“झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” मा स्कुले बालबालिकाको प्रयोग

शेयेर गर्नुहोस

जमुना न्युरे,डडेल्धुरा / नेकपा (एमाले)को ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा स्कुले बालबालिकाको प्रयोग भएको छ।

आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिकामा पुगेको एमालेको संकल्प यात्रामा स्कुले बालबालिकाको प्रयोग भएको पाइएको हो।

विद्यामन्दिर नमूना माध्यमिक विद्यालय पञ्चदेवल विनायक नगरपालिका-३ विनायका विद्यार्थीले लाइनमा उभिएर ‘केपी बा हाइहाइ, अरू सबै बाइबाइ’ भनेर नारा लगाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ।

अबोध बालबालिकालाई राजनीति दलको कार्यक्रममा नारबाजी गर्न लगाएको भनेर अहिले विद्यालय परिवार र एमाले अध्यक्ष ओलीको चर्को आलोचना भइरहेको छ।

विद्यालयलाई सरकारले शान्ति क्षेत्र र राजनीतिक दलको कार्यक्रम निषेधित क्षेत्र घोषणा गरेको छ।

तर, यता विद्यामन्दिर नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पहलसिंह नेपालीले एमालेका नेताहरू गइरहेको बाटो विद्यालय छेउबाटै जाने भएर स्वागत गरेको बताए।

‘राजनीति रूपमा गरिएको होइन, पूर्वप्रधानमन्त्रीजस्तो व्यक्ति गइराख्नु भएको थियो। छलफलबाटै स्वागत गर्ने भन्ने कुरा भयो,’ उनले भने, ‘स्वागतकै क्रममा विद्यार्थीले नारबाजी गरेका हुन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने छ : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताएका छन् । राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार

अझै पढ्नुहोस्
समाचार

एनएमबि बैंक फूलवारी शाखाद्वारा पाँच विद्यालयलाई सहयाेग हस्तान्तरण

धनगढी। एनएमबि बैंक  लिमिटेड फूलवारी शाखाले संस्थागत समाजिक उत्तरदायित्व अन्तरगत शैक्षिक सामाग्री  वितरण गरेको छ । धनगढी उपमहानगरपालिका- १८ फूलवारीमा रहेकाे शाखाले  पाँच विद्यालयमा शैक्षिक

अझै पढ्नुहोस्
लेखहरु

पथरैया नदीको दोभानमा घडियालले कोरल्यो बच्चा

बैदि /  टिकापुरकाे बैदिमा घडियाल गोहीले प्राकृतिक रूपमा बच्चा कोरलेको छ । पथरैया र काँढा नदीको दोभानमा दुर्लभ घडियालले पहिलो पटक बच्चा कोरलेको हो ।

अझै पढ्नुहोस्
समाचार

अझै भएन समस्या समाधन मुक्त कमैयाहरुको

जमुना न्युरे,धनगढी /कैलाली कंचनपुर , बर्दिया , बाके र दाङ जिल्लामा रहेका मुक्त कमैयाहरु को सरकारले मुक्त घोषणा गरेको २३ बर्ष पुगि सक्दा पनि अझै

अझै पढ्नुहोस्