धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने

शेयेर गर्नुहोस

धनगढी/यसपाली पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। धनगढी जेसीजको आयोजनामा अब धनगढी दौडिन्छ भन्ने नाराका साथ विगत दश बर्षदेखि हुदै आएको धनगढी हाफ म्याराथन यसपाली पनि आयोजना गर्न लागिएको हो।

प्रतियोगिताको तयारी सुरु गरिएको आयोजकले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। धनगढी जेसीजले २०७१ साल देखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ।

२०७७ सालमा कोरोनाका कारण उसले प्रतियोगिताको आयोजना गर्न नसकेपछि २०७१ साल देखि प्रतियोगिता गर्दै आएको आयोजक धनगढी जेसीजले जनाएको छ। म्याराथन चार वटा विधामा हुनेछ। २१ दसमलव १ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिए।

२०८१ को बैशाख १ गते धनगढी रंगशालाबाट सुरु हुने हाफ म्याराथनमा आयोजकले ४ हजार प्रतियोगीहरुको सहभागिता रहने अनुमान गरेको छ। जेसीजले युवाहरुको ब्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि हरेक वर्ष यस प्रतियोगताको आयोजना गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण: मन्त्री भण्डारी

उधोग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नका लागि श्रमाधान मेलाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीद्धारा ६ देखि १० गते सम्म नेपाल बन्दको घोषणा

टीकापुर/नागरिक उन्मुक्ति पार्टीले आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति

अझै पढ्नुहोस्
समाचार

ठेकेदारको कारण जनप्रतिनिधि कुटिने अवस्था छ :नगरप्रमुख रावत

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका प्रमुख खडक बहादुर रावलले ठेकेदारका कारण जनप्रतिनिधि कुटिने अवस्था सिर्जना भएको बताएका छन् । शनिबार घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा भएको

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

नगर प्रमुख रावलद्वारा झुंगा शहरी स्वास्थ्य चाैकीकाे उद्घाटन

टीकापुर/ टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले नव निर्माण शहरी स्वास्थ्य चाैकीकाे उद्घाटन गर्नुभएको छ ।नगर प्रमुख रावलले एक कार्यक्रमका विच टीकापुर नगरपालिका वडा

अझै पढ्नुहोस्