टीकापुर नगरपालिकाले जंगली जनावरको आतंक राेक्न गर्याे सराेकारवालाकाे बैठक

शेयेर गर्नुहोस


टीकापुर/ टीकापुर क्षेत्रमा जंगली जनावरले आतंक मच्चाउन थालेकाे भन्दै टीकापुर नगरपालिकाले सराेकारवालाकाे बैठक गरेकाे छ । बुधबार टीकापुर नगरपालिकाले जंगली जनावरको आतंक राेक्न सराेकारवालाकाे बैठक गरेको हाे ।


का.वा. नगर प्रमुख लालविर चाैधरीकाे अध्यक्षतामा बसेकाे बैठकमा डिभिजन वन कार्यालय पहलवानपुरका डिभिजन वन अधिकृत राम विचारी ठाकुर, इलाका प्रशासन प्रमुख भुमेश्वर पाेख्रेल, इलाका प्रहरी प्रमुख विश्वराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत दमनसिं चाैधरी, सव डिभिजन वन कार्यालय प्रमुख भिष्मराज ओझा, वडा अध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेकोे थियाे ।


टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १८ का कोकिला दमाईका २ र शेरबहादुर कुँवरका एक बाख्रा मारिएका छन । कुँवरको एक बाख्रा घाईते भएको छ भने गएराति नै टीकापुर नगरपालिका वडा नं. २ राजीपुरका डिग्रा परियार र नरपता थापाका एकएक बाख्रा समेत घाईते भएका छन । 
आइतवार राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १७ का बिजुसिँह बिट र दुर्गा परियारका खोरमा बाँधेका छ वटा बाख्रा मारेको थियो । प्रहरीका अनुसार उनीहरुका तीनतीन वटा बाख्रा मारिएका थिए । सोही राति टीकापुर नगरपालिका वडा नम्बर ८ सूर्यपुरमा समेत राजु ओलीका १ बाख्रा मृत र १ बाख्रा घाईते अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । 
त्यस्तै सोमवार राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. बी स्थित विक्की विकको खोरमा रहेका दुईवटा बाख्रा मारिएका थिए । विकको घर बजार क्षेत्रबाट नजिकै रहेको छ । 
स्थानीयका अनुसार नजिकैको जंगलबाट आउने बाघले बाख्रा मार्न थालेको छ ।
सराेकारवाला संगकाे बैठकले जंगली जनावरको आंतकबाट बच्न स्थानीयलाई सजकता अपनाउन माइकिङ गर्ने, जंगली जनावरकाे आतंक न्युनिकरण, खाेज तथा उद्वारका लागि वन डिभिजन कार्यालय पहलमानपुरलाइ अनुराेध गर्ने र जंगली जनावरको आक्रमणबाट भएको क्षतिकाे राहतकाे लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेकाे छ ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाढिका कारण हुलाकी राजमार्ग पुर्ण रुपमा अवरुद्ध

टीकापुर/ कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक पुर्णरुपमा अवरुद्ध भएको छ । टीकापुर नगरपालिका वडा नं. ८ बनगाउं स्थित हुलाकि सडक कर्णाली नदिमा आएको

अझै पढ्नुहोस्