धनगढी उप-महानगरपालिका नाला र खोल्सामा मिल्काउँछ फोहोर

शेयेर गर्नुहोस

नगरबासीको घरबाट फोहर उठाईरहेको धनगढी उप–महानगरपालिकाले त्यसलाई बस्तीका बिचमा रहेका नाला र खोल्साहरुमा फाल्ने गरेको छ ।


उप–महानगरपालिकाले नगरबासीको घरबाट शुल्क असुलेर फोहर उठाउने गर्दछ । घरबाट फोहरको बर्गिकरण गर्ने कुरालाई कडाई रहेको नगरपालिकाले नकुहिने र प्लाष्टिक जन्य फोहर नगरकै खोला र खोल्साहरुमा फाल्ने गरेको छ । कुहिने फोहर चाहि वडा नं २ मा रहेको ग्याँस प्लान्टमा लैजाने गरेको उप–महानगरपालिका सहसफाई शाखाका कर्मचारीहरु बताउँछन् । यस अघि वडा नं १ मा रहेको सिताराम डेरी पछाडीको नाला, त्यसपछि वडा नं वडा नं ६ जाली नालामा फोहर फाल्दै आएको उप–महानगरपालिकाले अहिले कैलाली बहुमुखी क्याम्पसको पछाडी रहेको खोल्सामा फाल्दै आएको छ । फोहर फाल्ने निश्चीत ठाउँ नहुदा खोला, नाला र खोल्साहरुमा फोहर फालिएको सरसफाई शाखाका कर्मचारीहरु बताउँछन् ।


खुला ठाउँमा फोहर फाल्दा बस्ती नै दुर्गन्धीत बनेको छ । स्थानीयको गुनासो त्यहाँ पुगेको सञ्चारकर्मीहरुको टोलीले फोहर यत्रतत्र छरिएको अवस्था फेला पारेको थियो । स्थानीयले खाल्टो पुरिदिने सर्तमा आफुहरुले फोहर फाल्न दिएको बताएका छन् । फोहर छोप्नका लागि उप–महानगरपालिकाले ट्रिपरमा माटो पठाउने भनेको छ , स्थानीय नरेन्द्र ऐडीले भने,‘फोहर छोप्न आजै माटो आउन सक्छ ।” खाल्टो पुरिएला भनेर आफुहरुले फोहर फाल्न दिएको पनि ऐडिले बताए । खाल्टो पुर्नकै लागि फोहर फाल्न दिनु आफुहरुको बाध्यता रहेको टोलबासीले बताएका छन् । जाली नालामा फालेको फोहरले अहिले पनि बस्ती दुर्गन्धीत रहेको गुनासो गरेका छन् ।


कुकुरले फोहर तानेर घरको आगन सम्म नै पु¥याउने गरेको गुनासो छ । सामान्य हावा चल्दा पनि प्लाष्टिक उडेर यत्रतत्र छरिने गरेको छ । धनगढी उप–महानगरपालिकामा प्लाष्टिकका झोलाहरु प्रयोगमा प्रतिवन्ध लगाएको छ । प्लाष्टिक जलाएको पाईएमा जरिमाना काट्ने गरेको पनि छ । तर आफै उप–महानगरपालिका प्लाष्टिक जन्य फोहर बस्तीका बिचमा रहेका खोला, नाला र खोल्सामा फालिरहेको छ ।


धनगढी उप–महानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले धनगढीको फोहर ब्यबस्थापन गर्न वडा नं ७ मा रहेको पटेला एकिकृत फोहर ब्यबस्थापन केन्द्र ( लेन्डफिल) बनाउन टेन्डर भएको भएपनि फाईल बन मन्त्रालयमा गएर रोकिदा काम अगाडी बढ्न नसकेको बताए ।
यस्तो छ , एकिकृत फोहर ब्यबस्थापन केन्द्रको नालिबेली ः
क्षेत्रीय शहरी विकास आयोजनाको सहयोगमा धनगढी उप–महानगरपालिका वडा नं २ मोहना नदी किनारमा एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माणको प्रकृया अन्तीम चरणमा पुगेको थियो । जग्गाको मुआब्जा समेत बुझ्ने तयारीमा जग्गाधनीहरु थिए ।


एकिकृत फोहर ब्यबस्थापन केन्द्र वडा नं २ मा निर्माण हुने भएपनि वाटो वडा नं १ भएर जाने भएपछि त्यसको बिरोध वडा नं १ बाट भयो । स्थानीयलाई एकिकृत फोहर ब्यबस्थापन केन्द्रको बारेमा बुझाउन, तत्कालिन नगरप्रमुख नृपबहादुर वडले निकै मेहनत गरेका थिए । स्थानीयलाई एकिकृत फोहर ब्यबस्थापन केन्द्र बनेका ठाउँमा अवलोकन भ्रमण समेत गराएका थिए । जे गर्दा पनि वडा नं २ मा एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माण हुन सकेन । आफुलाई असफल देखाउन एक दुई जना ब्यक्तिले स्थानीयमा भ्रम फैलाएको र आफ्नो नजिकको मिडिया प्रयोग गरेर निर्माण हुन नदिने वातावरण बनाएको स्वयं पूर्व नगरप्रमुख वडले बताउदै आएका थिए ।


एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माण नहुदा त्यसको प्रभाव क्षेत्रीय सहरी विकास आयोजनामा पर्ने हुदा तत्कालीन नगरप्रमुख वड निकै दवावमा थिए । त्यसपछि उनले वडा नं १० घुईयाघाटको पछाडीको क्षेत्रमा जग्गा हेरेका थिए ।


त्यहाँ पनि हुन नसके पछि वडा नं ७ पटेलामा एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माणको प्रयास गरिएको पूर्व नगरप्रमुख वड बताउँछन् । तत्कालीन वडा नं ७ का वडा अध्यक्ष सिताराम राना, वडा नं ७ का वडा सदस्यहरु, डिभिजनल इन्जिनियर डिजराज भट्ट लगायतका ब्ययक्तिको निरन्तरको प्रयास पछि एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माण गर्न दिन पटेलाबासी सहमत भएको तत्कालिन नगरप्रमुख वड बताउँछन् । त्यसपछि वातावरणिय प्रभाव अध्ययन गरेर टेन्डर प्रकृयाको तयारी गर्दैगर्दा कार्यकाल सकिएको वड बताउँछन् ।
अहिले वडा नं ७ मा रहेको पटेलामा एकिकृत फोहर ब्यबस्थापन केन्द्र ( लेन्डफिल) बनाउन टेन्डर भएको भएपनि फाईल बन मन्त्रालयमा गएर रोकिदा काम अगाडी बढ्न सकेको छैन

ताजा खबर

Casinot Casoolas Spelautomater – Ett Välkänt Kasino för Spelare

Yukon Gold Casino – Die Suche nach dem goldenen Glück

Glücksspiel in den Tiefen der Karibik bei Bonanzino Casino

Luck and Fortune at Glorion Casino

Big Wins Casino Classic Slot Machine Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

देशभरीका युनियन पत्रकारलाई एकताको पक्षमा अभिमत प्रकट गर्न केन्द्रिय अध्यक्ष : लम्सालको अनुरोध

धनगढी/पछिल्लो समयमा आयको नेपालि काग्रेश आन्तरिक संक्रमणबाट गुज्रिरहेको छ। जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई निर्वाचनमार्फत मूलधारमा ल्याउने र संविधानको संरक्षण गर्ने मूलधारमा ल्याउन सबिंधानको रक्षा गर्न

अझै पढ्नुहोस्