टीकापुर नगरपालिकाकाे आयाेजनामा भएको ८ दिने उद्यमशीलता विकास तालिम सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाकाे आयाेजनामा उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।
गरिबी निवारका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तालिम सम्पन्न भएको हाे ।

सीप सिकाै आत्मनिर्भर बनाै भन्ने मुल नाराका साथ गरिएको कार्यक्रममा व्यवसाय शुरु र लैगिकसामाजिक समावेशिकरण सम्बन्धि तालिम दिइएको थियाे ।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुकाे प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रम आर्थिक विकास समितका संयाेजक तथा वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपानेकाे अध्यक्षतामा भएको थियोे । समापन कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमकाे उद्देश्यका वारेमा आर्थिक विकास शाखा प्रमुख नन्द के.सी.ले प्रस्ट पार्नुभएकाे थियाे ।

समापन कार्यक्रममा मेडपाका सहज कर्ता रिमा चाैधरीले संचालन गर्नुभएको थियोे भने सहभागीका तर्फबाट केशव रावल र दिपा चाैधरी लगायतले मन्तब्य राख्नुभएको थियाे । ८ दिन सम्म चलेकाे तालिममा वडा नं. ९ रैनिबाेझिका ३० जना सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री देखि स्थानीय तहका जनप्रतिनिधिले सार्वजनिक गर्दैनन् सम्पत्ति विवरण

शेरबहादुर ऐर,धनगढी / ‘म तलब भत्ता लग्दैन् । भ्रष्टाचार नि गर्दैन’ धनगढी नगर प्रमुख गोपाल हमालको भनाई हो यो । उनी निर्वाचित भएको दुई वर्ष

अझै पढ्नुहोस्
राजनीति

जानकी १ मा नागरिक उन्मुक्ति पार्टीकाे कार्यालय उद्घाटन, ज.स.पा.का सचिवालय सदस्यले पार्टी प्रवेश

जानकी/ जानकी गाउँपालिका वडा नं. १ मा नागरिक उन्मुक्ति पार्टीको कार्यालय उद्घाटन गरिएको छ । बुधबार नागरिक उन्मुक्ति पार्टीको कार्यालय पार्टीका केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठले

अझै पढ्नुहोस्
प्रदेश

सुदूरपश्चिममा मलको चर्को अभाव, किसान आक्रोसित

डोटीः गहुँ छर्ने बेलामा जिल्लामा युरिया मल नपाउँदा किसान आक्रोसित बनेका छन् । असोज अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका किसानको धानखेती बगाएपछि

अझै पढ्नुहोस्
समाचार

भाेली शनिबार बडघर / भलमन्सा सम्मेलन हुने

टीकापुर/ कैलाली टीकापुर नगरपालिकामा बडघर सम्मेलन हुने भएको छ । भाेलि असाेज २३ गते शनिवार टीकापुरमा वडघर सम्मेलन हुने भएको हाे । टीकापुर नगरपालिका वडा

अझै पढ्नुहोस्