड लाइफ ट्रस्ट तथा उत्वस आयोजन समिति संयोजक देवनारायण मण्डलले जनाए । 

औषधि र झारफुकको नाममा अन्धविश्वास र भ्रम सिर्जना गरेर तस्करहरूले लाटोकोसेरोमो अवैध शिकार र व्यापार गरिरहेकोमा त्यसको कुनै औषधिय उपयोग र अदृष्य तान्त्रिक शक्तिबारे वैज्ञानिक आधार नरहेको उत्वसको माध्यमले देखाएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।

सो अवसरमा प्रकृति संरक्षणको क्षेत्रमा योगदान पुर्याका व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान पनि गरिएको थियो । 

उत्सवको अन्तिम दिन शनिबार ‘राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार’बाट चारजना अनुसन्धानकर्मी तथा संरक्षणकर्मीलाई पुरस्कृत गरिएको थियो । 

पुरस्कृत हुनेहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौंका केन्द्रीय प्राणीशास्त्र विभागका सहायक प्राध्यापक डा. हरिप्रसाद शर्मा, पोखराका हेमन्त ढकाल, काठमाडौंका पत्रकार अभयराज जोशी र निलकण्ठ(धादिङ)का भूमिरमण नेपाल छन । उनीहरुलाई नगद २५ हजारसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो । 

संस्थागत र स्थानीय सम्मानबाट समेत प्रकृति संरक्षणमा योगदान पुर्याकाहरूलाई पनि आयोजकले सम्मान गरेको थियो । लामो समयदेखि रेडपान्डाको वासस्थानमा सुधार गर्दै चरा तथा वन्यजन्तु संरक्षणमा योगदान पुर्याएका इलामका महिलाहरूको समूह ‘जौबारी रेस्टोरेसन समितिलाई संस्थागत सम्मान गरिएको हो । समितिलाई ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको हो ।

स्थानीय तहमा रहेर प्रकृति, वन्यजन्तु फोटोग्राफी, पर्यापर्यटन, वातावरण तथा वन्यजन्तु संरक्षण्मा योगदान गरेका काव्या अस्पताल जनकपुरका प्रबन्धक डा. एसके सिंह समेत सम्मानित भएका छन् । पत्रकारिताको माध्यमले प्रकृति संरक्षणमा योगदान पुर्याएको भन्दै नयाँ पत्रिकाकर्मी रञ्जन भण्डारी (महोत्तरी) तथा गोरखापत्रकर्मी विजय साह (धनुषा) समेत सम्मानित भएका छन् । उनीहरुलाई ताम्रपत्र तथा मिथिला चित्रकलायुक्त गम्छा ओढाएर सम्मानित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

फाप्लामा कैलाली प्रीमियर लिग शुरु,उद्घाटन खेलमा शुक्लाफाँटा विजयी

धनगढी / जिल्ला कृकेट संघ कैलालीको आयोजनामा आजबाट धनगढीको फाप्ला मैदानमा अन्तर पालिका कैलाली प्रीमियर लिग T20 प्रतियोगिता शुरु भएको छ । सोमबार एक औपचारिक

अझै पढ्नुहोस्
Highlights

पौराणिक कला संस्कृति संरक्षणका लागि लवाङ्गी पुजा

धनगढी, ११ मंसीर । कैलालीको गौरीगंगा नगरपालिका–१०, सुन्दरपुरमा छैठौं लवाङ्गी पुजा तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ । ‘भाषा, कला संस्कृति हमार पहिचान, थारु

अझै पढ्नुहोस्
समाचार

गेटामा अस्पताल सफल भए मात्रै विश्वबिद्यालय : स्वस्थ्य मन्त्री बस्नेत

धनगढी, १६ पुस/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल मेडिकल विश्व विद्यालय बनाउन एकजुुट भएर लाग्न आग्रह गरेका छन् । मन्त्री बस्नेतले सुदूरपश्चिमका नागरिकले

अझै पढ्नुहोस्
समाचार

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा घोडाघोडीमा फोटो प्रर्दशनि

जमुना न्युरे,सुखड/ विश्व रामसार क्षेत्रमा सुचिकृत कैलालीको घोडाघोडीमा चरा उत्सव तथा फोटो प्रर्दशनी गरिएको छ । अन्र्तराष्ट्रिय जैविक विविधता दिवसको अवसरमा घोडाघोडीमा फोटो प्रर्दशनी गरिएको

अझै पढ्नुहोस्