टीकापुरमा दशाै राष्ट्रिय कर सप्ताह कार्यक्रममा असल करदाता सम्मानित

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाले दशाै राष्ट्रिय कर दिवसकाे अवसरमा सप्ताह दिवस कार्यक्रम असल करदाताहरुलाइ सम्मान गरेको छ ।
स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि, सुशासन विकास र समवृद्वि भन्ने मुल नाराका साथ टीकापुर नगरपालिकाकाे राजश्व उपशाखाले मंसिर १ गतेदेखि शुरु भएको दशाै राष्ट्रिय कर दिवस सप्ताहकाे अन्तिम दिन मंगलबार असल करदातालाई सम्मान गरिएको हाे ।

असल करदाताका रुपमा ९ वटै वडा बाट १/१ जना र १ जना असल कर संकलक कर्मचारी गरि १४ जना सम्मानित हुनु भएको छ भने टीकापुरका असल करदाता व्यापारीहरुलाइ समेत सम्मान गरिएको थियोे ।

सम्मान तथा समापन कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चाैधरीकाे अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियोे ।
अन्तरक्रिया कार्यक्रममा असल करदाता टीकापुरका सफल व्यापारी गंगाराम चपाइ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे भने राजश्व उप शाखाका प्रमुख दिला कुमारी जाेसि रेग्मीले कार्यक्रमकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे । कार्यक्रम संचालन राजश्व उप शाखाका अमृता रावलले गर्नुभएको थियाे ।

नगरपालिकाले कर सप्ताह दिवस कार्यक्रमकाे पहिलो दिन उद्घाटन सहित प्रभात फेरि कार्यक्रम गरेको थियोे भने दाेस्राे र तेस्रो दिन नगरपालिकाका सबै वडामा माइकिङ तथा व्यापारीहरु संग भेटघाट कार्यक्रम गरेकाे थियोे । कर सप्ताह दिवसको चाेैथाे दिन शनिबार सराेकारवाला संग कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको थियाे ।

lसप्ताहकाे पाचौं र छैठौं दिन वडा कार्यालयमा गई करदाताहरु संग छलफल गरि उनिहरुकाे समस्याका बारेमा सुझाव संकलन तथा नगरपालिकाले ठेक्कामा लगाएका स्थानकाे अनुगमन गरिएको थियो ।
कार्यक्रममा वडा सचिव, वडाका अन्य कर्मचारी, व्यापारी र अन्य संघ संस्था, पत्रकार लगायतको उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

सेती अस्पताल कार्यरत फिजिसियन डाक्टर शर्मा पौडेलले धम्काएको भन्दै नेपाल औषधी व्यवसायी संघको ध्यानाकर्षण

धनगढी : सेती प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डाक्टर निराजन शर्मा पौडेलले धम्काएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन परेको छ। धनगढीमा रहेको गरिमा पोलिक्लिनिकका सञ्चालक समेत

अझै पढ्नुहोस्
समाचार

बाढीपीडित क्षेत्रमा दुर्गन्ध फैलियो, राेग फैलन सक्ने सम्भावना

टीकापुर/ कैलाली लगायत सुदुरपश्चिमका अधिकांस क्षेत्रमा बाढी पछि दुर्गन्ध फैलिएको छ ।बाढी तथा डुवानका कारण धानवालि लगायत अन्य अन्नपात भिजेर कुहिदा बाढीपीडित क्षेत्रमा दुर्गन्ध फैलिएको

अझै पढ्नुहोस्
पर्यटन

मोहन्यालको कफलेनी मालिकामा जात्रा हुने

धनगढी/मोहन्याल गाउँपालिका वडा नम्बर २ नावलीस्थित कफलेनी मालिकामा जात्रा हुने भएको छ । मालिका डाँडामा अवस्थित शिवशक्ति सानो केदार जात्रा कात्तिक १४ गते हुने भएको

अझै पढ्नुहोस्
मनोरंजन

बोगटानी गायक जानु बमको नयाँ गित भुल्लिगै मुटुकी माया’ सार्वजनिक 

दिपक बहादुर वि.क,कैलाली / बोगटानी गायक जानु बमको नयाँ गित “भुल्लिगै मुटुकी माया’ शनिबार सार्वजनिक भएको छ। गायक ज्ञानु बम र गौरी भट्टको स्वरमा उक्त गित

अझै पढ्नुहोस्