टिकापुरमा चितुवाको आक्रमणबाट दिनहु बाख्रा मारिँदै

शेयेर गर्नुहोस


धनगढी/टीकापुरका विभिन्न ठाउँमा रातिको समयमा बाख्रा मारिने क्रम तीन दिनदेखि जारी छ।गएराति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं १८ का कोकिलादमाईका २ र शेरबहादुर कुँवरका एक बाख्रा मारिएका छन्। 

कुँवरको एक बाख्रा घाईते भएको छ। प्रहरीकाअनुसार गएराति नै टीकापुर नगरपालिका वडा नं२ राजीपुरका डिग्रा परियार र नरपता थापाका एकरएक बाख्रा समेत घाईते भएका छन्।

आइतवार रातिटीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं १७ का बिजु सिँह विष्ट र दुर्गा परियारका खोरमा बाँधेका छ वटा बाख्रा मारेको थियो। उनीहरुका तीनरतीनवटा बाख्रा मारिएका थिए। सोही राति टीकापुर नगरपालिका वडा नम्बर ८ सूर्यपुरमा समेत राजु ओलीका १ बाख्रा मृत र १ बाख्राघाईते अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको 
चितुवा कर्णाली नदिको किनारमा रहेको सत्तीकर्णाली सामुदायिक वन , जनशक्ति सामुदायिक वन बाट गाउँमा आएको हुन सक्ने सरक्षणकर्मी बिजयराज श्रेष्ठले बताए ।

यसरी दिनहु चितुवाको आक्रमण बाट बाख्रा खान थाले पछि स्थानीयहरु अहिले त्रसित बनाका छन् ।अहिले डिभिजन वन कार्यलय पहलमानपुरले राष्ट्रिय प्रकृति सरक्षण कोषको प्राबिधिक टिमलाइ त्यो चितुवा नियन्त्रणका खबर गरियको पहलमानपुर डिभिजनका प्रमुख राम बिचारी ठाकुरले जानकारी दिए ।
टिकापुर नगरपालिकाले अहिले सो क्षेत्रमा स्थानीय हरुलाइ सुरक्षीत आग्रह गर्दै माइकिङ्ग गर्दै आएको टिकापुर नगरपालिका नगरप्रमुख रामलाल डगौराले बताए ।

ताजा खबर

Actual Cash Ports Online PayPal: An Overview to Playing and Winning

Westace Review: Das Gute, das Schlechte, das Ehrliche

Legalne Polskie Kasyno Online: Twoje Bezpieczne Miejsce do Gry

Recognizing How to Get an ESA Letter

सम्बन्धितखवर

छुटाउनु भयो कि !