दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्कियोस् :प्रदेश प्रमुख मियाँ

शेयेर गर्नुहोस

दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्कियोस् :प्रदेश प्रमुख मियाँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले सङ्घर्ष र बलिदानको प्रतिफल स्वरूपले नेपालमा संविधान जारी भएको स्मरण गरेका छन् ।


‘नेपाली जनताले पटक पटक गर्दै आएको सङ्घर्ष र बलिदानको प्रतिफल स्वरूप ऐतिहासिक संविधानसभा मार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप आज हामी संविधान दिवस मनाइरहेका छौँ’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।


‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ’ उनको विज्ञप्तिमा भनिएको छ, ‘आजको यस ऐतिहासिक दिवसले यस प्रदेशमा पनि दिगो शान्ति सुशासन र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

१५ औं महाधिवेशनमा सभापति जित्ने कोइरालाको उद्घोष

 धनगढी । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले १५ औ महाधिवेशनमा पनि आफु चुनाव लडेने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको

अझै पढ्नुहोस्
समाचार

सीमान्तकृत समुदायको जिविकोपार्जनमा प्रभाव पार्ने सवालहरुमा सामुदायिक संवाद कार्यक्रम सम्पन्न

सीमान्तकृत समुदायको जिविकोपार्जनमा प्रभाव पार्ने नीतिगत,समाजिक तथा वातावरणीय सवालहरुमा सामुदायिक संवाद कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिकामा सम्पन्न भएको छ । युन एन डी पि को सहयोगमा

अझै पढ्नुहोस्
समाचार

राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवस मनाइयो

धनगढी,१३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवसको अवसरमा धनगढीमा एक कार्यक्रम गरी मनाईएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य मन्त्री माननिय

अझै पढ्नुहोस्
समाचार

सडक क्षेत्रका संरचना भत्काउन डाेजर डोकेबजार

जमुना न्युरे,सुखड/ कैलालीको घोडाघोडी नगरपालिकामा  पनि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ । नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको हो

अझै पढ्नुहोस्