जन्डिस भएर भर्ना भएका कञ्चनपुरका किशोरको नोभा अस्पतालमा मृत्यु,डाक्टरले लापरबाही गरेको आफन्तको आरोप, अस्पतालमा तनाव उत्पन्न भएपछि प्रहरी परिचालन

शेयेर गर्नुहोस




धनगढी /धनगढीको नोभा अस्पतालमा कञ्चनपुरका एक किशोरको मृत्युभएको छ । जन्डिस भएको भनेर साउनको ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

मृतकका आफन्तहरुले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको बताएका छन । अहिले अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ । बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए । उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए । तर, उनको भनाई अनुसार अस्पतालले न त उचित उपचार ग¥यो, न त रिफर नै ग¥यो । यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन् ।

उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको जनाएको छ । यस घटनाले अस्पताल परिसरमा तनावको स्थिति सिर्जना गरेकोमा प्रहरी खटिएको छ । आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरपालिकाले दुई महिनामा १ करोड ३९ लाख राजश्व संकलन

टीकापुर नगरपालिकाले दुई महिनामा १ करोड ३९ लाख भन्दा बढी आन्तरीक राजश्व संकलन गरेको छ ।नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को दुई महिनामा एक करोड ३९

अझै पढ्नुहोस्
समाचार

टिकापुरमा मनाईयो विश्व ओत दिवस

जमुना न्युरे,टिकापुर/कैलालीको टिकापुरमा नेपालमै पहिलो पटक विश्व ओंत दिवस मनाईएको छ । डब्लुडब्लुएफ नेपालले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा पहिलो पटक विश्व ओंत दिवश मनाएको हो

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

विद्यालय र शौचालय भएन मर्मत र पुनः निमार्ण

जमुना न्युरे / कैलाली जिल्ला सुगम जिल्लाको रुपमा चिनियता पनि कैलालीका दुई गाउँपालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट सुन्दा कैलाली जिल्लामा पनि पिउने

अझै पढ्नुहोस्
राजनीति

फागुन १६ गते एमसिसीको बिरुद्धमा नेपाल बन्दकाे घाेषणा

टीकापुर/सत्तारूढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणी सहित संसदबाट पास गर्ने तयारी गरिरहेका बेला १६ गते नेपाल बन्दको आव्हान गरिएको छ । एमसीसी बिरोधि

अझै पढ्नुहोस्