धनगढी उप-महानगरपालिका नाला र खोल्सामा मिल्काउँछ फोहोर

शेयेर गर्नुहोस

नगरबासीको घरबाट फोहर उठाईरहेको धनगढी उप–महानगरपालिकाले त्यसलाई बस्तीका बिचमा रहेका नाला र खोल्साहरुमा फाल्ने गरेको छ ।


उप–महानगरपालिकाले नगरबासीको घरबाट शुल्क असुलेर फोहर उठाउने गर्दछ । घरबाट फोहरको बर्गिकरण गर्ने कुरालाई कडाई रहेको नगरपालिकाले नकुहिने र प्लाष्टिक जन्य फोहर नगरकै खोला र खोल्साहरुमा फाल्ने गरेको छ । कुहिने फोहर चाहि वडा नं २ मा रहेको ग्याँस प्लान्टमा लैजाने गरेको उप–महानगरपालिका सहसफाई शाखाका कर्मचारीहरु बताउँछन् । यस अघि वडा नं १ मा रहेको सिताराम डेरी पछाडीको नाला, त्यसपछि वडा नं वडा नं ६ जाली नालामा फोहर फाल्दै आएको उप–महानगरपालिकाले अहिले कैलाली बहुमुखी क्याम्पसको पछाडी रहेको खोल्सामा फाल्दै आएको छ । फोहर फाल्ने निश्चीत ठाउँ नहुदा खोला, नाला र खोल्साहरुमा फोहर फालिएको सरसफाई शाखाका कर्मचारीहरु बताउँछन् ।


खुला ठाउँमा फोहर फाल्दा बस्ती नै दुर्गन्धीत बनेको छ । स्थानीयको गुनासो त्यहाँ पुगेको सञ्चारकर्मीहरुको टोलीले फोहर यत्रतत्र छरिएको अवस्था फेला पारेको थियो । स्थानीयले खाल्टो पुरिदिने सर्तमा आफुहरुले फोहर फाल्न दिएको बताएका छन् । फोहर छोप्नका लागि उप–महानगरपालिकाले ट्रिपरमा माटो पठाउने भनेको छ , स्थानीय नरेन्द्र ऐडीले भने,‘फोहर छोप्न आजै माटो आउन सक्छ ।” खाल्टो पुरिएला भनेर आफुहरुले फोहर फाल्न दिएको पनि ऐडिले बताए । खाल्टो पुर्नकै लागि फोहर फाल्न दिनु आफुहरुको बाध्यता रहेको टोलबासीले बताएका छन् । जाली नालामा फालेको फोहरले अहिले पनि बस्ती दुर्गन्धीत रहेको गुनासो गरेका छन् ।


कुकुरले फोहर तानेर घरको आगन सम्म नै पु¥याउने गरेको गुनासो छ । सामान्य हावा चल्दा पनि प्लाष्टिक उडेर यत्रतत्र छरिने गरेको छ । धनगढी उप–महानगरपालिकामा प्लाष्टिकका झोलाहरु प्रयोगमा प्रतिवन्ध लगाएको छ । प्लाष्टिक जलाएको पाईएमा जरिमाना काट्ने गरेको पनि छ । तर आफै उप–महानगरपालिका प्लाष्टिक जन्य फोहर बस्तीका बिचमा रहेका खोला, नाला र खोल्सामा फालिरहेको छ ।


धनगढी उप–महानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले धनगढीको फोहर ब्यबस्थापन गर्न वडा नं ७ मा रहेको पटेला एकिकृत फोहर ब्यबस्थापन केन्द्र ( लेन्डफिल) बनाउन टेन्डर भएको भएपनि फाईल बन मन्त्रालयमा गएर रोकिदा काम अगाडी बढ्न नसकेको बताए ।
यस्तो छ , एकिकृत फोहर ब्यबस्थापन केन्द्रको नालिबेली ः
क्षेत्रीय शहरी विकास आयोजनाको सहयोगमा धनगढी उप–महानगरपालिका वडा नं २ मोहना नदी किनारमा एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माणको प्रकृया अन्तीम चरणमा पुगेको थियो । जग्गाको मुआब्जा समेत बुझ्ने तयारीमा जग्गाधनीहरु थिए ।


एकिकृत फोहर ब्यबस्थापन केन्द्र वडा नं २ मा निर्माण हुने भएपनि वाटो वडा नं १ भएर जाने भएपछि त्यसको बिरोध वडा नं १ बाट भयो । स्थानीयलाई एकिकृत फोहर ब्यबस्थापन केन्द्रको बारेमा बुझाउन, तत्कालिन नगरप्रमुख नृपबहादुर वडले निकै मेहनत गरेका थिए । स्थानीयलाई एकिकृत फोहर ब्यबस्थापन केन्द्र बनेका ठाउँमा अवलोकन भ्रमण समेत गराएका थिए । जे गर्दा पनि वडा नं २ मा एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माण हुन सकेन । आफुलाई असफल देखाउन एक दुई जना ब्यक्तिले स्थानीयमा भ्रम फैलाएको र आफ्नो नजिकको मिडिया प्रयोग गरेर निर्माण हुन नदिने वातावरण बनाएको स्वयं पूर्व नगरप्रमुख वडले बताउदै आएका थिए ।


एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माण नहुदा त्यसको प्रभाव क्षेत्रीय सहरी विकास आयोजनामा पर्ने हुदा तत्कालीन नगरप्रमुख वड निकै दवावमा थिए । त्यसपछि उनले वडा नं १० घुईयाघाटको पछाडीको क्षेत्रमा जग्गा हेरेका थिए ।


त्यहाँ पनि हुन नसके पछि वडा नं ७ पटेलामा एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माणको प्रयास गरिएको पूर्व नगरप्रमुख वड बताउँछन् । तत्कालीन वडा नं ७ का वडा अध्यक्ष सिताराम राना, वडा नं ७ का वडा सदस्यहरु, डिभिजनल इन्जिनियर डिजराज भट्ट लगायतका ब्ययक्तिको निरन्तरको प्रयास पछि एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माण गर्न दिन पटेलाबासी सहमत भएको तत्कालिन नगरप्रमुख वड बताउँछन् । त्यसपछि वातावरणिय प्रभाव अध्ययन गरेर टेन्डर प्रकृयाको तयारी गर्दैगर्दा कार्यकाल सकिएको वड बताउँछन् ।
अहिले वडा नं ७ मा रहेको पटेलामा एकिकृत फोहर ब्यबस्थापन केन्द्र ( लेन्डफिल) बनाउन टेन्डर भएको भएपनि फाईल बन मन्त्रालयमा गएर रोकिदा काम अगाडी बढ्न सकेको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कानुन मन्त्री जाेशिले सन्चारकर्मी संग शुभकामना आदानप्रदान

जमुना न्युरेधनगढी/सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सञ्चारकर्मीहरुसंग हिन्दुहरुको महान पर्व दशैंतिहारको अवसरमा शुभकामना आदानप्रदान गरेकी छिन ।आफनै कार्यकक्षमा विभिन्न सञ्चारमाध्यममा कार्यरत

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा उद्योगका नाममा रहेका जग्गाको अध्ययन प्रतिवेदन सार्बजानिक

टीकापुर/टीकापुर नगर विकासस मितिको २०५४ साल कार्तिक ११ गते  समितिका अध्यक्ष नैन बहादुर स्वारको अध्यक्षतामा बसेको बोर्ड बैठकले गरेको निर्णयअनुसार औद्योगिक क्षेत्रका लागि पलानिङ गरी 

अझै पढ्नुहोस्
समाचार

हमाललाई पूर्णानन्द जोशी राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रदान

धनगढी/कैलाली जिल्ला धनगढीको चर्चित विद्यालय स्टेपिङ स्टोन इङ्लिस स्कूलका संस्थापक तथा प्रिन्सीपल रामजी हमाललाई पूर्णानन्द जोशी राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रदान गरिएको छ। कैलाली जनपुस्तकालय

अझै पढ्नुहोस्
समाचार

प्रतिभा सामुदायिक पुस्तकालयको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रतिभा सामुदायिक पुस्तकालय गोदावरी-१,अत्तरिया,कैलालीको आयोजनामा नयाँ बर्ष २०८१ को अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सुदुर पश्चिम् प्रदेश सभा सदस्य

अझै पढ्नुहोस्