TRENDING
Mostbet w Polsce – przewodnik po grze
4rabet login – how to access your online casino account in India
EnergyCasino online kaszinó biztonság és adatvédelem
Gama Casino Online – официальный сайт – вход и зеркало
Gama Casino Online – официальный сайт – вход и зеркало
Next
Prev

धनुषाको मिथिला बिहारी नगरपालिका १२औँ नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव ०८१ सम्पन्न

शेयेर गर्नुहोस

धनगढि/धनुषाको मिथिला बिहारी नगरपालिका–२ र ३ मा १२औँ नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव ०८१ सम्पन्न भएको छ । २५ र २६ माघ दुई दिन आयोजित उत्सवमा विभिन्न कार्यक्रम गरिएकाे थियो । 

निःशुल्क प्रवेश रहेको उक्त उत्सवमा चरा अवलोकन, मिथिलाका विभिन्न वाद्यययन्त्र प्रस्तुतिकरण, परम्परागत नृत्य (जटजटिन, झिझिया), परम्परागत मैथिली पर्व (सामाचकेवा), परम्परागत खेल (कुस्ती, गुच्चा, तिती, कबड्डी, गिटिगिटी), वन तथा वन्यजन्तुसम्बन्धी स्थानीय गीत, सन्देशमुलक नाटकसँगै हुचिल र लाटोकोसेरो, पुतलीलगायत वन्यजन्तुबारे जानकारी दिने स्टल र म्युजियम समेत राखिएको थियो । 

लाटोकोसेरो तथा हुचिलसँगै विभिन्न वन्यजन्तु तथा तराचुरुङ्गीको संरक्षण र सम्वद्र्धन जागरुकता जगाउन गरिएको उत्वसमा हजारांैले सहभागीता जनाएका थिए ।
खासगरी बालबालिका बढी आकर्षित भएको सो उत्सवले वन्यजन्तुको चोरी निकासी तथा तस्करी नियन्त्रण र पर्यावरण सन्तुलित राख्न आवश्यतासम्बन्धी जानकारी गराइएको थियो । 

सन् २०१२ देखि नेपालमा यो उत्सव मनाउन थालिएको हो । मिथिला वाइल्ड लाइफ ट्रष्ट र प्रकृतिका साथीहरूको आयोजनामा मनाइएको सो उत्सवमा ठुला स्तनधारी वन्यजन्तुकै हाराहारीमा सिकार तथा अवैध व्यापार हुन थालेको लाटोकोसेरो तथा हुचिलको संरक्षणमा उत्सवमा जोड दिइएको मिथिला वाइल्ड लाइफ ट्रस्ट तथा उत्वस आयोजन समिति संयोजक देवनारायण मण्डलले जनाए । 

औषधि र झारफुकको नाममा अन्धविश्वास र भ्रम सिर्जना गरेर तस्करहरूले लाटोकोसेरोमो अवैध शिकार र व्यापार गरिरहेकोमा त्यसको कुनै औषधिय उपयोग र अदृष्य तान्त्रिक शक्तिबारे वैज्ञानिक आधार नरहेको उत्वसको माध्यमले देखाएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।

सो अवसरमा प्रकृति संरक्षणको क्षेत्रमा योगदान पुर्याका व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान पनि गरिएको थियो । 

उत्सवको अन्तिम दिन शनिबार ‘राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार’बाट चारजना अनुसन्धानकर्मी तथा संरक्षणकर्मीलाई पुरस्कृत गरिएको थियो । 

पुरस्कृत हुनेहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौंका केन्द्रीय प्राणीशास्त्र विभागका सहायक प्राध्यापक डा. हरिप्रसाद शर्मा, पोखराका हेमन्त ढकाल, काठमाडौंका पत्रकार अभयराज जोशी र निलकण्ठ(धादिङ)का भूमिरमण नेपाल छन । उनीहरुलाई नगद २५ हजारसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो । 

संस्थागत र स्थानीय सम्मानबाट समेत प्रकृति संरक्षणमा योगदान पुर्याकाहरूलाई पनि आयोजकले सम्मान गरेको थियो । लामो समयदेखि रेडपान्डाको वासस्थानमा सुधार गर्दै चरा तथा वन्यजन्तु संरक्षणमा योगदान पुर्याएका इलामका महिलाहरूको समूह ‘जौबारी रेस्टोरेसन समितिलाई संस्थागत सम्मान गरिएको हो । समितिलाई ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको हो ।

स्थानीय तहमा रहेर प्रकृति, वन्यजन्तु फोटोग्राफी, पर्यापर्यटन, वातावरण तथा वन्यजन्तु संरक्षण्मा योगदान गरेका काव्या अस्पताल जनकपुरका प्रबन्धक डा. एसके सिंह समेत सम्मानित भएका छन् । पत्रकारिताको माध्यमले प्रकृति संरक्षणमा योगदान पुर्याएको भन्दै नयाँ पत्रिकाकर्मी रञ्जन भण्डारी (महोत्तरी) तथा गोरखापत्रकर्मी विजय साह (धनुषा) समेत सम्मानित भएका छन् । उनीहरुलाई ताम्रपत्र तथा मिथिला चित्रकलायुक्त गम्छा ओढाएर सम्मानित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet w Polsce – przewodnik po grze

4rabet login – how to access your online casino account in India

EnergyCasino online kaszinó biztonság és adatvédelem

Gama Casino Online – официальный сайт – вход и зеркало

Gama Casino Online – официальный сайт – вход и зеркало

Gama Casino Online – официальный сайт – вход и зеркало

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तीनै जनाले गरे मनोनयन दर्ता

धनगढी / पुसरराष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उमेदवारहरुले मनोनयन दर्ता गरेका छन । सबैभन्दा पहिला सत्ता गठबन्धनबाट महिला कोटामा उमेदवार रेनु

अझै पढ्नुहोस्