टीकापुरमा भूमिहिन र अव्यवस्थितकाे फारम भर्न छुटेकाले फारम भर्न पाउने

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुरमा राष्ट्रिय भूमि प्राप्तिको अभियान अन्तर्गत भूमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीमा यस अघि फारम भर्न छुटेका परिवारले फेरि फारम भर्न पाउने भएका छन् ।

यस अघि भूमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीमा फारम भर्न छुट भएका हुन सक्ने भन्दै टीकापुर नगरपालिकाले सुचना प्रकाशन गर्दै छुट भएका परिवारलाई फारम भर्न आग्रह गरेकाे छ ।

राष्ट्रिय भूमि आयोग र टीकापुर नगरपालिका विच फागुन १२ गते दाेस्राे पटक सम्झौता भइ नगरपालिकाले लालपुर्जा दिन प्रकृया सुरु गरेको हाे । चैत मसान्तसम्म छुटफुट भएकाहरुकाे डाटा संकलन गर्ने नगरपालिकाकाे सुचनामा जानकारी गराएको छ ।

यस अघि फारम भर्न छुटेका भूमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले आ आफ्नो वडा कार्यालयमा गई फारम भर्न पाउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । छुट भएका भूमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुकाे तथ्यांक लिइ सकेपछि डाटा इन्ट्री गर्ने काम गरेने र त्यस लगत्तै पहिलो चरणमा जग्गाको नापनक्सा र निस्सा दिने कार्य गरिने नगर प्रमुख तपेन्द्र बहादुर रावलले सत्ती कर्णाली न्युज डटकमलाइ जानकारी दिनुभयाे । हामीले चुनाब अगाडि नै जग्गा नापनक्सा गरि जग्गाको निस्सा दिई जनताकाे हात हातमा लालपुर्जा दिने साेचमा थियौ तर प्राविधिक समस्यका कारण लालपुर्जा दिन नसकेता पनि जग्गाको निस्सा दिने काम अगाडि बढाउने बताउनुभयो ।

नगर प्रमुख रावलले भूमिहीनको लामो समय देखिको समस्या समाधान हुन लागेको बताउनु भएको छ । ‘विगतका बर्ष देखि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासिहरुले झेल्दै आएका समस्याको समाधान हुने उहाँले बताउनुभयो । चैत महिनामा छुटफुट भएका परिवारकाे डाटा संकलन गरिने र लगत्तै जग्गाको नापनक्सा र निस्सा दिने कार्य गरिने भएको हुँदा लालपूर्जा पाउने कुरामा ढुक्क हुन नगर प्रमुख रावलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नवजीवन सहकारीले कृषी उप आयोजना अन्तर्गतको राइस मिल (प्लान्ट) को पनि उद्घाटन

धनगढी: धनगढी स्थित देशकै अग्रणी सहकारी नवजिवन सहकारी संस्था ३२ औँ बर्षमा प्रवेश गरेको छ । धनगढीमा मुख्य कार्यालय रहेको सहकारी संस्थाले आज एक कार्यक्रमका बिच

अझै पढ्नुहोस्
खेलकुद

स्टेट सेभेन अनलाइनले जित्यो गौरीशंकर डेन्टल चौंथो एनएसजेएफ मिडिया कप फुटसल उपाधी

धनगढी हिमालयन गौरीशंकर डेन्टल चौथो एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाइनले जितेको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा आयोजित चौथोे संस्करणको

अझै पढ्नुहोस्
राजनीति

बर्दियामा नागरिक उन्मुक्ति पार्टीको जन जागरण तथा पार्टी प्रवेश कार्यक्रम , ३५० बढी प्रवेश

बर्दिया /पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा अन्य पार्टिका नेता तथा कार्यकर्ता प्रवेश गर्ने क्रम जारी छ । कैलालीका विभिन्न ठाउँको कार्यक्रम सकेर पार्टीले आफ्ना गतिविधि

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम

टीकापुर/ कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार टीकापुर नगरपालिका वडा नं. १ मा यस क्षेत्रका

अझै पढ्नुहोस्