TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

टीकापुर नगरकार्यपालिकामा अर्थपूर्ण भुमिका निभाउँदै मन्जु

शेयेर गर्नुहोस

दुर्गा देवकोटा /संघीयता कार्यान्वयन पछि महिला सहभागीता वृद्धिका लागि थुप्रै अभ्यासहरु भएका छन । यसरी भएका अभ्यासले स्थानीय तहमा महिला सहभागिता बढाएको छ । हरेक वडामा दुई जना महिलालाई नेतृत्वमा चुनेको छ । यसरी नेतृत्व गर्ने अवसर पाएका महिलाले आफ्नो क्षमता विकाससँगै पालिकामा आफ्नो सक्षमता प्रस्तुत गरिरहेका छन ।

हरेक ठाउँ र समयमा महिला सहभागिता बढे पनि महिलाको अर्थपूर्ण सहभागिता भएन भन्ने कुरा उठ्छ । संघीयता कार्यान्वयन पछि दुई कार्यकाल महिलाहरु स्थानीय सरकारको नेतृत्व गर्दैछन । एक कार्यकाल सकियो,अर्को कार्यकालका महिला यतिखेर वडा र पालिकाका सक्रीय छन । जसमा अधिकांश महिलाले अर्थपूर्ण भुमिका निभाउन नपाएको गुनासो जताततै छ । तर अवसर पाएकाले जति पाइएको छ । यत्तिमै भुमिका खोज्ने प्रयास गर्नेहरु पनि छन । यस्तैमा टीकापुर नगरपालिका कार्यपालिका सदस्य मन्जु वि.क. पर्नुहुन्छ ।

मन्जुको कार्यपालिका सदस्यका रुपमा आफ्नो जिम्मेवारी र भुमिकालाई फराकिलो बनाउने प्रयासमा हुनुहुन्छ । नगरपालिकामा विभिन्न एजेण्डामा आफ्ना विचार प्रष्टसंग राख्न सक्ने महिलाको छवि मन्जुले बताउनु भएको अन्य कार्यपालिका सदस्यहरु समेत बताउँछन । “परिवारको सहयोग भएर सामाजिक र राजनितिक रुपमा यहाँसम्म पुगेको हुँदा उहाँले भन्नुभयो ,”मैले विषयवस्तुमा बोल्नु पुर्व विषयबारे जानकारी लिन्छु । आफ्ना कुरा राख्न डराउँदिन ।” २ छोरा र २ छोरी गरि ४ सन्तानकी आमा मन्जु,घरायसी काम र संस्थागत जिम्मेवारीलाई पनि उत्तिकै महत्व दिनुहुन्छ । सानैदेखि केही गर्नुपर्छ भन्ने भावना भएकी ‘मन्जु’ नेतृत्व गर्न रुचाउनुहुन्छ । यसअघि नेतृत्व लिने स्वभाव भएकाले आफू अध्ययन गरेकै विद्यालयकै व्यवस्थापन समितिको २ पटक सदस्य हुँदै अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँसंग अन्तरपार्टी महिला संजाल देखि सहकारीको नेतृत्व गरेको अनुभव छ । यिनै अनुभवले उहाँलाई कार्यपालिकामा थप बलियो बनाएको हो

शुरुमा कार्यपालिकाका भई टीकापुर नगरपालिकामा आउँदा महिलालाई पालिकाको सदस्य तथा विभिन्न विषयगत समितिहरुमा संयोजकको जिम्मेवारी नलिई उपेक्षा गरेको बताउनु हुन्छ । “सुरुमा विभिन्न विषयगत समितिमा जिम्मेवारी नदिएर पनि आउँदा दिनमा खाली भएका पदमा महिलालाई अवसर दिनुपर्छ । विषयगत समितिमा संयोजकको जिम्मेवारी पनि महिलालाउइ दिनुपर्छ भनी आवाज उठाउने गरेको छु ।” उहाँले भन्नुभयो,”हामी महिलाहरु विवादित नभएर काम गर्नसक्छौं । हामी हरेक जिम्मेवारी कुशलताका साथ निभाउन सक्छौं ।

महिलालाई कमजोर पात्रका रुपमा हेरिँदै आएको नेपाली समाजमा परिवारले साथ दिएको खण्डमा महिलाले पाएको जिम्मेवारी निर्वाह गर्न सक्छन भन्ने उदाहरण मन्जु बन्नु भएको छ । टीकापुर नगरपालिकाका निवर्तमान नगर उपप्रमुख केशरी विष्ट मन्जु जस्ता क्षमता भएका महिलाहरु अगाडि आएमा देशको भविष्य राम्रो हुने बताउनुहुन्छ । ” यस्तै क्षमता र सोच भएका धेरै महिला र राजनितिमा आउन आवश्यक छ ” ,उहाँ भन्नुहुन्छ ” क्षमतालाई नियाल्दा उहाँको राजनितिक भविष्य छ ।”

टीकापुर नगरपालिकाका कार्यपालिका महिला सदस्यको सशत्तिकरणका लागि स्थानिय सरकार सवलीकरण कार्यक्रम्को सहयोगमा दलित महिला केन्द्र नेपालले पनि सहयोग गर्दै आएको ‘द एसिया फाउन्डेसन का सुदूरपश्चिम प्रदेश संयोजक यज्ञमान सेठ्ठिले बताउनु भयो । ” अन्याय र सुशासन र पारदर्शिताका लागि निरन्तर खबरदारी गर्ने ‘मन्जु’ मिलनसार ,दिनदुखिका लागि सहयोगी हुनुहुन्छ “,सेठ्ठीले भन्नुभयो ,”अन्य महिलाको लागि उहाँ प्रेरणा हो ।”

वि.सं. २०३९ सालमा बुबा मानबहादुर सुनार र आमा हुकुमी सुनारको कोखबाट दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं.१७ को जिनुवागाउँमा मन्जुको जन्म भएको हो । आधारभुत तहसम्मको शिक्षा दाङ जिल्लाकै दिपेन्द्र माध्यमिक विद्यालयबाट प्राप्त गरेकी मन्जुले विहाह पछि बालबच्चा हुर्काउँदै उच्च माध्यमिक तह सम्मको शिक्षा हाँसिल गर्नुभएको छ । परिवार र आफ्नो इच्छा भएपछी विहाहपछि पनि अध्ययन पूरा गर्न सकिन्छ भन्ने उदाहरण उहाँ बन्नु भएको छ । राजनीतिक र सामाजिक काममा सफलता हाँसिल गर्न सकिन्छ भन्ने पनि प्रष्ट्याउनु भएको छ । साहस गर्नुपर्छ संघर्षलाई साथी बनाउनुपर्छ असम्भव केही छैन उहाँ भन्नुहुन्छ । “३ सन्तान भइसकेपछी पढाइ छोडेको डेढ दशक पछि पुन: पढ्न थालेकी हुँ ” उहाँले भन्नुभयो ,”पढे सफलता मिल्यो । घरायसी काम अध्ययन,सामाजिक जिम्मेवारीमा श्रीमानको ठूलो साथ र सहयोग रहयो । अनि मलाई अगाडि बढ्न हौसला मिल्यो ।”

समाजसेवा र राजनीति मार्फत समुदायक्क सेवा गर्ने योजना रह्यो उहाँको भनाई छ । कार्यपालिकामा मन्जुको थोरै बोल्ने,शान्त स्वभाव,प्रष्ट कुरा राख्ने छवी बनेको कार्यपालिकाका सदस्यहरु बताउँछन । कार्यपालिका सदस्य लवरी चौधरी कार्यपालिका बैठक होंस या अन्य कार्यक्रममा मन्जुको प्रस्तुती रुचिलाग्यो
भएको बताउनुहुन्छ । ” हरेक कुरा र विषयमा बोल्नुहुन्छ । हामी महिलाले पनि केही गर्नुपर्छ भन्ने सोंच उहाँको छ , उहाँले भन्नुभयो ,” महिलाको पनि भुमिका हुनुपर्छ भनी उहाँले प्रयास गतिरहनु भएको छ । महिला पनि नेतृत्वमा पुगेपछी काम गर्छन भनी प्रमाणीत गरौं भन्नुहुन्छ ।”

नगर प्रमुख रामलाल डगौरा थारु मन्जुले कार्यपालिकामा सक्रीय सहभागिताका साथ काम गरिरहेको बताउनुहुन्छ । ” चित्त नबुझेका कुरा उठाउने,छलफल गर्ने,महिलाहरुका माग बुलन्द राख्ने गर्नुभएको छ “, नगर प्रमुख डगौरा भन्नुभयो ,”उहाँ पार्टिभित्र पनि चित्त नबुझेका कुरा राख्नुहुन्छ ,पालिकामा पनि हरेक विषयमा चासो राख्नेज,आफ्ना विचार राख्ने गर्नुहुन्छ । उहाँ तथ्य केलाएर बोल्नुहुन्छ । उहाँको प्रस्तुती संतोषजनक छ । “

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

1xbet Обзор Бк 2023 официального Сайт, Ставки, Бонусы, Отзывы И Зеркало Букмекерской Конторы Universidad Sacro Cuore

Анализ а Казино: Регистрация, Азартные Забавы И Вознаграждения” Content Обзор Игорного Заведения: Вход, Азартные Игры И специальные Предложения Слоты Леон же Определить Приложение ддя Android?

अझै पढ्नुहोस्
Highlights

भट्ट र गोगा जासुसका बिरुद्ध धनगढीका वडा अध्यक्ष प्रशासनमा

धनगढी, /सामाजिक सञ्जालमा तथानाम लेखेको भन्दै धनगढीका ब्यावसायी मदन भट्ट र तेज खड्का ‘गोगाजासुस” का बिरुद्ध धनगढीका वडा अध्यक्ष जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका छन्

अझै पढ्नुहोस्