ठेकेदारको कारण जनप्रतिनिधि कुटिने अवस्था छ :नगरप्रमुख रावत

शेयेर गर्नुहोस

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका प्रमुख खडक बहादुर रावलले ठेकेदारका कारण जनप्रतिनिधि कुटिने अवस्था सिर्जना भएको बताएका छन् ।

शनिबार घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा भएको ‘विकासका क्षेत्रहरूको पहिचान: स्थानीय निकायको नीतिनिर्माण तथा कार्यान्वयन र उच्च शिक्षा प्रदायक संस्थाको क्षमता अभिवृद्धि सम्बन्धी गोष्ठी’ मा बोल्दै नगर प्रमुख रावतले सो कुरा बताएका हुन् । उनले पछिल्लो समय जनप्रतिनिधिहरूले काम नगरेको भन्दै चर्को आलोचना हुने तथा गाली खानु पर्ने अवस्था ठेकेदारका कारण सिर्जना भएको बताएका हुन ।

नगर प्रमुख रावतले भने, ‘ जनप्रतिनिधिले योजना निर्माण गर्छन, बजेट विनियोजन गर्छन । त्यसपछि कार्यान्वयनका लागि टेन्डर प्रक्रियाबाट अगाडि बढाइन्छ । जब टेन्डर पर्छ त्यसपछि ठेकेदार बेपत्ता हुन्छन् अनि जनप्रतिनिधिले केही गर्न सकेन, वडा अध्यक्ष, उपमेयर, मेयर, माननीयले केही गरिदिएन भनी हामी माथि धारे हात लगाउने अवस्था सिर्जना भएको छ । यदि यही अवस्था रह्यो भने टोलटोलमा जनप्रतिनिधि कुटिने अवस्था छ ।’

कार्यक्रममा उपस्थित राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयालको ध्यानाकर्षण गराउँदै रावतले टेन्डर प्रक्रियालाई सुधार गर्न र ठेकेदारले समयमै काम गर्ने वातावरण बनाउनतर्फ राष्ट्रिय योजना आयोग लाग्नु पर्ने बताएका छन् । साथै उनले चुरेभावर क्षेत्र चिराचिरा परिसकेकाले यसको संरक्षण गरि पर्यटक भित्र्याउन कुरामा समेत राष्ट्रिय योजना आयोगका सदस्य फुँयालको ध्यानाकर्षण गराएका थिए । यसका साथै उनले घोडाघोडी नगरपालिकामा निर्माणाधीन नगर अस्पताल अलपत्र छाडी ठेकेदार बेपत्ता भएको र आर्थिक अभावका कारण पनि अस्पताल निर्माण हुन नसकेको बताएका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश निती तथा योजना आयोगका सदस्य दिपिका भट्ट, घोडाघोडी नगरपालिकाका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधिहरू र घोडाघोडी बहुमुखी क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अध्यक्ष बनाइदिने भन्दै स्वकीयले मागे २० लाख

धनगढी / खप्तड पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिको अध्यक्ष नियुक्तिका लागि २० लाख रुपैयाँ लेनदेनको मोलमोलाइ भइरहेको खुलेको छ । समितिका वर्तमान पदाधिकारीको अवधि सकिनै

अझै पढ्नुहोस्
समाचार

टीकापुर विकास समितिकाे जग्गा काण्ड अख्तियारले विशेष अदालतमा मुद्दा पेश

टीकापुर /टीकापुर विकास समितिकाे जग्गा काण्डकाे फायल अख्तियारले विशेष अदालतमा मुद्दा पेश गरेकाे छ ।टीकापुरमा अनियमित रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

अझै पढ्नुहोस्
समाचार

३ दिने बेमौसमी तरकारी खेती तालिम सुखडमा सुरु

सुखड/घोडाघोडी नगरपालिका वडा १ सुखडमा आज देखि तिनदिने बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ ।निर्धन उत्थान लघुवित्त बितिय सस्थां लिमिटेड साखा कार्यलयले सुखडले आफ्ना

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा मानव अधिकारमुखी पद्धति विषयक अभिमुखीकरण कार्यशाला सम्पन्न

टीकापुर/स्थानीय सरकारका लागि मानव अधिकारमुखी पद्धति विषयक अभिमुखीकरण कार्यशाला मंगलबार टीकापुर सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयाेगका सुदुरपश्चिम प्रदेश अध्यक्ष हरि प्रसाद ज्ञवालीकाे

अझै पढ्नुहोस्