डल्फिन देखिन थाले मोहना ,पथरैया , काढाँ र कान्द्रा नदिमा

शेयेर गर्नुहोस


जमुना न्युरे,भजनी/ कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ ढुंगाना टोल को बैदीमा कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन आइपुगेका छन् । कैलालीको मोहना , पथरैया ,काढाँ र कान्द्रा नदीमा डल्फिनको आएका हुन् । 


नदीहरूमा पानीको सतह बढेपछि दुर्लभ जलप्राणी डल्फिन आइपुगेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार असार को दोस्रो साता देखि मोहना , पथरैया ,काढाँ र कान्द्रा नदीमा गरी ८ वटासम्म डल्फिन बच्चा सहित देखा परिरहेका छन् । । टीकापुर नगरपालिका –७ ढुंगाना टोल बैदीस्थित नदीमा यी डल्फिन देखा परिरहेका छन् । 

कर्णाली नदीमा वर्षभरि नै बस्ने डल्फिन मोहना, पथरैया, कान्द्रा, काँढालगायतका सहायक नदीमा भने मनसुन अवधिभरि ३ महिना मात्रै बस्ने गर्छन् । नदीमा पानीको सतह बढेपछि यहाँ बच्चा हुर्काउन डल्फिन आउने गरेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष ढुङ्गानाले जानकारी दिए । बर्षादको समयमा कर्णालिका साहयक नदीहरुमा रमाउने डल्फिनहरू मनसुन बाहिरिएसँगै पानीको गहिराइ खोज्दै तल्लो पुन कर्णाली नदिमै जानेगरेका छन् । 

यी साहयक नदिहरुमा शुद्व पानीमा पाउने भएकाले डल्फिनले प्रजनन केन्द्र रुपमा पनि यी नदिहरुलाइ रोज्ने गरेको ढुंगानाले बताए ।बर्ष भरिमा कुनै चहलपहल नहुने ढुंगाना टोल बैदिमा बर्षातको समयमा मनसुन सुरु भय पछि डल्फिन देखिन थाले पछि यहाँ डल्फिन अवलोकनका लागि आन्तरिक पर्यटन तथा विदेश पर्यटनहरु डल्फिन सङ्ग रमाउन आउने गर्छन् र कैलालीमा यी चार वटा नदिको सङ्गम जहाँ डल्फिनलाई नाङ्गो आखाले अत्यन्त नजिकबाट डल्फिन अवलोकन गर्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

श्रीलंकामा भएको हात्ती आतंककाे स्थलगत निरिक्षण गर्न पुगे टीकापुरका नगर प्रमुख थारु

टीकापुर/ श्रीलंकामा भएको हात्ती आतंककाे स्थलगत निरिक्षण गर्न टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु पुग्नु भएको छ ।बुधबार दिउसाे टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

सत्ति कर्णाली सामुदायिक वनले जेष्ठ नागरिकलाई नि:शुल्क दाउरा वितरण गर्दै

एल बी बुढा,टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित सत्ति कर्णालि सामुदायिक बनले जेष्ठ नागरिकहरुलाइ दाउरा वितरण गरिरहेको छ ।सामुदायिक वनले ७५ वर्ष भन्दा

अझै पढ्नुहोस्
समाचार

नेसनल प्याब्सन कैलालीको नवौँ जिल्ला अधिवेशन भोलि हुने

धनगढी । कैलालीमा नेसनल प्याब्सन कैलालीको नवौँ अधिवेश्न हुने भएको छ । गोदावरी नगरपालीका वडा नम्बर ४ स्थित ग्रीन गोदवारी रिसोर्टमा भोली शनिबार नेसनल प्याब्सन

अझै पढ्नुहोस्
समाचार

घाेडाघाेडि नगरपालिकामा पासोमा पारेर चितुवा मारियो

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा चितुवालाई पासो परेर मारिएकाे छ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका को वडा न १० झिरौखा गाउमा ठुलाे बइस्क चितुवालाई पासो

अझै पढ्नुहोस्