टीकापुर वन संरक्षण समितिकाे बार्षिक साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस

अप्सरा बुढा,
टीकापुर/ टीकापुर वन संरक्षण समितिकाे बार्षिक साधारणसभा सम्पन्न भएको छ।
शनिबार टीकापुर नगरपालिका वडा नं. ५ स्थित टीकापुर वन संरक्षण समितिकाे १० ओै बार्षिक साधारणसभा सम्पन्न भएको हाे ।

वन संरक्षण समितिका अध्यक्ष नैन सिंह ठकुल्लाकाे अध्यक्षतामा भएको बार्षिक साधारणसभामा जिल्ला समुन्वय समितिका सदस्य लल्ते साउंद प्रमुख अतिथि रहनु भएको थियाे ।
वन संरक्षण समितिका उपाध्यक्ष गाेपाल थापाकाे स्वागत मन्तव्य संगै सुरु भएको वार्षिक साधारणसभामा वन संरक्षण समितिका काेषाध्य दिपा सिंहले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे ।

संरक्षण समितिकाे वार्षिकोत्सबमा आर्थिक वर्ष २०७७/०७८ मा ५ लाख ४३ हजार वरावरकाे आय व्यय प्रस्तुत गरिएको थियाे । वन संरक्षण समितिले गत आर्थिक वर्षमा ३ लाख ४५ हजार २८७ रुपैयाँ नाफा कमाउन सफल भएको जनाएको छ ।

वार्षिक साधारणसभामा युवा नेता तथा एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष झपट बहादुर बुढा, युवा नेता तथा समाजसेवी भुपेन्द्र साउंद, समाजसेवी माेतिराम भण्डारी, देवसरा ऐर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे । कार्यक्रम संचालन वन संरक्षण समितिका सचिव लाल बहादुर साउंदले गर्नु भएको थियाे ।

वन हाल टीकापुर नगरपालिकाकाे माथवतमा रहेकाे छ । टीकापुर वन संरक्षण समितिमा हाल ६ सय ४२ जना उपभोक्ता हरु सदस्य रहेका छन् । वन संरक्षण समितिकाे माथवतमा रहेकाे वन हाल करिव १३८ विगाह जमिनमा रहेको छ । यस अघि १८५ विगाह जमिन रहेको थियाे । टीकापुर नगरपालिकाले २५ विगाह जमिन पाेलिटेक्निकललाई र २२ विगाह जमिन खेलकुदलाई दिएको थियाे ।

टीकापुर वन संरक्षण समितिले उपभोक्ता समितिलाई घाँस दाउरा मात्र उपलब्ध नगराइ सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

ताजा खबर

Casoola No Deposit Bonus Vervalregels

WinPlace Mobile Performance-Tipps

Winbeast Pre-Match vs Live Betting

Recognizing the Period of an ESA Letter

PayPal az Energy Casinónál: Előnyök, Hátrányok és Alternatívák

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा कञ्चनपुरका विपिन जोशीको रिहाइका कतार सरकारसँग आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत

अझै पढ्नुहोस्