टिकापुरमा चितुवाको आक्रमणबाट दिनहु बाख्रा मारिँदै

शेयेर गर्नुहोस


धनगढी/टीकापुरका विभिन्न ठाउँमा रातिको समयमा बाख्रा मारिने क्रम तीन दिनदेखि जारी छ।गएराति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं १८ का कोकिलादमाईका २ र शेरबहादुर कुँवरका एक बाख्रा मारिएका छन्। 

कुँवरको एक बाख्रा घाईते भएको छ। प्रहरीकाअनुसार गएराति नै टीकापुर नगरपालिका वडा नं२ राजीपुरका डिग्रा परियार र नरपता थापाका एकरएक बाख्रा समेत घाईते भएका छन्।

आइतवार रातिटीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं १७ का बिजु सिँह विष्ट र दुर्गा परियारका खोरमा बाँधेका छ वटा बाख्रा मारेको थियो। उनीहरुका तीनरतीनवटा बाख्रा मारिएका थिए। सोही राति टीकापुर नगरपालिका वडा नम्बर ८ सूर्यपुरमा समेत राजु ओलीका १ बाख्रा मृत र १ बाख्राघाईते अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको 
चितुवा कर्णाली नदिको किनारमा रहेको सत्तीकर्णाली सामुदायिक वन , जनशक्ति सामुदायिक वन बाट गाउँमा आएको हुन सक्ने सरक्षणकर्मी बिजयराज श्रेष्ठले बताए ।

यसरी दिनहु चितुवाको आक्रमण बाट बाख्रा खान थाले पछि स्थानीयहरु अहिले त्रसित बनाका छन् ।अहिले डिभिजन वन कार्यलय पहलमानपुरले राष्ट्रिय प्रकृति सरक्षण कोषको प्राबिधिक टिमलाइ त्यो चितुवा नियन्त्रणका खबर गरियको पहलमानपुर डिभिजनका प्रमुख राम बिचारी ठाकुरले जानकारी दिए ।
टिकापुर नगरपालिकाले अहिले सो क्षेत्रमा स्थानीय हरुलाइ सुरक्षीत आग्रह गर्दै माइकिङ्ग गर्दै आएको टिकापुर नगरपालिका नगरप्रमुख रामलाल डगौराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

अन्तरास्ट्रिय

भारतले जित्यो यु-१९ एसिया कप क्रीकेटको उपाधि

काठमाडौं । श्रीलंकामाथि सानदार जितसहित भारतले यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न फाइनलमा वर्षा बाधक बनेपछि तीन

अझै पढ्नुहोस्
समाचार

सामुदायिक वनमा मृत अवस्थामा पाटेबाघ फेला

जमुना न्युरे,टीकापुर/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा २मा रहेको जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको बिच धना जङ्गलमा बयस्क पोथी पाटे बाघ मृत अवस्थामा फेला परेको छ

अझै पढ्नुहोस्
समाचार

सूचनाको हकका राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अध्यक्ष उपाध्याय

धनगढी, २४ फागुन / “सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौं” भन्ने नाराका साथ सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको

अझै पढ्नुहोस्
राजनीति

सुदुरपश्चिममा नेकपा एसद्वारा नेताहरूको कार्य विभाजन

टीकापुर/ ने.क.पा. (ए.स.) को सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी विक्रमबहादुर शाहीले पाउनु भएकाे छ । डडेल्धुरा जिल्लाका शाहीलाई पार्टीको स्थायी कमिटीको सातौं बैठकले प्रदेश अध्यक्षको जिम्मेवारी दिएको

अझै पढ्नुहोस्