टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।
मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मनिकापुरमा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सुरु गरिएको हाे ।

केन्द्रीय सदस्य वलविर थारुकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य दामोदर पन्डित, केन्द्रीय सदस्य रामलाल डगाैरा थारु, केन्द्रीय सदस्य लक्ष्मण किशाेर चाैधरी, केन्द्रीय सदस्य रमेश वि.क. लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

फूलराम चौधरीकाे संयाेजकत्वमा ५१ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा नरैना चाैधरी, काेषाध्यक्षमा उषा कुमारी चाैधरी, सचिवमा नेत्र चाैधरी र सह-सचिवमा मायाराम चाैधरी चयन हुनुभएको छ । कार्यक्रम संचालन केन्द्रीय सदस्य लालविर चाैधरीले गर्नुभएको थियाे ।

माननीय रेशमलाल चाैधरीकाे धर्मपत्नी रन्जिता श्रेष्ठ चाैधरीकाे नेतृत्वमा नयाँ दल दर्ता भए संगै कैलाली लगायतका विभिन्न जिल्लामा नागरिक उन्मुक्ति पार्टीको तिव्ररुपमा संगठन विस्तार भइरहेको छ । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टी दर्ता भए संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सिमा संचार कर्मी समुहकाे सिमानामा दशै मिलन तथा भेटघाट कार्यक्रम

टीकापुर/ सिमा संचार कर्मी समूह कैलालीले सिमा क्षेत्रमा दशै मिलन तथा भेटघाट कार्यक्रम गरेकाे छ । सिमा संचार कर्मी समुहका अध्यक्ष तथा यश सत्ती कर्णाली

अझै पढ्नुहोस्
राजनीति

रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टी १९ गते बाजागाजा र सांस्कृतिक झाँकी सहित दर्ता गरिदै

एल बी बुढाटीकापुर/सांसद रेशम लाल चाैधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टी १९ गते बाजागाजा र सांस्कृतिक झाँकी सहित दर्ता गरिने भएको छ । बाजागाजा र

अझै पढ्नुहोस्
समाचार

डल्फिन संरक्षण क्षेत्रमा १६ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो

२२ भाद्र, कैलाली जिल्लाको दक्षिणपुर्बी क्षेत्र टिकापुर नगरपालिका र भजनी नगरपालिकामा १६ औं अन्तरास्ट्रिय गिद्द सचेतना दिवस मनाइएको छ। डल्फिन,जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल

अझै पढ्नुहोस्
समाचार

परियोजना निर्माण स्थलको अनुगमन गरे मुख्यमन्त्रीको टोलिले

धनगढी/सुदुरपश्चिम प्रदेशमा ७५० मेघा बिजुली उत्पादन हुने पश्चिमसेती जलविद्युत परियोजना निर्माण स्थलको सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमलबहादुर शाह सहित प्रदेश सभा सदस्य माननीय बिक्रम

अझै पढ्नुहोस्