टीकापुरमा दशाै राष्ट्रिय कर सप्ताह कार्यक्रममा असल करदाता सम्मानित

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाले दशाै राष्ट्रिय कर दिवसकाे अवसरमा सप्ताह दिवस कार्यक्रम असल करदाताहरुलाइ सम्मान गरेको छ ।
स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि, सुशासन विकास र समवृद्वि भन्ने मुल नाराका साथ टीकापुर नगरपालिकाकाे राजश्व उपशाखाले मंसिर १ गतेदेखि शुरु भएको दशाै राष्ट्रिय कर दिवस सप्ताहकाे अन्तिम दिन मंगलबार असल करदातालाई सम्मान गरिएको हाे ।

असल करदाताका रुपमा ९ वटै वडा बाट १/१ जना र १ जना असल कर संकलक कर्मचारी गरि १४ जना सम्मानित हुनु भएको छ भने टीकापुरका असल करदाता व्यापारीहरुलाइ समेत सम्मान गरिएको थियोे ।

सम्मान तथा समापन कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चाैधरीकाे अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियोे ।
अन्तरक्रिया कार्यक्रममा असल करदाता टीकापुरका सफल व्यापारी गंगाराम चपाइ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे भने राजश्व उप शाखाका प्रमुख दिला कुमारी जाेसि रेग्मीले कार्यक्रमकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे । कार्यक्रम संचालन राजश्व उप शाखाका अमृता रावलले गर्नुभएको थियाे ।

नगरपालिकाले कर सप्ताह दिवस कार्यक्रमकाे पहिलो दिन उद्घाटन सहित प्रभात फेरि कार्यक्रम गरेको थियोे भने दाेस्राे र तेस्रो दिन नगरपालिकाका सबै वडामा माइकिङ तथा व्यापारीहरु संग भेटघाट कार्यक्रम गरेकाे थियोे । कर सप्ताह दिवसको चाेैथाे दिन शनिबार सराेकारवाला संग कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको थियाे ।

lसप्ताहकाे पाचौं र छैठौं दिन वडा कार्यालयमा गई करदाताहरु संग छलफल गरि उनिहरुकाे समस्याका बारेमा सुझाव संकलन तथा नगरपालिकाले ठेक्कामा लगाएका स्थानकाे अनुगमन गरिएको थियो ।
कार्यक्रममा वडा सचिव, वडाका अन्य कर्मचारी, व्यापारी र अन्य संघ संस्था, पत्रकार लगायतको उपस्थिति रहेकाे थियाे ।

ताजा खबर

Getting Your Winnings Out in Australian Dollars

Lucky Jungle Kasino – Välsignad Lycka i Dolda Regnskogar

Glücksspiele bei BetOnRed Casino: Strategien und Erfahrungen von Spielern in Deutschland

Winning Strategies for AladdinsGold Casino Slots

Heats Casinon Nyheter och Utdelningar

RingoSpin Casino Classic Slot Machines Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्