जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा

शेयेर गर्नुहोस

जमुना न्युरे/धनगढी, । जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्‍याङकुरुङ करिब पाँच देखि कैलारी गाउँपालिका विभिन्न गाउँमा देखिएका हुन् ।

चरा देखिए पछि कैलारि गाउँ पालिका ९ सिम्रना गाउँ लगायतका गाउँमा कर्‍यङकुरुङ चरा ५९ वार्षिय जित बहादुर चौधरीले गाउँमा चराहरुलाइ खेतबारी बाट नधपाउन ,नलखेट्न ,नमारन भन्दै गाउँ भरी आफै डुलेर बताउदै ,कर्‍यानकुरुङ हेर्ने उनी दिन भरी कहिले खेतबारीमा त कहिले गाउँ पुर्ब घुरहा नदि पश्चिम घुरही नदिको तट मै समय बित्याउने गरेका छन् ।

सो गाउँ नजिक खेतमा चरा बसेको देखिएका थिए । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट यी चराहरू भारतको राजस्थान र गुजरातमा ६ महिनासम्म बिताउने गरेको चराविद दयाराम चौधरीले बताए ।

सात समुद्र पारीबाट आउने यी चरा भारत झर्ने क्रममा नेपालको माथिल्लो मुस्ताङस्थित समर–धौलागिरि हिमालको पश्चिम र डोल्पा गरेर दुई वटा रुटबाट आउने गर्छन् । मुस्ताङ हुँदै आउने कर्‍याङकुरुङ भेरी नदी कोरिडोर भएर भारततर्फ जाने गरेको चौधरी बताए।

तेस्तै स्थानीय बासिन्दा ६८ वार्षिय पेगुलाल चौधरीले भने यति ठूलो संख्यामा कर्‍याङकुरुङ आफ्नो गाउँमा पहिलो पटक देखेको बताउदै उनले भने यो चरा आफ्नो समुहमा हिड्ने गर्दछ आफ्नो समूह र जोडा छोडेर नहिड्ने भएकाले यिनिहरु निकै मायाजालमा रमाउने गरेको बताए ।थारु समुदायमा यो चरा प्रती अझै यो चरालाइ मार्‍यो , हानिनोक्सानी पुर्‍यायो भने चराले बदला लिने ,जस्तो जोडीमा रहेको चरालाइ जोडि फुटायो भने जस्ले चराको जोडि फुटाएको त्यो मान्छेको पनि आफुले मायागरेको जोडि पनि छुटिन्छ भन्ने विश्वास रहेकाले यिनिहरुलाई हानी नपुर्‍याएको बताए ।

कर्‍याङकुरुङको दोस्रो रुट भने डोल्पा–कैलाली हो । डोल्पा हुँदै आएका कर्‍याङकुरुङ सारस कैलालीको हसुलियादेखि पूर्वतिर कर्णाली कोरिडोर भएर भारततर्फ झर्ने गर्छन् । तर आजभोलि कैलारी गाउँ पालिका वडा न ९ समारचौर गाउमा रहेको कहिले खेतबारीमा त कहिले गाउँ पुर्ब घुरहा नदि पश्चिम घुरही नदिको तट मै समय बित्याउने गरेका कर्‍याङकुरुङले ।

तेस्तै यी चराहरु एक झुन्ड भजनी नगरपालिका वडा न ८ को कृष्णपुर गाउँमा पनि देखा परेको डिभिजन बन कार्यलय पहलामानपुरका साह्ययक बन अधिकृत राजिब चौधरीले जानकारी दिए ।

चराबिद चौधरीका अनुसार जानेबेला कर्‍याङकुरुङले चार हजार ८९६ किलोमिटर उडान भर्ने गर्छन् । चराको जाने बेलाको यात्रा १३ देखि ४० दिनसम्मको हुने गर्छ ।

जाडोयाम सकिन थालेपछि पाकिस्तान, अफगानिस्तान, किर्गिस्तान लगायतका देश हुँदै फेरि यी चराहरू रसिया, मङ्गोलियाका लागि फर्कने गर्छन् । फर्कने क्रममा कर्‍याङकुरुङको उडान ६५ देखि ६६ दिनसम्मको हुने गरेको चरा बिद चौधरीले बताए । यस क्रममा कर्‍याङकुरुङले छ हजार ३४ किलोमिटरसम्म उडान भर्ने गरेका छन् । यी चरा अङ्ग्रेजी अक्षरको भी आकार बनाएर आकाशमा उड्ने गर्छन्

ताजा खबर

Der Ultimative Überblick für Mobile Casino Seite Spiele

ESA Solution Pet Letter: Understanding Its Importance And How To Acquire One

Comprehending ESA Letters in Rhode Island

Top Online Online Casinos That Approve Bitcoin Down Payments

How to win on Online Slots in a Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

1win Скачать Зеркало И Приложение бесплатно: Где Скачать Приложение Букмекера 1вин

1win Скачать Приложение На Android, 1вин На Телефон посетителям Content Технические Характеристики только Удобства Приложения 1win Плюсы же Минусы Приложения на Андроид Скачать Приложение 1win

अझै पढ्नुहोस्