डोटीबाट सरकारी पेटारोसहितको टोली बडिमालिका प्रस्थान

शेयेर गर्नुहोस

धनगढी,डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडिमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बडिमालिकाका लागि सरकारी पूजा सामग्री (पेटारो) पठाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विशेष पूजाआजा गरेपछि आज जिल्ला प्रशासन कार्यालयबाट पेटारो बडिमालिकाका लागि निस्केको हो । जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडिमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । सोही पूजाआजाका लागि राणाकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ । पेटारो पैदल १५ दिन लगाएर बडिमालिका पुग्नेछ ।

जिल्ला सदरमुकाम सिलगढीबाट हिँडेको पूजा सामग्रीसहितको सरकारी टोली पहिलो दिन आज साँझ पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बास बस्ने छ । दोस्रो दिन पूर्वीचौकी–५ को धानुकाँडामा बास बस्नेछ । यस्तै, अछामको मार्कु, प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ हुँदै पैदल मार्गबाट बडिमालिका पुग्ने चलन छ ।

पूजा सामग्रीमा दिपायलको भुरुरी (धानको पात) र वैद्यनाथको अक्षता समावेश गरिएको हुन्छ । यो वर्षको पेटारो टोलीको नेतृत्व जिल्ला अनुसन्धान कार्यालयका रेसम अधिकारीले गरेका छन् । पेटारो प्रस्थानका क्रममा सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सलामी दिएको थियो । जिल्ला प्रशासन कार्यालयमा विशेष पूजापछि निस्केको पेटारोसहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिका तिर लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

नि:शुल्क पाइने औषधिसमेत उपलब्ध छैन स्वास्थ्य संस्थामा

जमुना न्युरे, पण्डौन /कैलाली सुगम जिल्लाको रुपमा चिनियता पनि दुई गाउँ पालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट्ट सुन्दा कैलाली जिल्लामा पनि पिउने पानी,

अझै पढ्नुहोस्
समाचार

पुनर्बासमा अजिङ्गर फेला

सुखड/कंचनपुर जिल्लाको पुर्नबास नगरपालिका च गाउँ गाउँ सोम तामाङको खेतबारीमा अजिङ्गर फेला परेको छ । तामाङको खेतबारी फेला परेको अजिङ्गर (Python लम्बाई ३.५ मिटर तौल

अझै पढ्नुहोस्
समाचार

धनुषाको मिथिला बिहारी नगरपालिका १२औँ नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव ०८१ सम्पन्न

धनगढि/धनुषाको मिथिला बिहारी नगरपालिका–२ र ३ मा १२औँ नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव ०८१ सम्पन्न भएको छ । २५ र २६ माघ दुई दिन

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी जेसिजको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा दीपक चन्द 

सुखड/घोडाघोडी जेसिजको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आगामी वर्ष २०२४ का लागि दीपक बहादुर चन्द लाई अध्यक्षमा चयन गर्दै दोस्रो अधिवेशन सम्पन्न भएको हो।

अझै पढ्नुहोस्