टिकापुरमा एकैदिन ७४ जना एमाले प्रवेश

शेयेर गर्नुहोस

टीकापुर ८ कालीमाटीमा सनिश्चवार एकै गाउँका ७४ जनाले एमाले प्रवेश गरेकाछ्न ।
टीकापुर ८ वडा कमिटीको आयोजनामा सम्पन्न भएको प्रवेश कार्यक्रममा कालीमाटी गाउँका ७४ जनाले एमाले प्रवेश गरेका हुन ।

प्रवेश कार्यक्रम पुर्ब पार्टीका युवाहरुले स्वस्फूर्त मोटरसाइकल र्याली गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि एमाले कैलालीको जिल्लाकमिटी अध्यक्ष रतन थापा तथा बिशिस्ट अतिथि जिल्ला सचीव दान बहादुर विकको उपस्तिथि रहेको थियो । नवप्रवेशीलाइ उहाँ टीका लगाएर जनताको हकहितका पक्षमा काम गर्नुपर्ने भन्दै स्वागत गरिएको थियो ।

अतिथिमा पार्टी प्रदेशकमिटी सदस्य मीन बहादुर कडायत,राम कृष्ण चौधरी , रेवन्त साउद ,जिल्ला कमिटी सदस्य प्रेम साउद ,ध्रुब परियार ,टीकापुर नगर अध्यक्ष धुर्ब खत्री ,उपाध्यक्ष कृष्णा चौधरी ,नगर सुकुम्बासीका अध्यक्ष लोकेन्द्र खड्का , राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य तथा वडा कमिटी १ का अध्यक्ष भुपेन्द्र साउद लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि रतन थापाले बाढीले क्षति पुगाएका किसानलाइ समयमा क्षेती पुर्ती नमिल्नु सरकारको कमजोरी रहेको बताए । बिशिस्ट अतिथि दानबहादुर बिकले अब नेकपा एमालेको लहरलाई कसैले चुनौती दिन नसक्ने यसरी देश भरी प्रवेशको लहर चलिरहने निर्वाचनमा परिणाम देखिने गरि एमाले अधि बढेको बताए ।

टीकापुर ८का नेकपा एमाले वडाकमिटी अध्यक्ष हिरासिह टमट्टाको अध्यक्षतामा भएको प्रवेश कार्यक्रमलाई संचालन बिरबहादुर साउदले गरेका थिए ।

हालै चितवनमा सम्पन्न नेकपा एमालेको दशौ महाअधिवेशन पछि आफुहरु पार्टी प्रति आकर्षण भएर पार्टी प्रवेश गर्ने निर्णय गरेको नव प्रवेसी हरुकाे भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

परियोजना निर्माण स्थलको अनुगमन गरे मुख्यमन्त्रीको टोलिले

धनगढी/सुदुरपश्चिम प्रदेशमा ७५० मेघा बिजुली उत्पादन हुने पश्चिमसेती जलविद्युत परियोजना निर्माण स्थलको सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमलबहादुर शाह सहित प्रदेश सभा सदस्य माननीय बिक्रम

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

धनगढी उप–महानगरका लागि शिक्षा क्षेत्र बन्यो खेलाचीको बिषय

धनगढी । धनगढी उप–महानगरपालिकाले शिक्षा क्षेत्रलाई खेलाचीको रुपमा लिदा त्यसको प्रभाव पठनपाठनमा परिरहेको छ । उप–महानगरपालिकाबाट सनकको भरमा शिक्षा क्षेत्रलाई चलाउने काम भैरहेको छ ।

अझै पढ्नुहोस्
समाचार

बाल दिवसकाे अवसरमा भजनीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

भजनी/ भजनी नगरपालिकाको महिला बाल बालिका तथा समाज कल्याण उपशाखा भजनीको आयोजनामा ” बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ ५८

अझै पढ्नुहोस्
राजनीति

टीकापुर १ एकतानगरमा नागरिक उन्मुक्ति पार्टीकाे संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम

धनसरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर १ एकतानगर शिविरमा संगठन विस्तार तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । बुधबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १

अझै पढ्नुहोस्