टीकापुरका वडा कार्यालयले पनि कोरोना खोप कार्ड अनिवार्य गर्याे

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीकाे टीकापुर नगरपालिकाका केही वडा कार्यालयले सेवाग्राहीलाई काेराेना खाेप कार्ड अनिवार्य गरेका छन् ।

टीकापुर नगरपालिका वडा नं. ७ र ९ ले वडा कार्यालय सेवालिन आउदा सेवाग्राहीले अनिवार्य रुपमा काेराेना लगाएको खाप कार्ड ल्याएर आउन सुचना जारी गरेकाे हाे ।

शुक्रबार वडा नं. ७ र ९ ले छुट्टाछुट्टै सुचना जारी गर्दै वडा कार्यालयमा सेवा लिन आउदा सेवनग्राहिलाइ काेराेना लगाएको खाेप कार्ड र मास्क अनिवार्य गरेकाे छ ।

इलाका प्रशासन कार्यालय टीकापुरले पनि सेवाग्राहीलाई अनिवार्य रुपमा काेराेना विरुद्धको खाेप लगायकाे खाेप कार्ड अनिवार्य गरेकाे छ । इलाका प्रशासन कार्यालय टीकापुरले फाेन मार्फत सम्पूर्ण वडा कार्यालयलाई सिफारिस गर्दा खाेप कार्ड विनाको सिफारिस नपठाउन माैखिक परिपत्र जारि गरेकाे छ ।

सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय शुक्रबारदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।

शुक्रबार देखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटिलता देखिने विज्ञहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

जिबिको पार्जनको माध्यम बन्दै होमस्टे

जमुना न्युरे ,धनगढी / ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । ब्यवस्थित होटल,लज नभएको स्थानमा होम स्टे एउटा राम्रो बिकल्प पनि हो । होम स्टेको

अझै पढ्नुहोस्
समाचार

निर्माणाधिन घर भत्कायो वन कार्यलयले

सुखड/घोडाघोडी नगरपालिका वडा २ साडेपानिको जङ्गपुरमा रहेको मोहन्याल सामुदायिक वन उपभोक्ता समुहको परिषमा बन्दै गरेको निर्माणधिन घर आज वन कार्यलयले बल पुर्बक भत्काएको छ ।

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्‍चिममा पर्यटनमा लगानी गर्न प्रदेश सरकारको आह्वान

काठमाडौं- सुदूरपश्‍चिम सरकारले प्रदेशमा पर्यटनका प्रचुर सम्भावना भएकोले लगानी गर्न आह्वान गरेको छ। काठमाडौंमा सोमबार सुदूरपश्‍चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयमा

अझै पढ्नुहोस्
कृषि

टीकापुरमा कृषि सेन्टरको सुरुवात

टीकापुर/कृषिमा आधुनिक प्रबिधि र प्राबिधिक सेवा सहित स्मार्ट कृषि अभ्यास गराउने उद्धेष्यले टिकापुर नगरपालिका वडा नम्बर २ मा तत्सम एग्रिकल्चर रिसर्च एण्ड डेभलपमेन्ट (आर.एण्ड.डि) सेन्टरको

अझै पढ्नुहोस्