तपाईं लगानीका लागी तयार हुनुस, वातावरण हामी बनाउन्छौ: मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकार प्रदेशको समृद्धिका लागि लगानीमैत्री वातावरण  निर्माणमा लागेकोले ढुक्क भएर लगानी गर्न आग्रह गर्नु भएको छ ।


मंगलबार काठमाडौमा नेपाल पश्मिना उद्योगसँगको छलफल तथा अन्तरक्रियामा उहाँले सो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री शाहले ‘‘सुदूरपश्चिममा लागानीको पर्याप्त सम्भावना रहेकोको बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री शाहले ‘सुदूरपश्चिममा पर्याप्त ऊनको सम्भावना छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हजारौँ भेडा च्यांग्राहरु पालन भइरहेका छन्, हामी अब त्यसको व्यवसायलाई प्रवर्द्धन गर्न गइरहेका छौँ ।


ऊनको गुणस्तर वृद्धि गरेर अन्तर्राष्ट्रिय बजारमा सुदूरपश्चिमको गलैचा पुर्याउने लक्ष्य रहेको बताउँदै व्यवसायीहरुलाई भन्नुभयो, ‘हामी प्रवर्द्धनमा लागिरहेका छौँ, तपाईँहरू लगानी गर्नुहोस् ।’
नागरिकको समेत सहभागितामा उद्योग व्यवसायलाई अगाडि बढाउने नीति सरकारले लिएको भन्दै मुख्यमन्त्री शाहले  साझा सुविधा केन्द्र स्थापनामा समेत चासो राखिएको उल्लेख गर्नुभयो । ‘पीपीपी मोडलमा हामी अगाडि बढ्छौँ । साझा सुविधा केन्द्र स्थापनाको लागि पनि पहल सुरु गर्छौँ,’मुख्यमन्त्री शाहले भन्नुभयो ।


साझा सुविधा केन्द्रबाट इन्स्योरेन्स, औषधिको व्यवस्था, नस्ल सुधार लगायतको सेवा दिँदै पशुपालक किसानहरुलाई सहज बनाउने प्रदेश सरकारको नीति रहेको उहाँले बताउनुभयो ।
पूर्व आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले सुदूरपश्चिममा भेडा पालनबाट ठूलो आम्दानी सिर्जना गर्न सकिने’बताउनुभयो । ‘हिमाली गाउँपालिका, स्वामिकार्तिक गाउँपालिकामा त्यसको प्रयास पनि भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकार लागिरहेको छ, हामी त्यहीबाट समृद्धिको सम्भावना देखिरहेका छौँ । रानिसैन र स्वामिकार्तिकमा भेडा बैंक स्थापना गर्ने लक्ष्य रहेको छ ।’


नेपाल पस्मिना इन्डस्ट्रिज एसोसियसका अध्यक्ष धन प्रसाद लामिछानेले कार्यपत्र प्रस्तुत गर्दै व्यवसायीक पशुपालकका लागि तालिम, साझा सुविधा केन्द्र लगायतको आवश्यकता रहेको टिप्पणी गर्नुभयो ।
गलैचा उत्पादक संघका बलराम गुरुङले कच्चा पदार्थ तिब्बत र न्युजिल्यान्डबाट ल्याउनु परेको बाध्यता सुनाउँदै अब तत्काल सुदूरपश्चिममा लगानी गर्न तयार रहेको बताउनुभयो । ‘५÷६ अर्ब हामीले कच्चा पदार्थका लागि खर्च गरिरहेका छौँ, सुदूरपश्चिम र कर्णालीमा हामी लगानी गर्न तयार छौँ । सरकारले त्यसको वातावरण तयार गरिदिनुपर्छ,’उहाँले भन्नुभयो ।


छुर्पी सङ्का अध्यक्ष रेशम पोखरेलले नागरिकहरू सचेत हुन आवश्यक रहेको बताउनुभयो । ‘हिमाली भेगमा चौरी पालन गर्न सक्छौँ, सुदूरपश्चिममा सम्भावना छ । गाई मात्र होइन, अब चौरीपालनको पनि थालनी गर्नु पर्छ,’ उहाँले भन्नुभयो ।
गलैचा उद्योगी नरेश श्रेष्ठले गाई र भेडामार्फत न्युजिल्यान्ड सम्पन्न भएको उदाहरण दिँदै सुदूरपश्चिमलाई पनि सम्पन्न बनाउन धेरै समय नलाग्ने बताउनुभयो । ‘जग्गा र लगानीमा सरकारले सहजता पैदा गर्दा थुप्रै लगानीकर्ता सुदूरपश्चिम आउन चाहिरहेका छन्,’उहाँले भन्नुभयो ।


व्यवसायी रबिन्कान्त पन्तले ‘‘मासुको बजार ठूलो छ भन्दै त्यसबाट पनि प्रदेशलाई समृद्ध बनाउन सकिने बताउनु भयो । ‘सुदूरपश्चिममा छुर्पीले मूल्य पाईरहेको छैन, भएको सम्भावनालाई सुरु गर्नु पर्छ । त्यसपछि सुधार गर्दै जानुपर्छ । नीतिगत समस्या हल गर्नुपर्छ, यसरी प्रदेशलाई समृद्ध बनाउन सकिन्छ,’ पन्तले सुझाव दिनुभयो ।


सुदूरपश्चिम प्रदेश सरकारले आगामी मंसिर १ र २ गते धनगढीमा विकास तथा लगानी सम्मेलन गर्दैछ । त्यसको लागि काठमाडौँमा लगानीकर्ताहरूसँग छलफल भइरहेको छ ।


छलफलमा मुख्यमन्त्री शाहसहित आर्थिक मामिला मन्त्री बहादुर थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का उपस्थित छन् । प्रदेश सभामा सहभागी सबै दलको तर्फबाट प्रतिनिधिहरू लगानी सम्मेलनको लागि काठमाडौँमा भइरहेको छलफलमा सहभागी छन् । एमालेबाट चक्र मल्ल, माओवादी केन्द्रबाट शिवसिंह ओली, नेकपा एकीकृत समाजवादीबाट नरेश बहादुर र नागरिक उन्मुक्ति पार्टीबाट टिका थापा छलफलमा छन् ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। जीवन राना, सदस्यद्वय नृप सुनार र शेरबहादुर भण्डारी तथा परियोजना विज्ञ दिलिप भट्ट पनि छलफलमा सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Winbeatz Game Mechanics and Probability Analysis

Wallacebet – Der Spielautomat mit Unterhaltungspotenzial

Detailed analysis and mellstroy casino strategies for informed gaming decisions

Mikis Glücksrad in Japan Inspiriert

Le Succès de Spin Million sur Machines à Sous

Kasyno na StoneVegas – Gry hazardowe dla każdego gracza

सम्बन्धितखवर

छुटाउनु भयो कि !