टीकापुर नगरपालिकाले दुई महिनामा १ करोड ३९ लाख राजश्व संकलन

शेयेर गर्नुहोस


टीकापुर नगरपालिकाले दुई महिनामा १ करोड ३९ लाख भन्दा बढी आन्तरीक राजश्व संकलन गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को दुई महिनामा एक करोड ३९ लाख २ हजार ८९५ रुपैयां आन्तरीक राजश्व संकलन गरेको राजश्व शाखाले जनाएको हो ।
टीकापुर नगरपालिकाले यस चालु आर्थिक वर्षमा छ करोड दश लाख आन्तरीक राजश्व संकलन गर्ने लक्ष्य लिएको राजश्व शाखा प्रमुख दिला जोशी रेग्मीले जानकारी दिनु भएको छ । उहांले यस आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन हुने बताउनुभयो । उहांले अघिल्लो आर्थिक वर्षमा कोभिड १९ को महामारीका कारण लक्ष्य अनुसार राजश्व संकलन नभएको बताउनुभयो ।

उहांले भन्नुभयो– यस चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नगरपालिको केन्द्रबाट ५५ लाख ३१ हजार २४५ रुपैयां राजश्व संकलन भएको जानकारी दिनुभएको छ भने विभिन्न ९ वटा वडा कार्यालयबाट ८३ लाख ७१ हजार ६५० रुपैयां संकलन भएको बताउनुभयो । वडा नं. १ को कार्यालयबाट ४९ लाख ९० हजार २०७ रुपैयां, २ नं. वडा कार्यालयले ६ लाख ६२ हजार २९० रुपैयां, ३ नं. वडा कार्यालयले ५ लाख ९७ हजार १३३ रुपैयां, ४ नं. वडा कार्यालयले ४ लाख ९४ हजार ११९ रुपैयां र ५ नं. वडा कार्यालयले ४ लाख २४ हजार ५३१ रुपैयां आन्तरीक राजश्व संकलन गरेको छ । त्यसै गरि ६ नं. वडा कार्यालयले २ लाख ७९ हजार ६१० रुपैयां, ७ नं. वडा कार्यालयले ४ लाख ६९ हजार ४० रुपैयां, ८ नं. वडा कार्यालयले सबै भन्दा कम २ लाख १४ हजार ६४३ र ९ नं. वडा कार्यालयले २ लाख४० हजार ७२ रुपैयां आन्तरीक राजश्व संकलन गरेको जनाएको छ ।


नगरपालिकाले सम्पति कर, व्यवसाय रजिष्ट्रेशन कर, घर बहाल कर, सिफारिस दस्तुर र अन्य दस्तुर लगायत १३ वटा शिर्षकमा राजश्व संकलन गदै आएको छ । नगरपालिकाले अघिल्लो आर्थिक वर्षबाट सबै वडा कार्यालयबाटै सम्पुर्ण राजश्व अनलाईनको माध्यामबाट लिने गरेको छ । अनलाईन माध्यामबाट वडा कार्यालयबाटै राजश्व लिन थालेपछि स्थानिय खुसि भएका छन भने राजश्व चुहावट समेत रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाघ आक्रमण : परिवारै विचल्ली

जमुना न्युरे,धनगढी /कञ्चनपुरको पुनर्वास नगरपालिका वडा न १० को भीमबस्तीस्थित मदन टोलकी ३७ वार्षिया कलसा देवी सार्की बिहानको खाजा खाएर बाख्राका लागि घाँस लिन भारतको

अझै पढ्नुहोस्
समाचार

सत्तीमा युवा संजालद्वारा दशै मिलन तथा सास्कुतिक कार्यक्रम

टीकापुर/ टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित युवा संजालकाे आयाेजनामा दशै मिलन तथा सास्कुतिक र चिठ्ठा कार्यक्रम सम्पन्न गरेको छ ।आइतबार सत्तीमा टीकापुर नगरपालिकाकाे

अझै पढ्नुहोस्
राजनीति

रेशम चाैधरीकाे नेपाल समाजवादी पार्टी दर्ताको अन्तिम चरणमा

टीकापुर/ सांसद रेशम लाल चाैधरीको नयाँ दल नेपाल समाजवादी पार्टी दर्ताको अन्तिम चरणमा रहेकाे छ । सांसद रेशम लाल चाैधरीकी धर्मपत्नी रन्जिता श्रेष्ठ चाैधरीकाे संयाेजकत्वमा

अझै पढ्नुहोस्
समाचार

प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ प्रदेश अध्यक्षमा महेन्द्र खडका

जमुना न्युरे/प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा महेन्द्र खडका सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । शनिबार भएकाे संघकाे साधारण सभाबाट खडका नेतृत्वमा प्रदेश कार्यसमिति

अझै पढ्नुहोस्