टीकापुर वन संरक्षण समितिकाे बार्षिक साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस

अप्सरा बुढा,
टीकापुर/ टीकापुर वन संरक्षण समितिकाे बार्षिक साधारणसभा सम्पन्न भएको छ।
शनिबार टीकापुर नगरपालिका वडा नं. ५ स्थित टीकापुर वन संरक्षण समितिकाे १० ओै बार्षिक साधारणसभा सम्पन्न भएको हाे ।

वन संरक्षण समितिका अध्यक्ष नैन सिंह ठकुल्लाकाे अध्यक्षतामा भएको बार्षिक साधारणसभामा जिल्ला समुन्वय समितिका सदस्य लल्ते साउंद प्रमुख अतिथि रहनु भएको थियाे ।
वन संरक्षण समितिका उपाध्यक्ष गाेपाल थापाकाे स्वागत मन्तव्य संगै सुरु भएको वार्षिक साधारणसभामा वन संरक्षण समितिका काेषाध्य दिपा सिंहले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे ।

संरक्षण समितिकाे वार्षिकोत्सबमा आर्थिक वर्ष २०७७/०७८ मा ५ लाख ४३ हजार वरावरकाे आय व्यय प्रस्तुत गरिएको थियाे । वन संरक्षण समितिले गत आर्थिक वर्षमा ३ लाख ४५ हजार २८७ रुपैयाँ नाफा कमाउन सफल भएको जनाएको छ ।

वार्षिक साधारणसभामा युवा नेता तथा एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष झपट बहादुर बुढा, युवा नेता तथा समाजसेवी भुपेन्द्र साउंद, समाजसेवी माेतिराम भण्डारी, देवसरा ऐर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे । कार्यक्रम संचालन वन संरक्षण समितिका सचिव लाल बहादुर साउंदले गर्नु भएको थियाे ।

वन हाल टीकापुर नगरपालिकाकाे माथवतमा रहेकाे छ । टीकापुर वन संरक्षण समितिमा हाल ६ सय ४२ जना उपभोक्ता हरु सदस्य रहेका छन् । वन संरक्षण समितिकाे माथवतमा रहेकाे वन हाल करिव १३८ विगाह जमिनमा रहेको छ । यस अघि १८५ विगाह जमिन रहेको थियाे । टीकापुर नगरपालिकाले २५ विगाह जमिन पाेलिटेक्निकललाई र २२ विगाह जमिन खेलकुदलाई दिएको थियाे ।

टीकापुर वन संरक्षण समितिले उपभोक्ता समितिलाई घाँस दाउरा मात्र उपलब्ध नगराइ सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

ताजा खबर

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सडक क्षेत्रका संरचना भत्काउन डाेजर डोकेबजार

जमुना न्युरे,सुखड/ कैलालीको घोडाघोडी नगरपालिकामा  पनि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ । नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको हो

अझै पढ्नुहोस्
समाचार

नेपाल साँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश स्तरीय जिल्ला सभापतिहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम सुरु

जमुना न्युरे , धनगढी /नेपाल साँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश स्तरीय जिल्ला सभापतिहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम आज देखि धनगढीमा सुरु भएको छ । नेपाली काँग्रेस

अझै पढ्नुहोस्