जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

शेयेर गर्नुहोस

टीकापुर/ पतञ्जली योग नगरसमिती टीकापुरले टीकापुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु लाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

नगर समितीका अध्यक्ष बाशुदेव बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारु प्रमुख अतिथि रहनुभएको थियो भने नगर उपप्रमुख खडक बहादुर शाह र टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन बिक विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख थारुले टीकापुरलाई खडक बहादुर सिंहको योजना अनुसार योजनाबद्ध तरिकाले अगाडि बढाउने बताउनुभयो । टीकापुरका सम्पूणर् ब्लकहरुमा रहेका ओपन स्पेसहरुलाई खाली गरेर घेराबार गर्ने र त्यसमा वृक्षारोपण गरेर हरियाली बनाउने योजना रहेको उहाँले बताउनुभयो । मानिसको स्वास्थ्यलाई विशेष ख्याल गर्दै ठाउँठाउँमा योग केन्द्रहरु संचालन गर्न समेत आवश्यक सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।

पतञ्जली योग साधना केन्द्रकी संयोजक कल्पना जैशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम महामन्त्रि छबिलाल जैशीले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा पतञ्जली योग समिती कैलाली जिल्ला महिला अध्यक्ष शोभा शर्मा ज्ञवाली, जिल्ला सदस्य सर्वनन्द चपाई, समाजसेवी लालबहादुर साउँद, योग प्रशिक्षकहरु शलिग्राम शर्मा, मिना शाही लगायतले मन्तव्य राख्नुभएको थियो । टीकापुर नगरपालिका क्षेत्रमा पतञ्जली योग नगरसमितीमा आवद्ध योग प्रशिक्षकहरुले भण्डै आधा दर्जन स्थानहरुमा योग केन्द्रहरु संचालन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकारलाई निर्वाचनको आचारसंहिता कार्यसाला सप्पन्न

जमुना न्युरे,धनगढी/ धनगढीमा मिडिया एक्सन नेपालको आयोजनामा पत्रकारलाई आगामी मंसिर ४ मा हुने निवार्चनको आचारसंहिताका बारेमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ। मिडिया एक्सन नेपालको आयोजनामा

अझै पढ्नुहोस्
समाचार

१ दिने कान तथा दातको निशुल्क जाँच शिविर मसुरियामा सप्पन्न

सुखड/गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र चौमलाको आयोजनामा,नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको सहकार्य तथा ९ न. वडा कार्यालयको समन्वयमा १ दिने कान तथा दातको निशुल्क जाँच

अझै पढ्नुहोस्
समाचार

बेमौसमी पानीले धानवाली डुवानमा किसानहरु मर्कामा

जमुना न्युरे टीकापुर/सुदूरपश्चिमका केही जिल्लामा अचानक आइतबार राती देखी परेको वर्षाका कारण पाकेर भित्र्याउनै लागेको धान बालीमा ठुलो क्षेती भएको छ । असारको पहिलो साता

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

शैक्षिकसत्र सुरु भएको नौ महिना सम्म धनगढीका बिद्यार्थीले पाएनन् पाठ्यपुस्त

दिपक बम, धनगढी । कैलालीको धनगढीमा शैक्षिक सत्र सुरुभएको नौ महिना बितिसक्दा समेत बिद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छैनन् । आधारभूत तह (कक्षा १ देखी ८ सम्म)

अझै पढ्नुहोस्