टीकापुर हत्या काण्डका आराेपित ८ जनाको नाम प्रहरीद्वारा सार्वजनिक

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुरमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का भुपेन्द्र बडुवालको खुकुरी प्रहार गरि हत्या गरिएको आराेपमा समातिएका ८ जनाकाे नाम प्रहरीले सार्वजनिक गरेकाे छ ।

प्रहरी प्रधान कार्यालयले आफ्नो दैनिक समाचार बुलेटीनमा अभियुक्त ८ जनाको नाम सार्वजनिक गरेको छ। पक्राउ परि नाम सार्वजनिक गरेकामा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टिकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन् ।

भुपेन्द्र बडुवालको खुकुरी प्रहार गरि हत्या गरिएको बिराेधमा आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध समेत गरिएको छ । बडुवालको मृत्युपछि उनका आफन्तले बुधबार बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक गणेशसिंह नागरीले बताउनुभयाे ।

करिव ९ वजेतिर सिद्धार्थ होटेल नजिकै चक्कु प्रहारबाट २३ वर्षीय भुपेन्द्र बडुृवालको करिव ४/५ जनाको संख्यामा रहेको जत्थाद्वारा हत्या, बडुवालको पेट र छातिमा चक्कु प्रहार गरिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी तालमा सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे,सुखड/देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

अझै पढ्नुहोस्
समाचार

लागू औषध खैरो हेरोईन सहित प्रहरीद्वारा दुई युवक पक्राउ

टीकापुर/कैलालीकाे टीकापुरमा लागू औषध खैरो हेरोईन सहित दुइ युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५

अझै पढ्नुहोस्
राजनीति

राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तीलाई आग्रह

जमुना न्युरे,धनगढी /राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नागरिक उन्मुक्ति पार्टीलाई सत्ता गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउनमा सहयोग गर्न आग्रह गरिएको छ । आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन

अझै पढ्नुहोस्
समाचार

लागूऔषध दुर्व्यसनविरुद्धको बृहत पैदलयात्रा धनगढीमा सम्पन्न

धनगढी/कैलालीको धनगढीमा लागूऔषध दुर्व्यसनविरुद्धको बृहत पैदलयात्रा धनगढीमा सम्पन्न भएको छ।धनगढी चौराहा हुँदै पार्कमोडसम्म नेपाल विद्यार्थी संघ धनगढी उपमहानगर कार्यसमितिको आयोजनामा बृहत पैदलयात्रा गरिएको नेविसंघ धनगढी

अझै पढ्नुहोस्