टीकापुर नगरपालिकाले दुई महिनामा १ करोड ३९ लाख राजश्व संकलन

शेयेर गर्नुहोस


टीकापुर नगरपालिकाले दुई महिनामा १ करोड ३९ लाख भन्दा बढी आन्तरीक राजश्व संकलन गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को दुई महिनामा एक करोड ३९ लाख २ हजार ८९५ रुपैयां आन्तरीक राजश्व संकलन गरेको राजश्व शाखाले जनाएको हो ।
टीकापुर नगरपालिकाले यस चालु आर्थिक वर्षमा छ करोड दश लाख आन्तरीक राजश्व संकलन गर्ने लक्ष्य लिएको राजश्व शाखा प्रमुख दिला जोशी रेग्मीले जानकारी दिनु भएको छ । उहांले यस आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन हुने बताउनुभयो । उहांले अघिल्लो आर्थिक वर्षमा कोभिड १९ को महामारीका कारण लक्ष्य अनुसार राजश्व संकलन नभएको बताउनुभयो ।

उहांले भन्नुभयो– यस चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नगरपालिको केन्द्रबाट ५५ लाख ३१ हजार २४५ रुपैयां राजश्व संकलन भएको जानकारी दिनुभएको छ भने विभिन्न ९ वटा वडा कार्यालयबाट ८३ लाख ७१ हजार ६५० रुपैयां संकलन भएको बताउनुभयो । वडा नं. १ को कार्यालयबाट ४९ लाख ९० हजार २०७ रुपैयां, २ नं. वडा कार्यालयले ६ लाख ६२ हजार २९० रुपैयां, ३ नं. वडा कार्यालयले ५ लाख ९७ हजार १३३ रुपैयां, ४ नं. वडा कार्यालयले ४ लाख ९४ हजार ११९ रुपैयां र ५ नं. वडा कार्यालयले ४ लाख २४ हजार ५३१ रुपैयां आन्तरीक राजश्व संकलन गरेको छ । त्यसै गरि ६ नं. वडा कार्यालयले २ लाख ७९ हजार ६१० रुपैयां, ७ नं. वडा कार्यालयले ४ लाख ६९ हजार ४० रुपैयां, ८ नं. वडा कार्यालयले सबै भन्दा कम २ लाख १४ हजार ६४३ र ९ नं. वडा कार्यालयले २ लाख४० हजार ७२ रुपैयां आन्तरीक राजश्व संकलन गरेको जनाएको छ ।


नगरपालिकाले सम्पति कर, व्यवसाय रजिष्ट्रेशन कर, घर बहाल कर, सिफारिस दस्तुर र अन्य दस्तुर लगायत १३ वटा शिर्षकमा राजश्व संकलन गदै आएको छ । नगरपालिकाले अघिल्लो आर्थिक वर्षबाट सबै वडा कार्यालयबाटै सम्पुर्ण राजश्व अनलाईनको माध्यामबाट लिने गरेको छ । अनलाईन माध्यामबाट वडा कार्यालयबाटै राजश्व लिन थालेपछि स्थानिय खुसि भएका छन भने राजश्व चुहावट समेत रोकिएको छ ।

ताजा खबर

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

भाेली शनिबार बडघर / भलमन्सा सम्मेलन हुने

टीकापुर/ कैलाली टीकापुर नगरपालिकामा बडघर सम्मेलन हुने भएको छ । भाेलि असाेज २३ गते शनिवार टीकापुरमा वडघर सम्मेलन हुने भएको हाे । टीकापुर नगरपालिका वडा

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि बिश्वासको मत लिने

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि विश्वासको मत लिने तयारी गरेका छन्। हिजो मुख्यमन्त्री निवासमा भएको छलफलपछि भोलि विश्वासको मत लिने गरी तयारी अघि बढाइएको

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा क्वारेन्टाइन कार्यालय पुनः स्थापनाका लागि नगर प्रमुख थारुद्वारा मन्त्रीलाई ज्ञापन पत्र

टीकापुर/ टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले प्लान्ट क्वारेन्टाइन र खाद्य गुणस्तर परिक्षण कार्यालयकाे पुनः स्थापनाका लागि मन्त्रीलाई ज्ञापन पत्र बुझाउनु भएको छ ।बिहीबार

अझै पढ्नुहोस्